हात्तीसँगै नदीमा नुहाउनुको मज्जै बेग्लै

img_0012

जमिनको सबैभन्दा ठूलो जन्तु हात्ती । हात्ती भन्ने नाम सुन्नासाथ धेरैको सातो जान्छ, डरले । हात्तीले मान्छेका घर भत्काएको, मान्छे मारिदिएको घटना निकै सुनिने गरेकालेपनि मानिसहरु हात्ती भन्नासाथ तर्सिन्छन् । तर सबै हात्ती उस्तै हुँदैनन् । पाल्तु हात्तीहरु मानिससित रत्तिने गरेकाले जंगली हात्तीको जस्तो डर हुन्न । पाल्तु हात्तीको हेरचाह गर्ने, तिनलाई तह लगाउने, रत्याउने र तिनको हेरचाहमा हरेक दिन खटिनेहरुसित हात्तीको भाषा मिल्छ । र तिनले भनेको, निर्देश दिएको हात्तीहरुले पालन गर्छन् । त्यसैले करिब चार टन गह्रुंगो हात्तीसित सय किलोपनि तौल नभएको मान्छेले सँगै नुहाउन सक्छ, नदीमा ।

img_0008

थाईल्याण्डबाट शुरु भएको पाल्तु हत्तीलाई नुहाउने प्रचलन अहिले नेपालमा भित्रिएको छ । थाईल्याण्डका पर्यटन ब्यवशायीहरुले लामो समयदेखि पर्यटकलाइ लोभ्याउन यसरि हात्तीसितै नुहाउन पाइने ब्यवस्था गरेका थिए । त्यो देखेर चितवनका पर्यटन ब्यवशायीलेपनि पर्यटकहरुलाई हात्तीसित नुहाउन पाइने कार्यक्रम दिन लागेका हुन् । हाल चितवनका  पर्यटन ब्यवशायीहरुले आफ्ना पर्यटकलाई यो सुबिधा दिईरहेका छन् । दिउँसो गर्मी हुँदा हात्तीलाई नदीमा लिएर जान्छन् । पर्यटकहरु त्यहाँ आएर हात्तीसितै नुहाउँछन् । हात्तीसित नुहाएबापत पर्यटकले जनही दुई सय रुपियाँ तिर्नुपर्छ । img_0005

पौडी खेल्दा हात्तीमाथि चढेका पर्यटकलाई हात्तीले आफ्नो सुँडमा पानी जम्मा पारेर पर्यट्कमाथि हुत्याउँछ । हात्ती बेला बेला पानीमा शरिर ढालेर सुतिदिन्छ । हात्ती अकस्मात पुर्लुङ्गै पल्टिँदा हात्तीमाथिका मानिसहरुपनि पानीमा पछारिन्छन् । यसरि पानी छ्यापीदिन र हात्तीमाथि चढेका मानिसलाई पानीमा पल्टाईदिन हात्ती चलाउने माहुतेले बेला बेला निर्देशन दिन्छ । उसको निर्देशन अनुसार हात्तीले भिजाउने, सुँडले पानी फाल्ने र पल्टाईदिने गर्छ । यसो गर्दा पर्यटकहरु रोमाञ्चित बन्छन् ।

img_0011

img_0016

हात्ती प्राय गर्मीयाममा पौडी खेल्छ । जंगली हात्तीहरुपनि कुवा, नदी र घोल, खोला खोज्दै पौडी खेल्न जान्छन् । गर्मीमा शरिरबाट निस्किने तापलाई ठण्डा पार्न हात्तीले पौडी खेल्छन् । त्यसैगरि, शरिरमा बिभिन्न खालका किरा, जुम्रा र उपियाँहरुले टोक्ने हुनाले तिनलाई हटाउनपनि हात्तीहरु पौडी खेल्छन् ।

img_0019

img_0022

img_0033

img_0034

main-photo

(सबै तस्विर- ददि सापकोटा, सौराहा)

तपाइँको प्रतिक्रिया