एन आर एन सम्मेलन : दुतावासलाई दबाब दिँदा नेपालीको बेइज्जत, केहि उपलब्धि

anuja-gautam

एन आर एन ए (गैह्र आवाशिय नेपाली संघ) को क्षेत्रिय सम्मेलन डेनमार्कमा भैरहेको छ । कार्यक्रममा केहि राम्रा कामपनि भए, समाजसेवीलाई सहयोग । बिदेशी पाहुनाकाबिचमा भने नेपालको बेईज्जत हुने काम गरे, बेथिति, कमजोर व्यवस्थापन र नेपालीको जाँडपानी र होहल्लाका कारण । डेनमार्कको पाँच तारे हिल टन होटेलमा नेपालीले जाँड रक्सी खाएर होहल्ला भएको, आफ्ना अन्य पाहुनालाई दखल पुगेको भन्दा होटेलले एन अर एन को ब्यवस्थापन पक्षलाई त्यसो नगर्न चेतावनी दियो ।

होटेल हिल टनको हलमा कार्यक्रम थियो । पाँच तारे होटेलका नियमहरु हुन्छन् । बाहिरबाट जाँडपानी ल्याएर, कफी र चिया ओसारेर पिउने र होहल्ला गर्न पाइन्न । तर नेपाल र नेपालीकालागि गर्ने भनेर सम्मेलन सफल पार्न गएकाले त्यो बुझेनन् । बाहिरका कफी शप र पसलबाट कफी र जाँड रक्सी बोकेर पाँच तारे होटेल छिरे । पिए र होहल्ला गरे । पाँच तारे होटेलको हल लिने, हल र कुर्सी मात्रै प्रयोग गरेर पानी र चिया पनि बाहिरबाट ल्याए पछि कुन चाहीं होटेलले पुजा गरेर बस्छ ? होटेल पक्षले आफ्ना अन्य पाहुनाहरुलाई दखल पुगेको भन्दै बिरोध जनायो ।

नेपाली राजदुत निवासमा आयोजित रात्रि भोजमा त झन नेपालकै बेईज्जति भयो । राजदूत निवासमा नेपालप्रेमी डेनिस नागरिक, पूर्व राजदूतहरुलाई निम्तो गरिएको थियो, छ बजे डिनर भन्दै । तर एन आर एनको फूटबल कार्यक्रमका बारेमा यति लामो भाषण गयो की कार्यक्रम लम्बियो । भाषण सुन्दासुन्दा वाक्क हुन्जेलसम्मपनि माईक छोडेनन् । कार्यवाहक राजदूत उतै अल्झिए । यता दुतावासमा बोलाइएका बिदेशी पाहुनाहरु दुतावास पुग्दा स्वागत गर्ने कोहि भएन । छ बजे डिनरका लागि बोलाइएका डेनिसहरुले आठ बजेसम्मपनि कोहि आएर स्वाग्त सत्कार नगरेपछि कता जाने, के गर्ने भन्दै ट्वाल्ल परेर यताउति गरिरहे । नेपालीहरुलाई अचम्मसित हेर्दै केहि डेनिस पानीपनि नपिईकनै बाहिरिए ।

आठ बजेबाट भोकाएका विशिष्ट श्रेणीका भनिनेहरु आउन थाले । अनि कोठामा खचाखच भरिए । त्यसपछि बस्ने ठाउँपनि पुगेन । राजदूतले आयोजना गरेको डिनर भोजमै खाना पर्याप्त भएन । खाना खानेहरुलाई कागजको प्लेटपनि पुगेन । सहभागि अधा जतिले खाना खाएपछि खाना सकियो । फेरि खाना पकाउन थाले । खानेले खाइहाले । बाँकीले एकघण्टा कुरेपछि खाना आयो । खान गएकाहरुलाई भनियो, कागजका प्लेट पनि सकियो । खाना अलिकति बाँकी थियो । भान्सामा सेरामिकका प्लेट खोज्न गए । एउटा पनि भेटिएन । नेपालीहरुले टिप्पणी गरे ‘महिनाको चालिस हजार क्रोनर भाडा तिरेको घरमा अरू सबै चिज छ, प्लेट छैन ।’ एन आर एन वालाका अघि पछि लागेर फूलबुट्टा भरिभरि समाचार लेखेका थिए केहि पत्रकारले । भोकाएका ति पत्रकारहरुले तरकारी खाने कचौरामा भात खाए, प्लेटको अभावमा । त्यसपछि कचौरापनि रित्तै रह्यो किन कि त्यो खाना पनि सकियो । अन्तिममा १५ जना जति भोकै भए ।

