कविता : सपनामा आइन् आमा
- दिल्लीराम अंमाई (अनाथ अंकल)
मलाई आँफैसँग बिरक्त्याएर
स्वार्थिहरुको मनोदशा चित्र
मनैमनले कोर्दै थिएँ ।
हिँजोका बासी प्यासहरु
मनोदैनिकिका पेजहरुमा
पिडाको कलमले कोर्दै थिएँ ।
तितो सपनाका बिच आमा आईन
बिपनाको जस्तै उज्यालोमा
हातले सुम्सुम्याइन ।
+++++++++++
स्वप्ना चेतको प्रकाशले
लम्पसार म निहुरिन खोजेँ
शिर पिडाले भारी भयो
कराएँ ‘आमा,आमा”
+++++++++
”आमा ममा त्यो उत्कंठा खोइ ?
हावा जस्तै हल्का तन किन भारी छ ?”
आमा रुँदै बोलिरहिन ……
”तेरो मनसँगै सपना छैन बाबु
बिचरणमा हराएको मन र सपना फर्कन दे
परीवेसले तँलाई लतारी सकेको छ
मनको इन्क्लाब अर्धमृत छ
अर्धमृत इन्क्लाबलाई बचाएर राख छोरा
इन्क्लाब खोसिन न दे !
मनले मात्र हैन चेतनाले ब्युँझी
परचक्रिको दासतालाई तोड ! ”
+++++++++++
आमा बोल्दै गइन ….
”भावना भन्दा माथि उठ् ,
सपनाको ताज्महल आँफै सजा ,
अब सुतेर सपनामात्र नदेख बाबु !
कर्मको स्वाद चाखेर हेर । ”
++++++++++++
सपनाको गोरेठो चिर्दै आमा आईन
मैलो पक्षौरिको सप्कोले
अत्यासले झरेका मेरा पिडा पुछिन
गर्धनको बोझ नउठाउँदै
बिपनाको उज्यालोमा बिलाइन ./






