डाँडाकाँडा पर्यटक छर्ने स्विसहरुको अक्किल

thumb_IMG_0006_1024

बिहानै श्याम सापकोटाले खबर पठाए, ‘आज तपाईलाई म मोटर साईकलमा घुमाउन लैजान्छु । स्विजल्याण्डको पहाडबाट जेनेभा शहर र लेमेन तालको सुन्दर द्रिष्य देखिन्छ ।’ एकैछिनमा उनले मोटरसाईकलमा दगुराए । जेनेभा शहरका भित्रि गल्ति छिचोल्दै । तालका किनारबाट सर्प जसरि बटारिएका, फन्केका सडक हुँदै उनले मोटर साईकलको कान बटार्दा ८० किमीको गातिमा थियो । उनी उता मोटरसाईकलो कान बटार्थे, म मेरा कान छाम्थें, डरले । 

thumb_IMG_0005_1024

लेमेन लेकका किनारबाट स्विसहरुले गाडी गुड्ने चिल्ला सडक बनाएका छन् । त्यस्तो डाँडामा कसरि दर्जन भन्दापनि बढि डिब्बा भएका रेल दगुरेका ? हाम्रातिर दगुर्ने बस जस्ता त ति रेलका एउटै डिब्बा । त्यो घुमाउरो लिकमा कसरि त्यति लामो रेल दगुर्छ ?

SWISS VILLAGE

 

रेलपनि कति अचम्मको ? फराकिला सिट । ति सिटमा बस्दा आफ्नै लुगाको मैलो टाँस्सिन्छ की जस्तो । रेल भित्रै ठाउँ ठाउँमै चर्पी । यस्सो हात लगेपछि पानी गुरुरु खस्छ । साबुन त्यहिँ छ । कागज त्यहिँ भित्र छ । बटम प्याच्च पारिदिएपछि त्यो चर्पीको फोहोर कता लैजान्छ कता । मान्छे बस्ने सिटमा कोट झुण्ड्याउने ह्याङ्गरपनि छ । लेख्न मन् लागे सानो टेबलपनि सिटमै जोडिएको छ । फोन र क्यामराका ब्याट्रि चार्ज गर्न मन लागे सिटमै छ । भोक र तिर्खा लागे स्विस रेलमा ‘बार’ छ । त्यो बारसम्म पुग्ने कस्टपनि नहोस् यात्रुलाई भनेर ति गुड्काउनेमा टन्न खाना र पेय पदार्थ लिएर आउँछन् सोध्दै ‘केहि चाहिन्थ्यो की ?’

thumb_IMG_0012_1024

युरोपका अन्य देशमा जस्तो सडक फराकिलो छैन, स्विजरल्याण्डमा । तर साना सडकमा तिनले मोटरसाईकल, साईकल गुडाउनसमेत ब्यवस्था गरिदिएका छन् । यहाँबाट बाँकटे परेका, खेतका पाटापाटा परेका गह्राहरु तालको किनारसम्म छर्लङ्गै देखिन्छ । सफा निलो कन्चन पानी । त्यसबाट पर फ्रान्सका हरिया डाँडा, ति डाँडासित चिपिक्क टाँस्सिएर खडा भएका सेता हिमाल । यि गह्रा, ति सेता हिमाल, हाम्रो फेवा ताल जस्तो लेमेन ताल । त्यसैले स्विजरल्याण्ड झट्ट हेर्दा नेपाल जस्तो लाग्ने गरेको हो ।

thumb_IMG_0004_1024

वागलुङबाट चितवनको भरतपुर हुँदै स्विजरल्याण्डको जेनेभा बस्ने श्याम सापकोटा स्थानिय भाषामा पारंगत छन् । यि डाँडाडाँडै मोटरसाईकल हुइँक्याएर स्विजरल्याण्डका कुना कुना चहार्ने उनको सोख छ । त्यहि सोखले तानेर उनले मलाईपनि डाँडातिर लगेका हुन् । तर नेपालमा जस्तो यहाँ त्रसित हुनु पर्दैन, यि डाँडामा सयको गतिमा मोटरसाईकल हुइँक्याउँदापनि । यहाँका नागरिक हत्तपत्त स्वारी चालक नियम उल्लंघन गर्दैनन् । सबैले ति नियम मानिदिएपछि दूर्घटनाको जोखिमपनि झर्दै जान्छ । श्यामलाई यो देशको भाषा, संस्क्रिति, सभ्यता र स्विसहरुको विकासका अनेक अक्किल देखेरै बुझ्ने रहरपनि छ । कसरि स्विजरल्याण्डले आफ्नो देशमा भित्रिने पर्यटकहरुलाई देशका डाँडाकाँडासम्म छर्छ ? स्विसहरुको पर्यटकलाई चौतर्फी छरिदिने बडो गज्जबको जुक्ति छ ।

