पित्रिलाई खुशि पार्ने थारुहरुमा अचम्मको संस्क्रिति
बाहुन क्षेत्रीहरुले आफ्ना पित्रिहरुलाई खुशि पार्न, सम्झिन सोह्र सराद मनाउँछन् । थारुहरुमापनि त्यसैसित मिल्दोजुल्दो चलन छ । उनीहरु यसलाई पित्रे औंशी अर्थात् यमोसा भन्छन् । तर थारुहरुको पित्रिलाई खुशि पार्ने चलन भने अनौठो छ । उनीहरु पित्रिलाई खुशि पार्न जाँडरक्सी, चुरोट, खैनी, सुपारी र जनावर वा चराको रगत दिने गर्छन् । बाहुन, क्षेत्रीमा भने मासु र रक्सी चढाउने चलन छैन ।
पित्रे औंशीको दिन विहानै स्नान गर्छन् । घरको मूलीले पूजा पाठ गर्छन् । जंगलबाट बाबियो ल्याएर त्यसलाई काटि कुचो जस्तो मुठा बनाउँछन् । सानो पिर्का वा कुनै सफा ओछ्याउनेमा बाबियो राखिन्छ । त्यसमाथि रक्सीको गिलास वा करुवा हुन्छ । छेउमा चुरोट, सलाईको बट्टा, सुपारी, धुप, फलफूल र अन्य खाद्दान्नका दाना राखिएको हुन्छ । अर्थात् स्वर्गवास हुनु अघि त्यो ब्यक्तिले जे जे खाने गरेको थियो ति सबै सामानहरु राखिदिने चलन छ । त्यसरि राखेका वस्तु आफ्ना पूर्खाले देख्छन् भन्ने विश्वास छ ।
घर अगाडि राखिएको बाबियोको मुठा र अन्य सामाग्रिमा घाम नपरोस भनेर छाता ओढाइदिने चलन छ । पहिलेपहिले छाताको प्रचलन नहुँदा छत्री ओढाउने गरिन्थ्यो । पूजा समाग्रि राखिएको यो भागलाई पहुनी भनिन्छ ।
घरको मुलीले पूजा पाठ गरिसकेपछि बल्ल खाने प्रचलन छ । त्यसदिन आफन्तहरुलाई निम्ता गरेर सँगै भोजन गरिन्छ ।
यदि कसैको घरमा एक वर्ष भित्र परिवारका कुनै सदस्यको म्रित्यु भएको छ भने त्यस घरमा परेवाको बलिदिने चलन छ । त्यसरि त्यो वर्ष भित्र कसैको म्रित्यु भएको छैन भने त्यस घरले बलि दिनुपर्दैन । कसैकसैले परेवाको साटो बोकाको बलिदिनेपनि गर्छन् ।
(सबै फोटो – ददि सापकोटा)













