शारदा शर्माको ‘कम्प’ र नरहरी दाईसित एकैसाथ भेट

img_0044

हिजो गज्जबको संयोग जुर्‍यो ‘लामो समयदेखि विरामी परेर स्वास्थ्य लाभ गरिरहेका दाई नरहरी आचार्यसित भेट भयो । त्यो भेटको संयोग फेरि लेखक शारदा शर्माको नयाँ उपन्यास ‘कम्प’ले गरायो । हिजो उहाँको उपन्यास ‘कम्प’ को सार्वजनिकिकरण थियो । त्यहिँ लेखक दिदी र मेरोपनि पहिलो भेट भयो । उहाँको पुस्तकका बारेमा नेपालका दह्रा लेखक, साहित्यकार र समालोचकले खोतलखातल गरेर सुनाए ।

img_0026

गत साल म नेपाल आएका बेलापनि शारदा दिदीसित भेट हुन सकेन । त्यसपछि नरहरी दाई पूनर्जिवन पाउनेगरि विरामी पर्नु भयो । हामीले प्रवाशबाटपनि खबर र शुभेक्षा पठायौं, दाईको स्वास्थ्यको कामना गर्दै । यो पटक शारदा दिदीले निम्ता दिनु भो, मेरो पुस्तक सार्वजनिक हुँदै छ, त्यतै भेटौं, नरहरी दाईलाईपनि भेटौं । नरहरी दाई स्वास्थ्य लाभ गरिरहनुभएकाले भेट्न पाउँला भन्ने एकरती थिएन । शरदा दिदीलेनै भेटौं भनेर प्रस्ताव राखेपछि खुशि भएँ म ।

img_0024

पुस्तक बिमोचन रसियन कल्चर सेन्टरमा थियो । म पुगेकै केहिबेरमा लेखक, पत्रकार, कवी, साहित्यकार र शुभेच्क्षुकहरुको भिड थियो । रसियन कल्चर सेन्टरको हल कार्यक्रम शुरु नहुँदै भरिभराउ भयो । केहि मानिसहरु बस्ने ठाउँ, उभिने थलोपनि नपाएर फर्किए । कम्प उपन्यासको मूल पात्र नारी रहिछिन् । त्यसैले शारदा शर्माले पुस्तक बिमोच्नपनि आफ्नै आमा राधा कुमारी शर्माबाट गराउनु भएछ । बुवा महेश्वर शर्मा आफैं चिनिएका साहित्यकार । उहाँलेपनि पुस्तककाबारेमा लागेका कुरा सुनाउनुभयो । आशिर्वाद दिनु भयो, उपन्यासको अर्को परिक्षामा सामेल भएकि छोरीलाई ।

img_0036

img_0040

समालोचक अर्चना थापा पुस्तकका सबल र दूर्बल पक्ष केलाउन उभिईन् । पुस्तकमा नगण्य मात्रै दूर्बल वा कमजोर पक्ष रहेको । पुस्तकले म्रित्युपछि नर्कमा पुगिन्छ की भनेर त्रसितहरुलाई खुशि बनाउने, नर्कमापनि भुतलमा जस्तै क्रियाकलाप र परिवेशहरु हुन्छन् । नर्कमा पुगेपनि यहिँकै जस्तो सामाजिक परिवेश पाइन्छ भनेर पुस्तकले ब्याख्या गरेको टिप्पणी गरिन । ‘छोटोमा भन्नुपर्दा पुस्तक ‘प्रिथ्वी लोकबाट नर्कसम्मको यात्राको कहानी हो’ उनले पुस्तकको छोटकरीमा टिप्पणी गरिन् । गरुण पुराणका धार्मिक पक्षहरुलाई केलाएर त्यसमाथि लेखकले स्रिजना गरेको नौलो क्रिति रहेछ कम्प। गरुण पुराणमा झैं बिभिन्न पात्रहरु आउँदा रहेछन् । र ति पात्रले स्वर्ग, नर्क र भूतलमा भूमिका खेल्छन् । शारदा शर्माले प्रैथ्वी लोकमै बसेर कहिल्यै कसैले नदेखेको, नभोगेको नर्कको अनुभवलाई लेखकिय सोच, भावना र अनुभव महसुस गरेर कम्प लेख्नु भएको रहेछ ।

