बेल्जियममा भजन किर्तन गरेर शान्ति ल्याउने ?

saai_raam_foto_03011

 

यूरोप धेरैका लागि सपनाको संसार । आधुनिकता र बैज्ञानिक चमत्कारको थलो भनिन्छ । यहाँ ज्ञान गुनका कुरा प्रशस्तै छन् हामी नेपालीका लागि सिक्न, जान्न, बुझ्न र हेर्न मन लागे । यहाँको उच्च शिक्षा लिन पाउनु निकै प्रतिष्ठाको विषय ठानिन्छ । उपयोगिपनि हुन्छ आफ्नो देशको लागि । तर नेपालीको पारा भने “वर्मा गयो कर्म सँगै नेपाल गयो कपाल सँगै” भने जस्तै छ। बिज्ञान र आधुनिकताको नाटकिय विकास देख्न पाइने यो मूलुकमा नेपालीहरुको पारा उहि स्वस्ति शान्तिमै रमाउने रहेछ ।

 

फर्वरी पहिलो साता बेल्जियमबाट पुरुशोत्ताम सुबेदीले फोटो सहित एउटा समाचार पठाएका थिए । त्यहाँका नेपालीहरु विश्वमा शान्ति ल्याउन भन्दै भजन किर्तनमा रमाएछन् । विश्वमै शान्ति ल्याउने भनेपछि नेपालमा त झन त्यत्तिकै आउने भयो । सुन्दै हाँसोले मुर्छा परें म । लेख्छु भन्दा भन्दै भ्याईन । बल्ल मेसो पर्‍यो । थोरै हो र ? भजन किर्तन गरेर विश्वमा शान्ति आउँछ भन्ने विश्वास निकैलाई रहेछ । करिब चार सय भेला भएछन् । अचम्म त के भने त्यहि आधुनिकता र २१ औं शताब्दीको नाटकिय विकास भोगेका, आफैं सरिक भएका स्थानिय नागरिकपनि रहेछन् ।

 

saai_raam_foto_03411

 

नेपालीहरुको रुचि, चासो, चाख र चिन्ता यहाँको विकास, आधुनिकता, बिज्ञान र अन्य संरचनाको अध्ययन र खोजिनितिमा हुनुपर्ने हो । त्यस्तो ज्ञानले बल्ल स्वदेश र बिदेशमा केहि गर्न सकिन्छ । त्यो जिवनोपयोगि पनि हुन्छ । यहाँ राम्रो ज्ञान र सिप लिए त्यसलाई नेपालमापनि प्रयोग गर्न सकिन्छ भन्ने सोच कहिले आउने होला नेपालीहरुमा ?

 

विश्वमा अशान्ति हुनुको, कारण मानिसहरु भोकै, नांगै, अशिक्षित र अभावमा पर्नाले हो । त्यसको लागि भोकालाई आहारा दिनुपर्छ । नांगालाई लुगा । अशिक्षितहरुकालागि बिद्दालय खोलिनु पर्छ। तर त्यहाँ त नेपालीहरु मन्दिर बनाउनतिर पो सक्रिय भएछन् । स्वदेशमा त पाईएन नै, बिदेशमा भएका बेला उपलब्ध यस्ता अवसरहरुलाई सदुपयोग गर्ने सोचको विकास कहिले आउला नेपालीमा ? कि स्वदेशमा झै उहि डम्फु बजाउनमै रमाउने हो ?

तपाइँको प्रतिक्रिया