भारतीय प्रसिद्द कालकारदेखि स्विजरल्याण्डको पाँच तारे होटेलसम्मको यात्रामा एक नेपाली

13473713_10153738177803325_799066968_n

उनलाई कसैले चिन्दैन भन्दापनि हुन्छ । चिन्नुपर्ने करणपनि छैन । राज शर्माले आफैंलाइ चिनाउनुपर्ने कारणपनि छैन । किनभने भारतका ख्याती प्राप्त कलाकारले उनलाई चिनेका छन् । उनलाई नेपाली समाजले चिनोस्, नचिनोस सरोकारपनि छैन । नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा उनी परिचय लुकाएझैं कतै एक कुनामा लुसुक्क बस्छन् । उनलाई कसैका अगाडि टाइफाइँ गर्नुपनि छैन । उनले भारतीय कालाकारसित गरेको हिमचिम र निकटतापनि कसैसित खोल्दैनन् । तर उनी एक प्रतिभाशाली कलाकार हुन् । यो कलाकरिता उनले भारतका प्रसिद्द कलाकारहरुको देखेर, हेरेर र भोगेर सिकेका हुन् ।

राज शर्माले बिदेश गएका नेपालीका बाउ आमा नेपालमा कसरि बस्छन् । कुन पीडा सहन्छन् । कसरि भक्कानिन्छन् भन्ने देखाए । हामी शिव रिजाल र मलाई स्विजरल्याण्डको राजधानी बेर्न शहर बोलाएर उनले साँझ ब्रिद्दब्रिद्दाको हालतलाई अभिनयमा उतारे । एक ब्रिद्दले आफ्नो सन्तान वर्षौंदेखि बिदेश बसेर आफू एक्लो बस्दा कसरि भक्कानिन्छन् भन्ने आँसुनै झारेर देखाए । 

thumb_IMG_0039_1024

अर्जुन राम पाल, निर्देशक बिपुल शाह, बिक्रम भट्, साजित नड्यात्वालासित काम गरे । ढाई अक्षरप्रेमकी भन्ने हिट फिल्म, हरदिल जो प्यार करेगा, असम्भव, आँखे लगायतका फिल्म राज शर्माले देख्दा देख्दै बनेका हुन्, उनैका आँखै अगाडि । करिब पाँच वर्ष उनले भारतका प्रसिद्द कलाकारहरुसित काम गरे । निर्देशन कस्तो हुन्छ । कलाकारिता के हो ? कसरि कलाकारहरुले काम गर्छन् भन्ने देखे । एलन भन्ने फिल्म बनाउँदा इटाली, अष्ट्रिया र स्विजरल्याण्डमा सुटिङ भए ति फिल्म । शर्माले ति नजिकबाट नियाले । त्यहि क्रममा उनले कलाकारिता सिक्न पाए । चर्चित कालाकरहरुले आफ्नै सामुन्ने कला देखाएको देखेपछि उनले नसिक्ने कुरै भएन ।

thumb_IMG_0045_1024 copy

सन् २००४ मा उनी स्विजरल्याण्ड छिरेपछि उनले यसैलाई कर्म क्षेत्र बनाएका छन् । यता आएपछिपनि उनले निकै ठक्कर खाए । हरेक दुख, कठिनाई र ठक्करले आफूलाई जिवनमा जिउन सिकाएको उनको बुझाई छ । औपचारिक शिक्षा भन्दा अनुभवले खारिएका उनी यतिखेर पाँच तारे होटेलमा सेफ छन् ।

thumb_IMG_0046_1024

स्विजरल्याण्डमा पाँच तारे होटेलमा सेफ बन्नु चानचुने कुरो होइन । धेरैले त्यति माथिल्लो जिम्मेवारीमा पुग्ने साहसनै गर्दैनन् । वर्षौं दुख गरेर त्यो तहमा पुग्ने धैर्यतापनि धेरैको हुन्न । कामलाई असाध्यै आदर गर्ने उनी त्यहाँ पुगेपनि घमण्ड र अहमले छोएको छैन । आफूलाई सामान्य ब्यक्तिका रुपमा लिन्छन् । तर कसैले औपचारिक शिक्षा, महल, पहुँचका आधारमा उच्च देखाउन, हैकम देखाउन खोज्यो भने ठाडै प्रतिवाद गर्ने बानी छ ।

पाँच तारे होटेलका थरि थरीका परिकार । त्यसलाई पस्कने कला । दिने तरिका अचम्मको छ । यहाँ खाना खुवाउनु, दिनु भनेको कलासित गाँसिएको छ । खाना मिठो मात्रै भएर हुन्न हेर्दा सुन्दर, कला जस्तोपनि देखिनुपर्छ । खानाको मिठास आँखाको सुन्दर हेराईसितपनि जोडेर हेर्छन् स्विसहरु । राज शर्माले अन्तर्राष्ट्रिय स्तरमा पाक शिक्षाको स्तर, सजाउने कला र तरिकाबारे देखे, सिके र त्यसैलाई लागू गर्दै छन् ।

स्विजरल्याण्ड पर्यटन ब्यवस्थापनमा विश्वको एक अग्रणी मुलुक हो । यहाँ विश्वभरिका विध्यार्थी, ब्यवस्थापक र निति निर्माताहरु सिक्न आउँछन् । तिनले पाक शिक्षासित जोडिएका, अक्किल, कला र सिप सिकेर फर्किन्छन् । पाँच तारे होटेलका तिनकालागि अनुअभव लिने थलो हो ।

thumb_IMG_0045_1024 copy

कहिलेकाहिँ लाग्छ, यताको ब्यस्त जिवन भन्दा उताको कलाकारिताको सामिप्यता राम्रो थियो । कलाकारसित दिनदिनै नयाँ क्षेत्र हिँड्यो, नयाँ कुरा सिक्यो । नयाँ कलाकारहरुसित निकट बन्यो । आफन्तहरुसित नजिक भैरहन पाइने । दशैं, तिहार र पर्वहरु सँगै मनाएर दुख सुख साट्न पाइने । यताको जिवन त्यस्तो छैन । आफन्त छैनन् । आफन्तहरु सम्झिँदा सम्झिँदै टाढिए । आफू हुर्केको गाउँ घर बिरानो भयो । हेर्दा हेर्दै हुर्केका, आफैंले पानी हालेर सारेका कागतीका बोट र बेलौताका हाँगासम्मको सम्झनाले सताउँछ । तर जिवन भने जस्तो, सोचे जस्तो नहुने रैछ । अझ बिदेशमा पुग्ने नेपालीका बाउ आमाको हालत त झन नेपालमा दुखदायी, पीडादायी छ । छोराछोरी यता छन्, ति आफ्नै पीडा भोगेर, सहेर बस्छन् । उता बाउ आमा छोराछोरी सम्झेर एक्लो जिवन भक्कानिँदै बिताउँछन् । राज शर्माले हिजो फिल्ममा देखे, भोगे । आज आफैंले जिवनमा भोगिरहेका छन् ।

तपाइँको प्रतिक्रिया