क्युबाली जनताको आँखामा फिडेल कास्ट्रो

Generated by  IJG JPEG Library

तपाईहरु कहाँबाट ?

तपाईलाई हाम्रो देश थाह छैन होला । धेरै टाढा छ । बरु हाम्रो नेताको बरे सुन्नु भएको होला । तर देश थाह छैन होला । 

भन्नुस न ।  

काला कपाल ।  होचो होचो कद ।  हँसिला मान्छे । पाँच जना थिए । ठ्याक्कै नेपाली जस्ता लाग्ने । 

उनीहरुले जवाफ दिए – हामी क्युबाबाट । थाह छ ?

क्युबाबाट ? ओहो किन थाह नहुने ? फिडेल क्यास्ट्रो । 

क्यास्ट्रोको नाम भन्नासाथ उनीहरु हाँसे । 

उनीहरु बिध्यार्थी रहेछन् ।  डिप्लोमाको पढाईसकेपछि अध्ययन भ्रमणकालागि युरोपको झिलिमिलि मुलुकमा आइपुगेका । पेरिस भन्ने उनीहरुले बच्चै देखि सुनेका । यताको मुलुकको सामाजिक, आर्थिक, शैक्षिक र राजनितिक भूगोल बुझ्न आएका । आफ्नो मुलुकलाई यताको मुलुकसित दाँजेर हेर्न लोभिएका । 

क्युबाका जनताको मात्रै होइन फिडेल कास्ट्रो विश्वभरिकै कम्युनिष्टहरुकालागि नमूना थिए । क्रान्तिकारी थिए । र थिए, उर्जा  र क्रान्तिका उदाहरण । उनलाई विश्वभरिका जनताले आदर्शका रुपमा पुज्छन् । गरिबएे, अभाव, राष्ट्रियका,  र साम्राज्यवादका बिरुद्द लड्ने महान नेताका रुपमा उनलाई लिन्छन् ।  पूँजीवादी मुलुककालागि उनी सधँ आँखाको अतरोका रुपमा रहे । अ मेरिकासित ५० वर्ष लडे । अ मेरिकाले तनाशाही नेता भन्दै आलोचन अगरेको छ । खुशि मनाएको छ ।  तर के सोच्छन् त क्युवाका जनता ? क्युबाली जनताका आँखामा फिडेल क्यास्ट्रो तानाशाह थिए ? कि महान जनताका नेता ? कि सामान्य नेता ? 

म कहिल्यै क्युवा गएको छैन । क्युबाली जनताले कसरि एह्र्छन् क्यास्ट्रोलैइ ? आफ्नै भूमीमा आफ्न नेताको मूल्यांकन गर्ने हेराई, बुझाई र भोगाई के हो ? आम क्युवालीको ? त्योपनि थाह छैन ।  त्यसैले क्युबाकै जनताबाट केहि बुझ्ने रहर थियो । किनभने नेपालमा जति प्रशंसा क्युबाली जनताका नेता क्यास्ट्रोको प्रशंसा हुन्थ्यो त्यो भन्दा बढि आलोचना युरोपका धेरै मुलुकमा उनको सुन्थें म । 

फिडेल कयस्ट्रोले करिब ५० वर्ष अमेरिकासित लडेको, अमेरिकी दादागिरिलाई चुनौति दिएर बसेको सुनाए तिनले । अमेरिकाले लामो समयदेखि नाकाबन्दि लगाउँदा क्युबाका जनतालाई कठिन अवस्थासित जुधेरै समय बितेको रहेछ ।  अमेरिकाले बाहिर हल्ला पिटे जस्तो क्युबाका जनतालाई खानै नपुग्ने मुलुक रहेनछ । त्यहाँ शिक्षा सबैकालागि निशुल्क रहेछ ।  क्युबामा क्रान्ति हुनु अघि क्यास्ट्रो औधि धनी रहेछन् । क्रान्तिपछि उनले सबै त्यागेर, देश र जनताकालागि दिएछन् । यो देखेर क्युबाली जनताको उनीप्रति विश्वास रहेछ । जुवा, तास र वेश्याब्रित्ति उनको शासनकालमा पुरै निर्मूल भएको उनीहरुले सुनाए । अमेरिकाले नाकाबन्दि लगाएपछि सन् १९९० तिरबाट क्युबाको अर्थतन्त्र कमजोर भएको रहेछ । 

तिनको बिचारमा क्युबा सबै किसिमले भरिपूर्ण देश होइन । तर क्यास्ट्रोले आफूले राष्ट्रकालागि सबै दिएका रहेछन् । र उनले आफ्ना मित्र र निकटलाईपनि त्यहि पाठ सिकाएका रहेछन् । ति भन्थे – क्यास्ट्रो सबै गूणले भरिपूर्ण पक्कै होइनन् । अन्य नेताका जस्तै केहि कमजोरी थिए । तर उनले देशकालागि सबैथोक दिए  त्यसैले क्युबालीहरु उनको ईमान्दारिता देखेर पत्याउँछन् ।’

