बिध्यालयको उन्नती गर्न पूर्व बिध्यार्थी र शिक्षकहरुको भेला

img_0016

हाम्रो स्कूलमा राजनिति बढि भो । हाम्रो बिध्यालयको स्तर खस्कियो । हाम्रो बिध्यालयका गतिला र सक्ने बिध्यार्थी कोहि पढ्दैन, सबै शहरका निजि स्कूलतिर गए । गरिबका बिध्यार्थी मात्रै पढ्छन् भनेर स्कूलको हालत चौपट भयो । झुवानी माविमा राजनिति बढि भयो, पढाई भएन । सरहरु बिध्यालयमा पढाउने समयमै अनुपस्थित हुन थाले, मनपरि चल्यो । लामो समयदेखि यस्ता गुनासा सुनिएका थिए । तर कसले के गर्ने ? यि गुनासामा कति सत्यता होला ? प्रविधी र पहुँच, उपकरण र प्रविधी कम भएका बेला भन्दा बिध्यालयको संरचना र हैशियत सुध्रिएका बेला पढाईको स्तर अझ बढ्नु पर्नेमा किन खस्कियो ? यस्ता विषयहरु निकै लामो समयदेखि चर्चामा रहे । झुवानी माविमा अध्ययन गरेर विश्वभरि फैलिएका बिध्यार्थी र त्यो बिध्यालयमा आफ्नो जिवनको महत्वपूर्ण समय लगानी गरेर हिँडेका, हिँडाईएका गुरुहरुमा चिन्ता रहिरह्यो । यस्तो देख्दा देख्दै के हेरेरै बसिराख्ने ?

img_0005

होइन । अब केहि पहल गर्नुपर्छ । सुधार्न सकिन्छ, सक्नुपर्छ सुधार्न । हामी सबै मिल्यौं भने त्यो बिध्यालय सुधार्न सकिने प्रशस्त संभावना छन् । यहि भावनाले हिजो चितवनको बछ्यौलीस्थित झुवानी माविका पूर्व गुरु धनराज गिरीको निवासमा भेला र जमघट भयो । त्यो भेला र जमघट झुवानी माविमा अध्ययन गरेका पूर्व बिध्यार्थी र त्यस बिध्यालयका पूर्व गुरुहरुको संयुक्तरुपमा भएको हो ।

img_0006

यो छ्लफलमा झुवानी मावि प्रस्तावित माविका रुपमा चलेका बेला देखिका गुरुहरुसमेत थिए । त्यस माविलाई स्विक्रित गराएर सरकारी बिध्यालयका रुपमा स्थापित गराउने र स्विक्रित भएपछि त्यसको गुणस्तर बढाएर झुवानी माविको नाम चर्चामा ल्याएका गुरुहरु थिए । राजनितिक आस्था भएपनि बिध्यालयको द्वारमा पुगेपछि त्यो आस्था बाहिरै फुकालेर बिध्यार्थीको पढाई, चरित्र, पढाईको स्तर अनि बिध्यालयको हैशियतमा केन्द्रित रहने गुरुहरु थिए । बिध्यार्थीका ग्रिहकार्यहरु खोजिखोजि, मागिमागि हेर्ने र अतिरिक्त समय दिएर पढाउने, सिकाउने गुरुहरु थिए ।

img_0009

लेखा पढाउने भानुभक्त गुरुले मन्तब्यका क्रममा रमाईलो तर मन छुने प्रसंग सुनाउनुभयो- म झुवानी मावि छोडेर हिँडेपछि जमघट, भेला र शिक्षक तालिममा आआफ्नो बिध्यालयको नाम भन्नुपर्थ्यो । मैले आफू संलग्न बिध्यालयको नाम भन्नुपर्दा झुवानी मावि भन्दो रहेछु ।’ यस्ता अनुभव धेरै गुरुहरुले सुनाउनु भयो ।

img_0010

img_0012

विध्यालय स्थापनाको पहल देवी बहादुर कुवर ‘देवी काका’ ले गरेका थिए । त्यो बेला सबै शिक्षक कर्मचारी उनीसित डराउँथे । तर धनराज गिरी यस्ता गुरु थिए एक दिन देवी काका आफैंले भने ‘मेरो अगाडि यो स्कूलका सबै शिक्षक र कर्मचारी डराउँछन् । तर यो जोगी (धनराज गिरि) म सित पटक्कै डराउन्न । आफू बिध्यार्थी र बिध्यालयप्रति बफादार रहेर काम गरे कसैसित डराउनुपर्दिन भन्ने उदाहरण दिँदै धनराज गुरुले देवी काकाको भनाई सुनाएका हुन् ।