जबरजस्ती लगभग सय जनालाइ भोज ख्वाउनै पर्छ भनेर कार्यवाहक राजदूतलाइ दिइएको दवावको नतिजा थियो त्यो । किनभने एन आर एन ए का पधाधिकारीहरुले राजदूतलाई सय जनालाई खाना खुवाउनै पर्छ भनेर जबर्जस्ति दबाब दिएका थिए । नेपालको बेइज्जत हुँदापनि स्थानिय एनअरएन डेनमार्कले त ‘गजब भयो, यतिसम्म गरियो, यो अफैमा धेरै हो’ भन्दै गए । एन आर एन युरोपका पूर्व सह संयोजक सोम सापकोटा भन्दै थिए ‘देशकालागि अरबौंको लगानी भित्र्याउने महानुभावहरूको स्वागतका लागि भनिएको दवावमूलक भोज रितो भाँडा र कचौरामा दाल खाएर भव्य सम्मानजनक भयो ।’ तर सोम सापकोटाले भने आफूले यस्तो नभनेको प्रतिक्रिया दिएका छन् । 

उता फाइब स्टार भित्र, नेपाली रेस्टुरेन्टको क्याटरिंग कफि उमाल्ने १० लिटरको थरमस थियो । कफि प्लास्टिकको गिलासमा दिएका थिए । त्यो लिनपनि घण्टा कुरे । एक कप बल्लबल्ल पिएर चारसय क्रोनर बुझाएर सहभागिहरु हिँडे । खानाको कहानी डिनरमा मात्रै होइन । लन्चमा पनि खाना नपुगेर केहि त्यसै फर्किएका थिए । ‘प्रवेश शुल्क एक सय डलर तिर्नुपर्ने केका लागि हो ? ब्यवस्थापनकालागि होइन ?’ केहि जंगिँदै निस्किएका थिए ।

होटेल भित्र हिजो साँझको डिनर खानका लागि ८ बजे बल्ल नेपाली रेस्टुरेन्टका तिनथरी फरकफरक साझेदारहरूको ठेला भित्र ठेलिँदै थियो । भोकाएका सहभागीहरू खचाखच भए । ‘म बरू मै भोकै जान्छु, कुनै एक पाहुनालाइ खान पुगोस्’ भन्दै केहि नेपाली निस्किए । ‘आज देखि त म एनअरएन हुँ भन्न पनि लाज लाग्ने बनाए गाँठे । अब त म मात्र एक नेपाली ।’ सहभागि एक नेपालीले भने ।

अन्य कुरा उनै बासी हुन् बिगतमा जस्तै । अनुशासनहिनता र अमर्यादित टाइसूट लगाउनेहरूको भेटघाट, भलाकुसारी, व्यापार विजनेसका बढाइचढाइ धेरै भए । उधारोमा यति र उति चन्दा, सहयोग भन्नेहरूले २७ हजार २०० डलरको सहयोगको विज्ञापन गरेका छन्, उठ्ने नउठ्ने टुंगो छैन ।एकजना दृष्टिविहिन बालिका अनूजा गाैतमको प्रस्तुतिले ले टाइसूट लगाएका, अनुशासनहिन, हलमा गलगल गरिरहेका डांग्रे जस्तालाई समसान घाट जस्तै बनाइन् । मन छुने अभिब्यक्ति दिएर । सारा माहाेल स्तब्ध र अाँसू पुछापुछ भयो । उनी लाइफटाइम एनअारएन अपांग राजदूत घोषित गरिइन् । त्यस्तै, २३ वर्षिया आइन वार्सा नामकी स्पेनिस युवतीले नेपालको मकवानपुर जिल्लाका अशिक्षित र बाउ आमाबाट बञ्चित वालवालिका पढाउने, पाल्ने काम गर्छिन् । ति वार्सालाई एन आर एनका हस्ति मिलेर १३ लाख रुपियाँ दिए । दुइ राम्रा काम भए । शेष घलेको संवोधनलेपनि धेरैको मन जित्यो ।

दुई दिने सम्मेलन आज सकिन्छ । आज के के पाक्छ हेर्दै गर्नुहोला नेपालप्लस । त्यसको अर्को रिपोर्ट आउने छ ।

तपाइँको प्रतिक्रिया