ईटालियनहरुले बल्ल खेले होली

सबै फोटो – ददि सापकोटा- पादोभा, ईटाली

img_0059

भित्र विशाल ब्यापारिक मेला छ । नाचगान छ । विभिन्न देशको संगित घन्किएको छ । पालैपालो । एशियाका भारत, पाकिस्तान, चिनदेखि अफ्रिकी मुलुकको न्रित्य हेर्न, संस्क्रिति जान्न पाइन्छ । एशियाली देशहरुको संस्क्रिति,कला र कौशल, हस्तकला र संस्क्रिति ईटालियालीहरुलाई चिनाउने लक्ष्य राखेर आयोजना गरिएको विशाल मेलामा दर्जनौं मुलुकलाई हलभित्रै अवलोकन गर्न पाइन्छ । तर त्यो सबैलाई बेवास्ता गरेर आर्काको देशको पर्व होली मनाउन ब्यस्त देखिए ईटालियनहरु । तिनले यस्तरि होली खेले की भारत, नेपाल र पाकिस्तानका कुनै सानातिना गाउँमा भन्दा अझ भब्य थियो ।

img_0018

img_0005

img_0030

फिएरा ओलिएँताल अर्थात् ओरिएन्ट्ल मेला नाम दिइएको १० दिने मेलामा ईटालियन मेला आयोजकले होली खेल्ने पर्व राखेको थियो । त्यहि मेलामा सयौं ईटालियनहरुले होली खेले । हिन्दि गीत लगाएर होली खेल्न आव्हान गरेपछि ईटालियनहरुको भिड लागेको थियो । आयोजकहरुले होली खेल्ने पर्वमा सहभागि हुन निम्तो गर्दै पादोभा शहरभरि पोस्टरहरु टाँसेको थियो । बसका भित्ता, सडकका बिज्ञापनस्थल, सुपरमार्केट र सरकारि भवनमा पोस्टरहरु टाँसिएको थियो । होली खेलेको तस्विर बनाएर होर्डिङ बोर्डहरु बनाइएका थिए । त्यो देखेर होली खेल्नैकालागिपनि ईटालियन नागरिकहरु आफ्ना वालवच्चा सहित आएका थिए । व्युवायुवतीहरुले यसलाइ एक अर्काबिच जिस्किने, निकट हुने, रङ धसिदिएर रमाइलो गर्ने अवशरका रुपमा लिए ।

img_0035

img_0052

img_0065

img_0083

भारतीयहरुले भने यसलाई आफ्नो देशको संस्क्रिति चिनाउने, पर्यटकिय र सांस्क्रितिक रुपले आफ्नो प्रचार गर्ने, भारतीय ब्यापार प्रवर्धन गर्न ठूलो अवशरका रुपमा फाईदा उठायो । ‘भारतले आफ्नो होलीलाई ईटालियनहरुका बिचमा स्थापित गराउन खोज्यो । यसमा रमाएका र सुनेकाहरु एक पटक भारत घुम्न जसरिपनि जान्छन्, भारतीय सामान किन्छन्, तिनैको खाना चाख्छन्’ होली आयोजित मेलामा नेपालको हस्तकलाका सामान प्रवर्धन गर्न एभरेस्ट क्राफ्टका तर्फबाट सहभागि भएका शिव रिजालले भने ‘यत्रो मेलामा नेपालको खै सहभागिता ? नेपालले आफ्नो कला, संस्क्रिति, कौशल, पर्यटन र ब्यापारिक प्रवर्धन गर्न केहिपनि चासो देखाएनन् । आफ्नो ब्यक्तिगत पहलमा सहभागि भएका केहि नेपाली बाहेक नेपाल सरकार, दूतावास र नेपालको पर्यटन प्रवर्धन गर्न भनेर नियुक्त भएका कुनै पर्यटन दूतलेपनि केहि भूमिका देखाएनन् ।‘

img_0152

 

तपाइँको प्रतिक्रिया