अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्की तथा आयुक्त पाठक विरुद्ध महाअभियोग लगाउनुपर्ने १२ कारण

lokmansingh-karkiअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा आयुक्त राजनारायण पाठक विरुद्ध महाअभियोग लगाउनुपर्ने १२ कारणहरु (प्रमाण सहित)

संविधानको धारा १०१ को उपधारा २ अनुसार संवैधानिक निकायका पदाधिकारी समेतलाई ५ मध्ये कुनै १ अवस्थामा महाभियोग लाग्न सक्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)‍‌ का प्रमुख आयुक्त श्री लाकमान सिंह कार्की तथा आयुक्त राजनारायण पाठकका कार्य सम्पादन तथा आचरणले गर्दा निज विरुद्ध महाभियोग लगाउनको लागि ५ ओटै अवस्था विद्यमान रहेको हाम्रो ठहर छ । ती अवस्था लगायतका एक दर्जन आधारहरु निम्न लिखित रहेका छन् र विस्तृत प्रमाण पछिका पृष्ठहरुमा पेश गरिएका छन् :

१) कानूनको गम्भीर उल्लंघन गरेको (विस्तृतमा प्रमाण सहित दस्तावेजमा पढ्नुहोला)

-भ्रष्टाचार / अनियमितता संस्थागत गरेको
– अफ्नो कार्य क्षेत्र नाघेको
-कानून विशेषका उल्लंघन गरेको
-सर्वोच्च अदालतले दिएका आदेशहरुका वर्खिलाप हुने गरी आफ्नो कार्य जारी राखेकाे

२) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको

-संसदीय समितिहरुको मानमर्दन हुने गरी एक बाहेक अरु समितिले बोलाए पनि नजाने घोषणा गरेको
– संसदको सुशासन तथा अनुगमन समितिले सोधपुछका लागि बोलाउँदा स्वास्थ्यको वहाना पारी नगएको , तर त्यसका लगत्तै अरु सार्वजनिक कार्यक्रममा उपस्थित भएको
-बिभिन्न बहानामा सर्वोच्च अदालतकै म्याद नबुझी अटेर गरेको

३) आचार संहिताको गम्भीर उल्लंघन गरेको

आफै संलग्न बैठकबाट एक पक्षको भौतिक सम्पति हड़पेर अर्को पक्षलाई दिलाइदिने काम गरेको

४ ) खराब आचरण भएको

सर्वोच्च अदालतले समेत प्रतिशाधपूर्वक काम गरेका भन्ने फैसला गरेकाे

(फैसलाको पूर्ण पाठ)

सामाजिक सञ्जालमा फलोअर्स किनेर नक्कली लोकप्रियता प्रदर्शित गरेको, कर्मचारीहरुलाई पत्र नै लेखी फेसबुकमा लाईक, सकारात्मक कमेन्ट गर्न निर्देशन दिएको

५) कार्यक्षमताको अभाव

संसदीय समितिले प्रमाणसहित कारवाहीका लागि पठाएका मुद्दा नियतवश तामेलीमा राखेको
लोकमान सिंह कार्कीले अदुअआ को नेतृत्व सम्हालेसँगै नेपाल ट्रांसपरेंसी इन्टरनेशनलको करप्शन पर्सेप्सन इंडेक्स Corruption Perception Index मा निरन्तर खस्किंदै गएको (२०१३ पद बहाली हुदाँ ११६ वौँ स्थानबाट खस्केर २०१५ मा १३० मा पुगेको) छ।

थप अभियोगहरु

६) अख्तियार अयुक्त हुनको लागि आवश्यक न्यूनतम योग्यता नपुगेको र नियुक्तिमा त्रुटि
७) राज्यका अन्य अंगमा नाजायज हस्तक्षेप गरी समानान्तर सत्ताको अभ्यास गरेको
८) प्रतिशोध र पूर्वाग्रहपूर्वक कारवाही गरेको
९) मानव अधिकारको हनन गरेको
१०) फरक मत राख्नेको चरित्र हत्या गरेको
११) कर्मचारीतन्त्रमा नाजायज हस्तक्षेप र ब्ल्याकमेल गरेको
१२) आफ्नो वास्तविक काम नगरेको/ असक्षम बनेको

(स्रोत -इमेल बहसमा फेला परेको)

तपाइँको प्रतिक्रिया