कन्दमूल खोज्दै हिँड्नेलाई मनकारीले दिए दशैको राहत

img_0053

दशैंमा ठूला ठूला भेडा र च्यांग्रा खोज्दै हिँड्नेहरु निकै छन् । यहि दशैंमा लाखौं खर्चिनेपनि छन् । आधा खाएर आधा भन्दा धेरै मिल्काउनेहरुको संख्यापनि धेरै छ । आवश्यकभन्दा धेरै, शरिरले धान्ने भन्दा धेरै खाएर बिरामीपर्नेहरुपनि नभएका होइनन् । तर दशैंको चाडमा खाने केहि नभएर जंगलतिर गिठा र भ्याकुर खोज्नेहरुकाबारेमा कसले चिन्ता गर्ने ? नारायणघाटका मोटरसाईकल ब्यापारी तथा समाजसेवी बालगोपाल चुकेले दशैंमा एक दना चामलपनि नभएर भौंतारिएका गरिव चेपाङहरुकालागि राहत दिएका छन् ।

img_0006

गामवेशी चेपाङ केन्द्रका केपी शर्माले ए उटा समाचार देखे कान्तिपुर दैनिकमा । एक साता अघिको समाचारमा लेखिएको थियो – दशैंमा पनि कन्दमुल खानु पर्यो । समचार निस्किएको केहिदिनसम्म कतैबाटपनि तिनलाई सहयोग आएको नदेखिएप्छि शर्माले चुकेलाई बिन्ति गरे “सर टाकिको साग र गिट्ठा भ्याकुरले दशैं मान्नु पर्ने भयो । पूर्व पश्चिम राजमार्गको लोथर बजारबाट १३ घण्टा पैदल दुरीमा बल्ल पुगिने मकवानपुर जिल्लाको काकडा गा बि सको धिरांग गाउँ बस्ने चेपाङहरुलाई ।” उनले यति भनेपछि  बालगोपाल चुके भावुक हुँदै तिनलाई दशैंकालागि दाल, चामल, मरमसला र मासु खाने रकमसमेत दिएर सहयोग गर्न तयार भए ।

img_0008

img_0010

img_0026

संयोग कस्तो पर्यो भने उनकी पत्नी  अनुषा चुकेको हिजै जन्म दिन परेको थियो ।  सोहि अवसरमा उनीहरुलाई चुके परिवारले राहत दिएको हो । राहत लिएर ददि सापकोटा, चेपांग केन्द्रका अभियन्ता केपी किरण शर्मा, बालगोपाल चुके, अनुषा म्याम , अभिषेक चुके, सशस्त्र प्रहरी बल गढ़िमाइ गढ भण्डाराको टोली, पत्रकार प्रताप बिष्ठको टोलिमा एभेन्युज टिभीका राजन दाहाल र कान्तिपुर टिभीका बालकृष्ण अधिकारी सहितको टोली पुगेको थियो । टोली लोथर पूल पारि सामुदायिक वनको अफिशमा पुगेको थियो। धिरांग निमाविका प्र।अ। बाबुलाल घलान, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य सन्त बहादुर चेपाङ्ग लगाएतको टोलिले स्वागत गरेको थियो ।

img_0037

 

img_0042

चुके परिवारले दशैंको महान पर्वका दिनपनि चेपाङहरुले द्शैं मनाउन नपाएको खबरले स्तब्ध बनाएपछि तिनले दशैं मनाउन पाउन् भनेर यो राहत दिएको बताएको थियो । राहत सँगै चुके परिवारले दशैंमा मासु किन्नकालगि जनहि पाँच सय रुपियाँपनि सहयोग गर्‍यो ।

तपाइँको प्रतिक्रिया