सन् १९९० को दशकमा जन्मिएका वालावालिकाहरु अभावमा जन्मिएका रहेछन् । तिनलाई सबैको, सबैतिरको सबैखाले सहयोगको खाँचो थियो । तर तिनले मुलत क्यानडा र भेनेज्युएलाबाट मात्रै सहयोग पाए ।  तैपनि क्युबालीले किन क्यास्ट्रोलाई मानिरहे ? क्युबा आफ्ना नागरिककालागि एकदमै सुरक्षित मुलुक थियो । सन् १९९८ मा क्युबाका परराष्ट्र मन्त्रीले केहि खरब डलरमा क्युबालाई बिक्रि गर्न खोजेका थिए । त्यो बेलापनि क्यास्ट्रोले क्युबालाई बचाए । टिभीमा त्यसरि बिक्रि गर्न खोज्दा ठूलो आर्थिक कायापलट हुने गलत भ्रम दिएर प्रचार गर्न खोजिएको थियो । तर त्यसलाई क्यास्ट्रोले बेलैमा बुझेर बन्देज गरिदिए । हरेक नगरिकको घरघरमा खाद्दान्न पुर्‍याएका थिए, त्यो कठिन आर्थिक परिस्थितिमापनि । 

‘क्युबाका जनता अहिले त्यस्तो गरिब छैनन् । हात र घाँटीमा ठूला बाला लगाउँछन् सुनको ।  महँगा जुता लगाउँछन् । बियर पानी भन्दा सजिलोसित उपलब्ध छ ।  त्यसरि बस्ने नागरिक कसरि गरिब हुन्छन् ?’ तिनले प्रश्न गरे । 

क्युबामा स्वास्थ र शिक्षा पूर्ण रुपमा निशुल्क रहेछ । छिमेकी देशमा शिक्षा महँगो छ । स्वास्थ अवस्थाको अमेरिकामैपनि बिजोग छ । तर शिक्षा, स्वास्थ्य र सुरक्षाको क्युबामा पूर्ण निश्चितता रहेछ । क्युबालीहरु सम्पन्न मुलुक भनिएकामा त्यो हबिगत देख्दा क्यास्ट्रोको यो काम देखेर खुशि हुँदा रहेछन् । 

क्यास्ट्रोको बानी एकदमै कडा रहेछ । अति ईमान्दार नेता रहेछन् । यति ईमान्दार कि तिनले क्यास्ट्रोलाई चाहिने भन्दा बढि ईमान्दार भनेर सुनाए । उनी एकदमै निर्दिस्ट स्वभावका रहेछन् । वास्तबिकता जे हो त्यहि गर्ने, भन्ने ।  आफ्ना बिचारहरुमा अडिग र एकदमै गम्भिर सोच भएका ।  अधिकांश मानिससित एउटा गतिलो बिचार , उपाय र अक्किल हुँदा उनी पाँच वटा निकाल्दा रहेछन् । 

तर तिनलाई लाग्दो रहेछ – लडाई र संघर्षका कति दिन सहने ? कहिलेसम्म लडाई गरेर बस्ने ? सधैं यहि पाराले क्युबा चल्न सक्दैन । त्यसैले बदलिनुपर्छ । क्युबाको परिवर्तन हुनु जरुरि छ ।  देशलाई परनिर्भरताबाट बचाएर विकासको फड्को मार्नुपर्छ । त्यसकालागि सुझबुझ, दूरदर्शिता भएका नेता आउनुपर्छ । क्यास्ट्रोले जे दिए धेरै दिए । अब नयाँ नेताले क्युबालाई अगाडि बढाउनुपर्छ ।’ सबैलाई भ्रमण गर्न मन लाग्छ । अलिअक्ति पैसा चहैन्छ, तय्सको रहर लाग्छ । मन लागेका कुरा निर्धक्क ब्यक्त गर्न पाउनुपर्छ । 

अधिकांश क्युबालीहरु क्यास्ट्रोलाई रुचाउँदा रहेछन् । अ मेरिकाले सकेसम्म क्युबामा घुसपैठ गराएर क्युबाको एकता, शक्तिलाई तोड्न खोजेकोपनि रहेछ । तर क्यास्ट्रोको लगन, जनता र राष्ट्रपतीको इमान्दारिताले जनताले सधैं उनलाई साथ दिएका रहेछन् । देश सम्पन्न बनाउन नसकेपनि औषधी, आहारा, शिक्षा र सुरक्षा दिएकाले क्युबालीहरुले उनलाई मान्दा रहेछन् । ” क्युबा सम्पन्न राष्ट्र बन्न सकेन । क्यास्ट्रोले बनाउनै पाएनन्, भ्याएनन् वा सकेनन् । तर क्युवालाई बिदेशीको नोकर बनाउनबाट जोगाए, बेचिनबाट जोअगए । त्यसैले हामी उनलाई सधैं पुज्छौं’ तिनले सुनाए । 

तपाइँको प्रतिक्रिया