मनाङ मुस्ताङजस्तै स्विजरल्याण्डको मेरिङ्गन

thumb_IMG_0007_1024 2 copy

जेनेभा तालहुँदै जान्छ रेल मेरिङ्गन र इन्टरलाकनतिर । यो तालबाट यस्सो पारीपट्टी हेर्दा पोखरा तालबाट पुम्दीभुम्दीतिरको गाउँ देखे जस्तो द्रिष्यले मन लोभ्याउँछ । कती मिलाएर बनाएका खेतबारी । स्विसहरु खेतबारीका कान्लापनि सजाउँछन् । बाख्रा चर्ने, भिर, गाईचराउने खेतपनि घरको छानाझैं मिलाएर काट्ने र चिटिक्क डेखाउने चलन स्विसहरुको छ ।

thumb_IMG_0018_1024 2 copy

बेर्न शहरबाट बिहानै हिँड्न खोज्यौं हामी, शिव र म । राज शर्माले ‘मपनि जान्छु इन्टरलाकन र मेरिङ्गन घुम्न मन लाग्या छ’ भने । केहिबेर राजलाई पर्खियौं । अघिल्लो दिन राजले हामीलाई बडो आतिथ्यता दिएका थिए । साँझ न्रित्य सिकाए । मन छुने न्रित्य देखाएर झण्डै झण्डै रुने बनाए । हामी लाग्यौं मेरिङगनतिर ।

thumb_IMG_0023_1024 2 copy

बेर्न शहरबाट मेरिङगन जाँदा देखिने ताल मर्स्याङ्गी जस्तो । कन्ञ्चन पानी, निलो रङको । हिमालका चुचुरा देखिने । खोंचमा भेडा चरेको द्रिष्य । तालका किनारमा गाइहरु डुक्र्‍याउँदै बसेका । हरिया डाँडा । रेलको लिकभन्दा मुन्तिर फेरि गाडीहरु कुदाउने सडक । रेल गुड्ने लिकमाथि पदयात्रीहरुलाई हिड्ने गोरेटो । तालको किनारकिनारै सयौं मानिस बोकेर दगुर्ने रेल । भिरभिरै रेलका डिब्बा मारुनीले कम्मर भाँचे जसरि हल्लिँदा कहाली लाग्थ्यो । ‘कतै यसले लिक छोडेर सिध्याउने हो की ?’ कुथुर भईयो । सन् १८९० मै यि डाँडामा स्विसहरुले रेल कुदाएका ? प्रविधीमा स्विसहरु कति पहिलेदेखिनै उच्च रहेछन् ।

thumb_IMG_0029_1024 2 copy

मेरिङ्गन झट्ट हेर्दा मनाङ जस्तो लाग्छ । साना साना घरहरु । थोरै जमिन भएकाले होला झुपुक्क छन् घरहरु । हिमालका चुचुरामा पातलिएको छ हिउँ । किनभने हिउँदले धकल्दै लगेको छ । पहाडका भित्तामा नेपालका जस्तै झरनाहरु खसेका छन् । त्यहि झरनाबाट झरेको पानीले विशाल ताल बनाएको छ । ति ताल भद्र गतिमा बहँदै फ्रन्सको रोन नदीसम्म गाह्रो नमानी मिसिन्छन् ।

thumb_IMG_0129_1024 copy

हिमालबाट झरेको पानी भएपनि निलो किन ? बरफ पग्लेको पानी त सेतो हुनुपर्ने । नेपालको हिमालबाट झर्नेपनि हिउँनै हो । तर उताबाट झर्ने पानी सेतो । त्यसैले हाम्रो नदीको पानीलाई हिमलय ह्वाईट हिमालयन वाटर भन्ने रहेछन्। यताको पानी सेतो नहुनाले । यताबाट झरेको पानी निलो किन ? केले यताको हिमालको पानीलाई निलो बनाउँछ ?

