राष्ट्रपती सित्तल निवाश छिर्दा एम्बुलेन्ससहित हजारौंलाई सास्ति

img_0121

राष्ट्रपती बिध्यादेवी भण्डारीको नियमित प्रक्रिया हो सित्तलनिवास जाने । हरेक दिन उनी सित्तल निवाश जाने र निस्किने गर्छिन् । तर उनले सित्तलनिवास जाँदापनि हजारौंलाई दुख दिने र एम्बुलेन्ससमेतलाई अप्ठेरोमा पार्ने गरेकि छन् ।

img_0116

हिजो पाँच बजे दरबार मार्ग हुँदै सित्तलनिवाश छिर्दा उनले जनतालाई सास्ति मात्रै दिईनन् की विरामी बोकेको एम्बुलेन्सलाईसमेत घण्टौं बाटोमा जाम बनाइदिईन् । प्रहरीहरुले राष्ट्रपतीको सवारी भन्दै सवारी साधनहरुलाई लाजिम्पाट, महाराजगञ्ज तिर जान रोक लगाएपछि एम्बुलेन्सपनि घण्टौंसम्म जाममा फसेका थिए ।

img_0115

img_0114

img_0120

अपरान्ह पाँच बजे सडकमा सवारी साधानको चप दोब्बर भन्दापनि बढि हुन्छ, अन्य समयमा भन्दा । कार्यालय छुट्ने, स्कूल क्याम्प्सबाट बिध्यार्थीहरु निस्किने समय हो यो । यो बेला सडकमा सवारी नहुँदापनि यातायात जाम हुन्छ । यस्तो चाप हुने बेलामा बिध्या देवी भण्डारीले जनतालाई रैती ठानेर सवारी साधन रोक्न लगाउँछिन् र सारा नागरिकलाई दुख दिएर, बिरामीको उपचार गर्ने अधिकारपनि हनन गरेर उनी सडक खुला गरि शित्तल निवाश पुग्छिन् ।

तपाइँको प्रतिक्रिया