सौराहा जाँदै हुनुहुन्छ ? चेपाङ संग्राहालयपनि हेर्नुस् है ?

IMG_0064

भोली भदौ  १५ गतेदेखि चितवनको पर्यटकिय क्षेत्र सौराहामा चेपाङ संग्राहलय खुल्ने भएको छ । बिदेशी पर्यटक तथा नेपालीहरुलाई चेपाङ समूदायका बारेमा जानकारि दिन, चेपाङ समूदायको बारेमा थप चासो र अध्ययन होस् भन्ने उद्देश्यले यो संग्राहलय खोलिएको हो । संग्राहलयको उद्घाटन भोली बुधवार हुँदै छ । उद्घाटनमा पर्यटन व्यवशायी, पत्रकार, समाजसेवीहरुको सहभागिता हुने छ । संग्रालय हेर्नका लागि रु ३० रुपियाँ प्रवेश शुल्क लगाउने निर्णय गरिएको चेपाङ संग्राहलयका अभियन्ता केपी किरण शर्माले बताए ।

IMG_0025

केपी किरण शर्माले लामो समयदेखि खोजि र अनुसन्धान गरि चेपाङ समूदायको जनजिवनका महत्वपूर्ण वस्तुहरुलाई जम्मा पारेका थिए । हाल तिनैवस्तुहरुलाई संग्राहलयका रुपमा स्थापना गरिएको हो । उनले आफ्नै निजि लगानी, मेहनत र चाखमा केहि चेपाङ युवाको सहयोगमा संग्राहलयका वस्तुहरुको खोजिगरि चेपाङ केन्द्रमा सुरक्षित गरेर राखेका थिए ।

IMG_0066 - Copy

संग्राहलयमा चेपाङहरुले लगाउने पहिरन, माछा र चमेरा लगायतका जिवहरु मार्ने कला र साधन, चेपाङहरुको दैनिक जिवनका अन्य महत्वपूर्ण भाँडाकुँडा छन् । सौराहा चोकमा भएको गैंडाको मूर्तीकै अगाडि माथिल्लो तल्लामा यो संग्राहलय छ ।

तपाइँको प्रतिक्रिया