जनवादी क्रान्तिको बाटो त्यागेका मन्त्रिले पत्ता लगाए क्रिषी क्रान्तिको नयाँ अक्किल

Haribol-Gajurel-Asar-15-1

जनवादी क्रान्ति गर्छौं भनेर दश वर्षसम्म जनयुद्द लडेका माओवादी मन्त्रीले जनवादी क्रान्तिको बाटो त त्यागे । तर उनले छिटो, सजिलो र सहज तरिकाले क्रिषी क्रान्ति गर्ने बाटो पत्ता लगाएका छन् । जनता खेत खेलमा हलो, गोरु, कोदालो र धानसित हिलाम्मे बनिरहेका बेला माओवादी केन्द्रका तर्फबाट क्रिषी मन्त्रि बनेका हरिबोल गजुरेल भने कोटमा चट्ट सजिएर गमलामा धान रोप्दै क्रिषी क्रान्तिको नयाँ अक्किल देखाइरहेका छन् । धान रोप्दा उनले करुवाबाट पानी खन्याएर सिँचाईको नयाँ तरिकापनि देखाए ।

आज असार पन्धको दिन । मुठी रोपे मुरी फल्छ भन्ने भनाई छ । त्यसैले आज सकेसम्म धेरै रोपाई गर्ने चलन छ । किसानहरु खेत खेतमा छन् । हिलोमा लुछुप्प भिजेका छन् । दश वर्षसम्म गाउँ गाउँ जनताको दुख सुखमा साथ दिन भन्दै हिँडेका भनिएका हरिबोल गजुरेल भने क्रिषी मन्त्री बनेपछि असार १५ कै दिन कोट र टाईमा सजिएर मन्त्रालय भित्रै गमलामा धान रोप्छन् ।

उनी क्रिषी प्रधान देशमा क्रिषीको विशेष महत्व बोकेको दिनमापनि मन्त्रालय छोड्न सकेनन् । जनताका बिचमा गएर धान रोप्न सकेनन् । हिलोमा लत्पतिन चाहेनन् । हजारौं, लाखौं जनतालाई जनवादी क्रान्तिको नारा घोटाए, देशमा जनवाद ल्याएर स्वर्ग जस्तो मुलुक बनाउने सपना बाँडेका उनलाई अब जनताको घर दैलो पुग्ने आवश्यकतापनि छैन । बाँडेका सपना तुहाएका माओवादी केन्द्रका नेतालाई जनताका घरमा जाने नैतिकता र आँटपनि सायद नभएर होला उनी मन्त्रालयभित्रै सिमित बनेको ।

13521910_10154472763412044_4849353345908610793_n

क्रिषी मन्त्रीले  गमलामा क्रिषी क्रान्ति गरेपनि नेपालका जनताले भने देशैभरि असार पन्ध खेतमै गएर मनाए । हिलो छ्ह्यापेर, बाउसे बनेर, हलो र कोदालो चलाएरै गरे । देशका विभिन्न ठाउँमा पर्वकै रुपमा धुमधामले मनाए ।

13510836_10154472760422044_3248471530325431463_n

13501793_10154472760087044_5082735233505950719_n

चितवनको सौराहामा त हात्ती सहितको पन्चे बजा बजाएरपनि मनाए । असार १५ लाई पर्यटकिय आकर्षण दिने तरिकाले रोपाई गरेर सौराहाका पर्य्टन व्यवशायी र स्थानिय क्रिषकहरु मिलेर मनाए ।

(तस्विरहरु देवेन्द्र कुमार श्रेष्ठक्को फेसबूकबाट लिएको हो)

तपाइँको प्रतिक्रिया