जंगल सफारीको वास्तबिक स्वाद लिने भए चितवनको मेघौली

img_0034

चितवनको मेघौलीमा पर्यटक लजहरु बनेका छन् । तिनमा वास्तबिक स्वाद लिन पाइन्छ । चितवनका आदिवासी थारु समूदायको जिवनशैली । गाढाको यातायात । खरका फुस्रा छाना । लालटिनको उज्यालो । वरिपरि झ्याउँकीरी कराउने । लज छेउमा कुलुकुलु पानीको आवाज । आधुनिक सवारी साधनको कुनै पहुँच हुन्न । चकमन्न रातमा मधुरो लालटिनको उज्यालो बालेर आकाशका तारा हेर्दै चन्द्रामासित आँखा जुधाएर रमाउन पाइन्छ । यस्तो ठाउँ जंगलको खास स्वाद, प्रक्रितिको वास्तविक जिवनलिला चाख्न पाइने । हो मेघौली अझैपनि त्यस्तै रहेछ ।

img_0029

img_0017

विस हजार तालको सडक हुँदै मेघौली पुगिन्छ । निजि सवारीमा गएपनि भयो । नारायणघाट वा भरतपुरबाट मेघौली जाने बसमा चढेपनि पुगिने । भरतपुरबाट पर्साढाप जाने गाडीमा चढेपनि त्यहाँबाट मेघौली जाने फेरि साना सार्वजनिक सवारी साधन पाइने । अब सुगम भैसकेछ मेघौली पुग्न ।

img_0030

img_0023

स्विजरल्याण्ड बस्छन् राम परियार । तर उनले यता यो लज चलाउन थुप्रै सिप, लगानी, मेहनत र अक्किल खर्चेका छन् । उनी उता विदेशी पर्यटकको खोजि गर्छन्, आफ्नो दैनिक कामबाट बचेको समयमा । यता उनका दाजु र अन्य कर्मचारीले लजको ब्यवस्थापन गर्छन् । थप ब्यवस्थापन रामले उतैबाट मिलाउँछन् ।

img_0038

चितवनको प्राक्रितिक र सांस्क्रितिक महत्व, सम्पत्तीलाई धक्का नपुग्नेगरि बनाएका छन् उनले चितवन बम्बू कटेज । पर्यटक बस्ने कोठा भएका घर र खाना खुवाउने बैठकघरसहित भान्छा र चर्पीसम्म चितवनको मौलिकता पाइन्छ । आफ्नो होटेलमा बुक गरेर आएका पर्यटकलाई उनले भरतपुर वा नारायणघाटदेखि गाडीमा ल्याउँछन् । होटेल पस्ने बेला सानो खोला छ । त्यसमा उनले गाढामा ओसारेर पर्यटक होटेलसम्म पुर्‍याउँछन् । नाम जस्तै छ उनको होटेल, बम्बू अर्थात् बाँसै बाँसको । बाँस बुनेर चिटिक्कसित सजाईएको । बाहिरबाट हेर्दा होटेल देखिन्न, वरिपरि रुखविरुवाले घेरेर लुकाइएको जस्तो ।

img_0040

रापती नदीको निकारमै भएकाले बेला बेला गैंडा तर्दै गरेको, हरिण र म्रिग चरेको, गोहीले नदी किनारमा पारिलो घाम तापेको द्रिष्य हेर्न पाइन्छ । जंगलबाट राति खेत बारेमा आएर अन्नबाली खाने जंगली जनावर लखेट्न भनेर राति सुत्न बनाइने मचना (थारु भाषामा माच) पनि बनाएका छन् । आजभन्दा २० वर्ष अघि सौराहाको जुन अवस्था थियो अहिले त्यस्तै छ मेघौलीको ।

img_0036

पर्यटकहरु बालुवा, रोडा, ढुंगा, ईटा र छडका अग्ला भवन खोज्न आ उने होइनन् । आधुनिक सुविधा खोज्ने होइनन् । खासगरि पश्चिमा पर्यटकहरु यस्तो रुचाउँदैनन् । उनीहरु स्थानिय संस्क्रिति र बन्यजिवन चाख्न रुचाउँछन् । स्थानिय शैलीमै बनेका घरहरुमा बसेर जिवनमा पहिले नभोगेको अनुभव लिने तिनको तिर्सना हुन्छ ।

img_0047

img_0050

चितवन बम्बू कटेजको शैली त्यस्तै छ । यस्तै केहि साना लजहरु छन् मेघैलीमा । करिब एक दर्जन यस्ता लजहरुले आफ्नै मौलिक संस्क्रिति जोगाईरहेका छन् । तर मेघौलीमा हाल केहि धनाढ्यहरुले ठूलो लगानीमा सौराहाकै जस्तो कंक्रिट, सिमेट र ईट्टाका ठूला भवनहरुमा जोड दिन थालेका छन् । बिस्तारै यहाँपनि सौराहामा जस्तै अस्वस्थ लगानी, कम प्रतिफल र ठूलो लगानी भित्रिने संभावना छ । साना र स्थानिय ब्यापारीहरु, जग्गा धनीहरु बिस्थापित हुनसक्ने संभावना छ । मेघौली क्षेत्रमा पछिल्ला वर्षमा देखिएको ठूला लगानीले त्यहि संकेत गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया