माउको निर्देशन नपाएसम्म टुसापनि जमिनभित्रै गुपचुप

 

SI Exif

SI Exif

आमानै हुन् सबैभन्दा जानकार । चाहे ति विरुवाकै आमा किन नहोउन् । आराबिडोप्सिस ( Arabidopsis) भन्ने प्राय जतापनि पाइने त्यस्तो फूल हो जसले स्प्रिङ याममा बाहिरको तापक्रम कति छ भनेर आफ्नो सम्झना आफ्ना बिजमा सारिदिन्छ ।

वालीनालीको वंशका बारेमा अनुसन्धान गर्ने वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट के पत्ता लाग्यो भने ठण्डा मौसममा छरेका आराबिडोप्सिसका बिजभन्दा गर्मी मौसममा छरेका बिजहरु छिटो उम्रने गर्छन् । ठण्डा क्षेत्रमा केहि हप्ता पहिलेनै गर्मी शुरु भएर तापक्रम बढेपनि ति गर्मी तापक्रम हुने क्षेत्रमा छरेका बिजभन्दा ढिलै उम्रने गर्छन् । बिज अंकुरण हुन बिजलाई जमिनमुनी तातो चाहिन्छ । जति छिटो जमिन तातेर त्यो तापले बिजलाई ततायो उति छिटो बिज अंकुरण हुने गर्छन् । तर यो विरुवामा भने त्यो नियम लागू भएन ।

बेलायतको नोर्बिकस्थित युनिभर्सिटि अफ योर्क र युनिभर्सिटी अफ एक्स्टरका विशेषज्ञहरुले फूल फूल्न भूमिका खेल्ने प्रोटिनको अध्ययन गरेपछि यो तथ्य पत्ता लगाए । उनीहरुले फरक फरक विरुवाको प्रोटिनले कसरि फरक फरक तरिकाले फूल फूलाउन भूमिका खेल्छ भन्ने तुलना गरिगरि अध्ययन गरेका थिए ।

ठण्डी मौसममा त्यो प्रोटिनको स्तरले मात्रि विरुवालाई आफ्नो फलमा टानीन भन्ने तत्व उत्पादन गर्न प्रेरित गर्छ । टानिनले बिजको बोक्रा कमलो वा कडा, पातलो वा बाक्लो बनाउने भन्ने भूमिका खेल्छ । त्यसैले ठाण्डी मौसममा बिजभित्र टानिन धेरै उत्पादन गरेपछि तिनलाई उम्रिन बढि समय लाग्छ, किनकि तिनको बोक्रा बढि बाक्लो हुन्छ । किनकि त्यो बाक्लो बोक्राले बिज अंकुरणमा ढिलो गरिदिन्छ ।

बिज टुसाउने वा फुट्ने बेला त्यसको बोक्रा कति बाक्लो छ, कति स्वतन्त्र भएर अंकुरण हुनसक्छ भन्ने माउ विरुवालाई जानकारि हुन्छ । त्यसैले, बिजले के गरिरहेको छ भन्ने नियन्त्रण माउ विरुवाले गरिदिन्छ । तर न्यानो मौसममा माउ विरुवाले प्रोटिनको स्तरलाई बढाएर लिन्छ र तापको फाईदा उठाउँदै छिटो टुसाउन बिजहरुलाई प्रेरित गर्छ ।

तपाइँको प्रतिक्रिया