img_0013

झुवानी माविले पूर्व गुरुहरुलाई कसरि बेवास्था गर्छ । कति मन दुखाउँछ भन्ने उदाहरण झुवानी माविका पूर्व प्रधानाध्यापक लक्ष्मीकान्त् आधिकारीले सुनाउनुभयो ‘बिध्यालयको वार्षिक उत्सव आउँदो हो । जाँदो हो । कार्यक्रम हुँदा हुन् । तर हामीलाई कहिल्यै संझिने, बोलाउने गर्दैनन् । झुवानी मावि छोडेपछि म पञ्चकन्या मावि गएँ । खै उनीहरुले त मलाई हरेक वर्ष बोलाउने गर्छन् ।’ आफू प्रधानाध्यापक हुँदा शिक्षकहरुलाई अनावश्यक सास्ति दिने, राजनितिक आस्थाले सोच्ने नगरेको तर अनुगमन गरेको र शिक्षकहरुको भलाई हुने ठाउँमा बाधक नबनेको सुनाउनुभयो ।

सरकारी बिध्यालयलाई गर्ने सरकारी ब्यवहार र निति गलत रहेकालेपनि सरकारी बिध्यालयको हालत खस्केको शिक्षाबिद रमाकान्त सापकोटा, भानु उपाध्याय, भानुभक्त पौडेल लगायतका गुरुहरुले सुनाउनुभयो । लक्ष्मीकान्त सापकोटा शिक्षाबिद भएकाले उहाँलाइ अतिथिका रुपमा बोलाइएको थियो ।

img_0018

गोबिन्द खोलाकी, गोपी श्रेष्ठ, भानुभक्त पौडेल, बाबुराम घिमिरे, मोतिलाल शर्मा, घनश्याम पाण्डे, बिजया खतिवडा, गोबिन्द प्रसाद रिजाल सबै गुरुहरुले शैक्षिक अवस्था र बिध्यालयको स्तर कसरि बढाउने भन्ने विषयमा निकै सुझावहरु दिनुभयो ।

विश्वका कुनाकुनामा पुगेर सफल र सक्षम बनेका पूर्व बिध्यार्थीहरु देख्दा आफूहरु सफल शिक्ष्क रहेको, आफूले गरेको मेहनत र लगानीले सहि फल दिएको र त्यसमा गर्वको महसुस हुने गरेको अनुभव सूर्यप्रकाश जमरकट्टेल गुरुको थियो ।

झुवानी माविको शैक्षिक स्तर बढाउने, निगरानी गर्ने र त्यसकालागि बिध्यालयको सञ्चालक समिति र प्रधान अध्यापकसित बसेर छलफल गरि अगाडि बढ्ने निर्णय भेलाले गरेको छ ।

img_0014

बिध्यार्थीहरुका तर्फबाट बासु ढुंगाना, युवक पराजुली, ददि सापकोटा, पूर्ण ढुंगाना, शेर बहादुर परियार, ऋषी सापकोटा, परशुराम सापकोटाले आआफ्ना सुझाव दिए । बिध्यार्थीहरुले यति धेरै गुरु र बिध्यार्थीहरुको अभियानले सफलता पाउनेमा आफूहरु निर्धक्क रहेको भनाई राखे । यस अभियानलाई अझ ब्रिहद बनाउन, सबैलाइ समेटेर लैजान र संयोजन गर्नकालागि झुवानी माविका पूर्व गुरु, साहित्यकार धनराज गिरिलाई संयोजक बनाउने सहमति भयो ।

यो भेला पस्चात पूर्व गुरु र बिध्यार्थीहरुको वनभोज जस्तै भयो । भेलामा उपस्थित सबैले धनराज धनराज गुरुकै निवासमा अझ अनौपचारिक रुपमा छलफल गर्दै खाना खए । निकै वर्षदेखि सम्झनालाई ताजा बनाए । पुन यस्ता भेला आयोजना गर्ने अठोट गरे । अन्य पूर्व बिध्यार्थीहरुलाईपनि गुरुहरुले सम्झना गर्नुभयो ।

तपाइँको प्रतिक्रिया