हात्तीका बच्चापनि मान्छेकै जस्ता चन्चले, जोगाउनै कठिन

dsc06499

साना वालवालिका जोगाउन असाध्यै गाह्रो हुन्छ भन्छन् । चकचक गरिरहन्छन् ति । आगो खेलाउने देखि बिना डर त्रास जे देख्यो त्यहि टिप्छन् । बच्चा मान्छेका मात्रै होइन । धेरै जिवका यस्तै हुन्छन्, चञ्चले । जे पनि परिक्षण गर्न, जान्न, सिक्न, देख्न भोग्न खोज्ने । किनभने वालवालिकाहरु उत्सुक हुन्छन् । जे देखेपनि तिनलाई त्यसबारे जान्नुपर्छ । हातीका वच्चा (छावा) पनि त्यस्तै हुन्छन् । ति आफ्नो वातावरण वरिपरिको, आफू छेउछाउको, देखिएको जेमापनि उत्सुकता राख्छन् ।

dsc06483

dsc06484

dsc06492

मान्छेको झैं आमाका आँखा छलेर ति मिलिक्कै एकतिर पुगिसक्छन् । केहि न केहि बिगारिहाल्छन् । भत्काईहाल्छन् । तिनले त्यसै गरेर सिक्ने कोसिस गर्छन् । आफ्ना बच्चालाई जोगाउन हात्तीलाईपनि असाध्यै गाह्रो हुन्छ । त्यसैले माउहरु चनाखोरहिरहन्छन् । त्यसैले सकेसम्म अगाडि राखेर हिँडाउँछन् । जंगली हात्तीहरुले त बाघ वा अन्य सिंहले खाइदेला भनेर अन्य पोथीहरुको बिचमा राखेर हिँडाउने गर्छन् ।

dsc06494

dsc06500

dsc06520

dsc06504

dsc06494

माउले यस्ता बदमासी गर्न दिन्न भनेर बच्चाहरु जान्दछन् । त्यसैले ति माउका आँखा छलेर यताउति भाग्ने र उत्सुकतालागेका चिजको परिक्षण गर्ने गरिरहन्छन् । त्यसैले माउहरु असाध्यै चनाखोरहनुपर्छ आफ्ना बच्चा जोगाउन । कहिलेकाहिँ नमानेका बेला हात्तीलेपनि आफ्ना बच्चाहरुलाई सुँडले कुटेर तह लगाउँछन् ।

तपाइँको प्रतिक्रिया