यस्तो देखिन्छ आकाशबाट खाडी
खाडी मुलुक भन्दासाथ बालुवै बालुवा देखिन्छ । तेलका कुवा देखिन्छन् । मरुभूमी नै मरुभूमी त्योपनि सम्म मिलेको देखिन्छ । यस्तै सोचिन्छ । किनकि लाखौं नेपाली जो खाडीका देशमा काम गर्छन् तिनले त्यहि बोल्छन् । मेडियामा मरुभूमीकै चर्चा हुन्छ, फाट्ट फुट्ट रुपले खाडीमा उँटको चर्चा बहेक । तर साँच्चै खाडी मुलुक अचम्मका रहेछन् । हिउँ नभएपनि वालुवाका पहाड देखिने रहेछन् । खाडी मुलुकमा हामीले सुन्दै आएजस्तो पानी हुँदै नहुनेपनि होइन रहेछ । ति बलौटे पहाडमा कतै कतैबाट खोलापनि बग्दा रहेछन् । बालुवाका पहाडहरु कुनै कलीगढले कुँदेका जस्ता सुन्दर देखिने रहेछन् । बालुवामा पनि आकाशबाट गुजुक्क परेका वस्ति देखिने रहेछन् । हिजो विहान भारतको नयाँदिल्लीबाट फ्रान्सकालागि उडेको एयर इन्डियाको विमानबाट यस्तै मनमोहक द्रिष्य देखिए ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





