img_0048

लेखक खगेन्द्र संग्रौला उभिनुभयो पुस्तकमाथि टिप्पणी गर्न । उहाँले त्यो नर्क र स्वर्गपनि यहि प्रथ्वी लोककै जस्तो छ । त्यहाँपनि चोर, डाँका, लुच्चा, कालो कोटमा ठग्ने वकिल, सेतोपहिरनमा ठग्ने डाक्टर, लोकमान सिं कार्कीहरु जन्माउने नेता र ति बाट प्रताडितहरु हुन्छन् । त्यो नर्कपनि प्रथ्वी लोकजस्तै, नेपालकै जस्तो बेथिति, बेरोजगारी, ठगी, भ्रस्टाचार भएको अर्को स्थल हो । उहाँले कम्पलाई एकदमै सबल, नौलो प्रसुति, नयाँ विषय र नौलो सोचका साथ आएको, नेपालमा देखा परेका उपन्यासका चाङमा यो उत्क्रिष्ठ उपन्यास भएको चर्चा गर्नुभयो । यो पुस्तकमा सबैखाले पाठकले कतै न कतै आफू भेट्टाउने, आफूलाई घत लाग्ने, मन पर्ने प्रसंग फेला पार्ने, पुस्तक नेपालका राजनितिज्ञहरुले झन पढ्नै पर्ने उल्लेख गर्नुभयो ।

img_0050

लेखक शारदा शर्माले आफ्नो पुस्तकका बारेमा बताउनुभयो । आफ्नो कल्पनाशिलतालाई प्रयोग गर्दै स्वर्ग, नर्क र प्रिथ्वी लोकको चर्चा गरेको । गरुण पुराण सुनेपछि त्यसबाट लेखकिय आँखाले प्राभावित भएर त्यहाँका पात्रहरुलाई केलाएको । तिनका भूमिका, पुराणको सन्देश र त्यसले समाजमा खेल्ने प्रभावलाई आफ्नो कल्पनाशिलताको माध्यमले, आफूले वास्तविक जिवनमा भोगेका, देखेका अनुभव मिसाएर पुस्तक स्रिजना गरेको भनाई उहाँको थियो । ताप उपन्यासको सफलतापछि अर्को उपन्यास लिएर आउन खोज्दा आफैंलाई थोरै चुनौति र त्रासको भावना स्रिजना भएकोपनि बताउनुभयो । पुस्तक लेखन गर्दाका पारिवारिक कठिनाई, चुनौतिहरु सुनाउनुभयो ।

कविवर माधव घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँलेपनि कम्प उपन्यास एकदमै प्रभावशाली रहेको सुनाउनुभयो । समालोच्क, टिप्पणीकार र प्रमुख अतिथि अनि लेखकको प्रस्तुतिले यो पुस्तक सबैले पढ्नुपर्छ जस्तो लाग्थ्यो । नौलो, नयाँ शैली र नयाँ चुनौति, विषय र धारपनि नौलोनै पक्रेको हुनालेपनि यो पुस्तक हरेकले पढ्नुपर्ने सामूहिक तर्क देखिए । करिब दुई घण्टामा कार्यक्रम सक्कियो । छोटो र एकदमै सटिक तरिकाले कार्यक्रम समापन गरियो ।

img_0057

त्यसपछि म शारदा दिदीसितै नरहरी दाईलाई भेट्न गएँ । उहाँको बोलीमा प्रस्ट र अनुहारमा उस्तै चमक रहेछ । उस्तै हँसिलो र उहि मिठास । साहितयकार डा ध्रुवचन्द्र गौतमसमेत नरहरी दाईसित केहिबेर पुस्तक, साहित्य स्रिजना, पुस्तकका शैली आदिबारे गफगाफ गरियो । मैले नरहरी दाईलाई पूर्णरुपमा स्वस्थ नहुन्जेल कहिँ कतै राजनितिक दौडधुपमा संलग्न नहुन करबल गरें । शारदा दिदीलाईपनि नरहरी दाई पूर्णरुपले स्वस्थ नहुन्जेल राजनितिक सक्रियतामा पूर्णरुपले रोक्न सुझाव दिएँ । नरहरी दाईको पूर्ण स्वाश्य लाभको कामना गरें ।

———————

उपन्यास -‘कम्प’

प्रकाशक -सांग्रिला बुक्स

मूल्य – रु ४४८

तपाइँको प्रतिक्रिया