thumb_IMG_0055_1024

जेनेभा तालको किनार हुँदै उनले पहाड उकालेर सेर्ग भन्ने गाउँमा पुर्‍याए । गाउँ भएकाले रहेछ, यताका सरकारी कार्यालय र हुलाकपनि विहान खुल्ने, मध्यदिनमा बन्द हुने र अपरान्हमा फेरि खुल्दा रहेछन् । सेर्ग पुग्दा हामीलाई अचम्म लाग्यो, वरिपरि यति धेरै रेस्टुरा, होटेल, लज, पसल छन् । तर ग्राहक कोहि देखिन्न । कसरि चल्छ यहाँको व्यापार ?

दिनको दुई बजेतिर त हाम्रो उत्सुकता मेटियो । कताबाट सोहोरिए कताबाट मान्छेहरु । हामीले बिहान देखेका ति होटेल, रेस्टुरेन्ट र बारहरु त खचाखच पो देखिए । श्याम रम कफी खान पुगेको रेस्टुरेन्टमा हामीले कफी लिनपनि कुर्नुपर्‍यो ।

thumb_IMG_0002_1024

पर्यटक तान्ने उनीहरुको अक्किल र ज्ञान के हो भने उनीहरु आफ्नै स्विस शैलीमा घर, होटेल, रेस्टुरेन्ट बनाउँछन् । गाउँ र डाँडा पाखामा आलिशान महल बनाएर पर्टक तान्न सकिन्न । त्यसले स्विसहरुको आफ्नोपनपनि दिँदैन । गाउँका गल्ली छिचोल्ने पर्यटकका आँखाले महल होइन स्विस शैलीनै चाख्न खोज्छन् । त्यसैले स्विसहरुको घर हो की पसल र रेस्टुरेन्ट छुट्ट्याउनपनि नजिकै पुग्नुपर्छ ।
thumb_IMG_0055_1024

पर्यटकहरुलाइ सफा चाहिन्छ । गाउँ गाउँमा पुग्न यातायातको सहज सुविधा हुनुपर्छ । साईकलमा रमाउनेका लागि साईकल गुडाएरै पुगिने, रेल र बसमा जानेका लागिपनि सहज हुने । स्विसहरुले यो सबै ब्यवस्था गरिदिएका छन् । विविधता भएमा विविध चाख भएका पर्यटक तान्न सकिन्छ भन्ने स्विसहरुले राम्रो बुझेका छन् । पर्यटककालागि चाहिने सूचना केन्द्र, आफ्नो स्थानिय क्षेत्रको सबै जानकारि, सहज तरिकाले कसरि घुम्न सकिन्छ भन्ने ब्याख्या । कहाँ, कुन बेला, कुन याममा के पाइन्छ र कसरि आनन्द लिने ? स्विसहरुको साना साना गाउँमा पुग्दापनि कतै अल्मलिनुपर्दैन ।
thumb_IMG_0032_1024 copy

 

 

thumb_IMG_0141_1024

श्यामले सेर्ग भन्ने सानो गाउँ पुर्‍याए । यो गाउँबाट स्विजरल्याण्डका भिराला गह्राहरु देखिने । परका वस्ति, लेमेन ताल छिचोलेर फ्रान्सको नियों गाउँ र हिमाल सम्म छर्लङ्गै देखिने । वल्लोछेउदेखि पल्लो छेउसम्म देखिने मनमोहक द्रिष्य हेर्न पर्यटकहरु यहाँ पुग्छन् । गर्मी याममा देखिने यो द्रिष्य जाडो याममा पुरै सेताम्मे देखिन्छ । हिउँनै हिउँको महादेश जस्तो । यो फरक द्रिष्य हेर्नपनि पर्यटकहरु पुग्छन् । स्विस सरकारले गर्मी र जाडोका लागि भिन्नै पर्यटन निति, पर्यटक लोभ्याउने सेवा र सुबिधाहरु बनाएको छ । जाडो याममा यि पहाडहरु हिउँले ढाक्दा तल वस्तिबाट केवलकारमा फुत्त डाँडामा पुग्छन् । त्यहाँबाट पिर्कामा चिप्लिँदै तलसम्म झरेर खेल्छन् । यसो गर्दा स्विसका गाउँहरुमा आर्थिक कमाई दह्रो हुन्छ, बाह्रै महिना बाह्रैकाल ।  अक्किल र सुविधा दिन सके जुनैपनि याममा पर्यटकलाई लोभ्याएर दाम कमाउन सकिन्छ भन्ने उदाहरण स्विसहरुले गज्जबले देखाएका छन् ।

तपाइँको प्रतिक्रिया