युरोपकै सबैभन्दा अग्लो शिखरमा नेपालको झण्डासहित नेपाली चेली (फोटैफोटो)
युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँको चुचुरो टेकेकी छन्, एक नेपाली चेलीले । दुई दिन लगाएर नेपाली चेली मनिकला राई चुचुरोमा पुगेकि हुन् । उनले मो ब्लँको चुचुरोमा नेपाली झण्डापनि फहराएकि थिईन । हिजो जुलाई २७ का दिन उनी चुचुरोमा पुगेकि हुन् ।
मो ब्लँ स्पोर्ट्स टिमको तर्फबाट उनी यो आरोहणमा गएकि हुन् । उनी सहित भिटल सेभरिन र पेट्रिक पिनेललेपनि एकसाथ मो ब्लँको आरोहण गरेका छन् ।
सोलुखुम्बुकी मनिकला राई अन्तर्राष्ट्रिय स्तरकी धावकपनि हुन् । उनले खासगरि हिमालका गोरेटाहरुमा प्रतिस्पर्धा गर्छिन् । नेपालीहरुले उति चर्चा नगरेपनि उनलाई अनतर्राष्ट्रिय स्तरका माउन्टेन रनर (हिमालमा दौडिने) हरुले चिन्छन् । उनले युरोपका यस्ता प्रतिस्पर्धामा धेरै पटक सफलता पाइसकेकि छन् । यो हिमालको उचाई चार हजार आठ सय नौ मिटर छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक














