प्रक्रिति संरक्षणमा बढ्दो छ वालवालिकाको चासो

IMG_0022

संरक्षणमा वालवालिकाको चासो, चाख र लगाव बढ्दो छ । हिजो चितवनको सौराहामा आठौं अन्तर्राष्ट्रिय गिद्द दिवस मनाईयो । कार्यक्रम चितवनमा रहेको बर्ड एजुकेशन सोसाईटीले आयोजना गरेको थियो । यो कार्यक्रममा पाका, जानेबुझेका, वातावरणमा चासो र चाख भएकाहरुको भन्दा वालवालिकाको उपस्थिति उत्शाहपूर्वक थियो । गिद्दहरुले वातावरणिय सन्तुलन, सफाईमा खेल्ने भूमिकाका बारेमा चरा विशेषज्ञले सुनाएका कुरा वालवालिकाले निर्धक्कले ध्यान दिएर सुने । 

IMG_0002

IMG_0003

तिजको दर खाने दिन । गाउँमा नाचगान, मिठोमिठो खानपिन । गाउँभरि चोकचोक, घरघरमा तिजको लहर । वालवालिका त्यसैमा रमाउनुपर्ने हो । आजकालका वालवालिका त्यस्तै हल्काफुल्का कुरामा रमाउँछन् भनिन्छ। तर त्यो सबैमा, सबैतिर लागू नहुने रहेछ भन्ने हिजो सौराहामा भएको कार्यक्रमले देखायो । ति सबै रमाइलो र घरको मिठो परिकारलाई बेवास्ता गरेर वातावरण र चराका बारेमा केहि सुन्न, देख्न, जान्न र बुझ्न स्कूलका वालवालिका सौराहा आए, केहि गाउँबाट ।

IMG_0037

IMG_0026

केहि वक्ताहरुले आफ्ना मन्तब्य दिँदा तिनले निर्धक्कले त सुनेनै, त्यसपछि ति फेरि चरा अवलोकनकालागि जंगल गए । स्थानिय चराविदहरुले तिनलाई बाघमारा सामूदायिक वनमा केहि चरा देखाए । चराका बारेमा बताए । चराका आवाज कसरि चिन्ने भनेर सुनाए । त्यसमापनि वालवालिकाले रुचि दिए । तिनको रुचि, चाख र प्रक्रितिप्रति देखि लगाव र कौतुहलताले हाम्रा युवा युवती हल्काफुल्का विषयमा मात्रै चासो दिन्छन् भन्ने बुझाईलाई चुनौति दिन्छ । हाम्रो नयाँ पुस्तामा प्रक्रिति प्रतिको चासो र गम्भिरता बढ्दो रहेछ । तिनलाई जिवजन्तुका नयाँ विषय, चाखलाग्दा प्रसंग, प्रक्रितिका अनेक रोचक पक्क्षका बारेमा ज्ञान दिएमा तिनले रुचि दिएर सहभागिता जनाउँछन् । वालवालिकाको प्रक्रिति प्रतिको चासो, तिनको रुचिको विषय केलाउनु जरुरि छ । तिनलाई सहभागि बनाउन, प्रक्रिति संरक्षणमा सरिक गराउन वालवालिकाकालागि मिल्ने विषय, तिनले सहज तरिकाले बुझ्ने तरिकाले ब्याख्या गर्नु र तिनको चाख बुझेर त्यहि अनुसार तिनलाई सरिक गराए हाम्रो नयाँ पिढीबाट प्रक्रिति संरक्षणमा धेरै आशा गर्न सकिने ठाउँ छ ।

तपाइँको प्रतिक्रिया