सुनाए पुष्कर शाहले पेरिसमा अनुभव (फोटो फिचर)

nepalcyclist-pushkar-shah-nepalplus-8-jpg.jpg

विश्व साईकलयात्री पुष्कर शाहसँग अन्तत छलफल गरियो पेरिसको नेपाली रेस्टुरेन्ट साभ दिमालया भन्नेमा। हामी पुष्करजी र म बेलुका ५ बजे ठ्याक्क पुग्दा थुप्रै साथी र जिज्ञासुहरु पर्खेर बसेका रहेछन उनलाई। पुष्करजीसँग दिनभरी प्रेस र उहाँको भ्रमणबारे अन्य काम गरियो। अनी म कार्यक्रमस्थलतिर मेट्रोमा लागे। उनी ठ्याक्कै यात्रामा जसरी हिड्छन त्यसैगरि साईकलमा लागे कार्यक्रमस्थलतिर। म पुग्दा साथीहरुले सोधीहाले-खोइ पुष्करजी ?  

nepalcyclist-pushkar-shah-nepalplus-10-jpg.jpg

केही बेरपछि पुष्करजी आउनासाथ शुरु भयो फोटो खिच्ने क्रम। थरी थरीका फोटो खिचे त्यहाँ जिज्ञासुहरुले। कोही साथी त अब यो साईकलमा चढेर विश्व भ्रमणम निस्केको मै हुँ भन्दै हिडौ कि केहो समेत भनेर हाँस्दै थिए। उहाको साईकलमा चढेर पालैपालो फोटो खिचे कोही साथीहरुले। केही नेपाली र फ्रान्सेलीहरु त निकै टाढबाटसमेत आएका रहेछन।

nepalcyclist-pushkar-shah-nepalplus-44-jpg.jpg

त्यसपछि एन आरएनका साथीहरु आईपुगे। एन आरएनको यूवा समीतिले उहाँलाई स्वागत गर्‍यो। एकाध मन्तब्यपछि पुष्कर शाहले आफ्ना कुरा राख्न थाले। छलफल सकिएपछि गोरखाका रन्जन लगाएतका भाइहरुले गीत सुनाउन थाले। पुष्करजी झन के को कम ? उनीपनि दोहोरी खेलेझै गरे केहिबेर।

nepalcyclist-pushkar-shah-nepalplus-18-jpg.jpg

त्यो सबै यहाँ राखेर संभवै छैन अहिले। म छोटो ब्लग राख्छु। र उनीसित खिचिएका सबै तस्बिरपनि। मैले हिजै भनिसके कि अबबाट पुष्कर शाहका दैनिकीहरु यहाँ लगातार राखिनेछन। उनले मसित वाचाझै गरेका छन म नेपालप्लसलाई लगातार आफ्ना दैनिकी पठाउँछु भनेर। आएन भने उहाँलाई झक्झकाउने काम तपाईहरुको । दिएरपनि छापिएन भने चाहि गाली गर्ने नेपालप्लसलाई।

उनको यात्रा कति रोमाचक, कति कठिन, कति कष्टपूर्ण रहेछ भन्ने कुरा उनका हरेक देशका गाउँमाnepalcyclist-pushkar-shah-nepalplus-46-jpg.jpg

पुगेका, क्यामरादेखि साईकलसम्म चोरी भएका, उँट चढेको छुट्टै पैसा, त्यो उँट हेरेको छुट्टै पैसा अनी त्यसलाई हिडाएको छुट्टै पैसा लिएर ठगेका, जंगलमा एक्लै लौ आजै रहेछ क्यार जिवन भन्ने सोच्दै रातभर जाग्रम बसेका, कतै पाँच तारे होटेलमा बसेका त कतै सुन्तलाका बोक्राले पेट धानेका, कतै कुटाइ खानु परेका बयानले अचम्मै पार्थ्यो।  

nepalcyclist-pushkar-shah-nepalplus-21-jpg.jpg

साइकलको कथापनि गज्जबकै रहेछ। उनले अहिले चढिरहेको साईकल नेपाली २४२५ हजारजति पर्ने रहेछ। उनको यो तेस्रो साईकल रहेछ। दोस्रो साईकल न्युजिल्याण्डमा चोरी भएछ। चाबी नलगाई छोड्ने रहेछन उनले साईकलपनि। किनभने त्यति गह्रुँगो साईकल जो पायो उसले चलाउनै नसक्ने रहेछ। त्यसले गर्दापनि साईकल हत्तपत्त चोरी हुन्न भन्ने कुरामा उनी ढुक्क रहेछन। मैले उनलाई चाबी लगाए हुन्छ नी भन्दा उनले त मलाई गज्जबको जवाफ फर्काए-चाबी साधुकालागि लगाउने हो चोरका लागि होइन। चोरले त चाबी फोरेर काटेर वा जसरिपनि लगिहाल्छ नी” । 

nepalcyclist-pushkar-shah-nepalplus-22-jpg.jpg

उनले संग्राहलय वा यस्तै कतै जाँदा “आ यत्रो भारी सहितको साईकल कसले चोर्ला र ” भन्दै बाहिर छोडेछन। निस्कदा साईकल छैन। साईकलमा उनलाई चाहिने यात्रा सामाग्रीहरु सहित गर्दा ५० किलो हुने रहेछ। साईकल चोरी भएको खबर त्यहाँका पत्रपत्रीकाहरुमा छापिएछ। त्यो देखेपछि प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले उनलाई फोन गरेर बोलाएछन घरमा। कफीसफी खाएपछि हिलारीले उनलाई बाँकि यात्राकालागि साईकल किनिदिएछन। अहिले उनले चढ्ने गरेको साईकल उनै हिलारीले किनिदिएको रहेछ।  nepalcyclist-pushkar-shah-nepalplus-24-jpg.jpg

आफ्नो यात्रा वर्णका क्रममा त्यो क्षणको ब्याख्या गर्दा पुष्करजी अली भावुक भएका थिए। “हिलारी जस्तो विशाल व्यक्तिको देशमा मेरो साईकल चोरी हुँदा मलाई एकातिर नमजा लाग्यो, अर्को तिर त्यही कारणले गर्दा मैले हिलारीलाई भेट्न पाएँ” उनी भन्दै थिए” अहिले त्यो विशाल ह्रिदय र अथाह माया भएको मानिस सधैका लागि गएपनि उनी हरेक दिन म सँगै छन ।  किनभने उनको मायाले मेरो भवनामा छोएको साईकल चढेर म प्रदेशका गल्ली गल्ली दौडिरहेको छु । गाउँका गाउँ छिचोलीरहेको छु । खोला र नाला पार गरिरहेको छु। निर्जन वस्तिहरु छिचोलीरहेको छु।”। अब बाँकी उनैको दैनिकीका रुपमा बिस्तारै हेर्नुहोला-नेपालप्लस।  कार्यक्रममा खिचिएका सबै तस्बिर राख्ने बिचार गरेको थिएँ तर अहिले फाईल बनाउनै सकिन। केहीबेरपछि हेर्नु होला। बाँकी ५१ वटा तस्बिरहरु यहाँ राखिएका छन। फोटो भण्डारमा गएर साना तस्बिरमा क्लिक गर्नु भयो भने ठुलो पारेर हेर्न सकिन्छ।

तपाइँको प्रतिक्रिया