thumb_IMG_0036_1024 2 copy

यता जाने रेलहरु सबै पर्यटकले भरिएका हुन्छन् । यो पर्यटक लोभ्याउने थलो हो । यहाँ स्विस नागरिक भन्दा पर्यटकको संख्या बढि हुन्छ । हाम्रै मनाङ, मुस्ताङतिर जस्तै यताको डाँडामापनि गाइ, भेडा, बाख्रापालन छ स्विसहरुको । यताको चिज, दुध र दही स्विजरल्याण्डका मुख्य शहरहरुमा पुग्छ ।

thumb_IMG_0136_1024 copy

thumb_IMG_0209_1024 copy

हिउँदका बेला हरियालीको आकर्षण, तालको महमोहक द्रिष्य, स्विसहरुको आफ्नै परंपरागत खाना चाख्न र डाँडापाखा हेर्न आउँछन् पर्यटक । जाडोका बेला हिम चिप्लेटी खेल्नेको ताँती हुन्छ । यो डाँडामा स्विसहरुले हिम चिप्लेटीका स्टेशनहरु धेरै बनाइदिएका छन् । केवलकारले उचाईमा लगिदिन्छ । त्यसपछि कस्तो द्रिष्यमा, कति जोखिमपूर्ण ठाउँमा चिल्पेटी ख्ल्ने हो हिउँको त्यतै जाने गोरेटाहरु छन् । जाडोयाम र हिउँदमा कता गएपछि के देखिन्छ भन्ने उनीहरुले सबै जानकारि राखिदिएका छन् ।

thumb_IMG_0040_1024 2 copy

thumb_IMG_0129_1024 copy

मेरिङ्गनलाई वरिपरि सबैतिरबाट पहाडले घेरा हालेको छ । हाम्रा पहाडमा जस्तै वरिपरिबाट झरना खसेका छन् । हिमाल हाँसेका छन् । गाई बाख्राको चरनले नेपालको मनाङ मुस्ताङको तिर्खा मेटाउला जस्तो लाग्छ । मेरिङगनको झरनामा पुग्दा शिव रिजाल र राजशर्मालेपनि नेपाल संझिए । ‘ओहो यहाँ आएपछ्हि त सबै तनाब हटेजस्तो भयो । आनन्दको अनुभूती भयो’ शिवले यो झरना छोडेर हिँड्नै मानेनन् ।

thumb_IMG_0162_1024 copy

गायककार नवराज घिमिरेको घण्टी बज्यो फोनमा । उनी यहि मेरिङगनमा जागिरे छन् । वर्षौं भयो उनले यो क्षेत्रलाई कर्मथलो बनाएको । उनले अघिल्लो दिननै भेट्न निम्ता दिएका थिए ‘यतै बसौंला, मेरिङगन घुमौंला, घुमाउँला’ भन्दै । आफ्नो आपर्टमेन्टमा लगे घिमिरेले । भर्खरै निस्किएको उनको गिति एलबम ‘दौडान’ का केहि गित लगाए —

thumb_IMG_0182_1024 copy

नेपाल जाने धोको छ
गाउँघरको मायाले यो मन रोको छ

थाम्नै सकिएन र हामी नाच्न थाल्यौं । हामीलाई मात्रै होइन, उनको गिति एल्बमको यो गितले वर्षौं बिदेश बसेर नेपाल फर्किन नपाएका, नसकेका धेरै नेपालीलाई रुवाउँछ । बिदेशमा बस्ने नेपालीका जन्मभूमी छोड्नुपरेको दुख, पीडा, उकुसमुकुस चिन्ता, आँसुलाई टपक्क टिपेर उनले यो गित गाँसेका छन् । यो गित सुन्दा हरेक नेपाली आफैंले भोगेको महसुस गर्छ ।

निकैबेर नाच्यौं । झण्डै रेल छुट्ने बेला पो भएछ ।

तपाइँको प्रतिक्रिया