डेनमार्कको म्याराथनमा राष्ट्रिय झण्डा उचाल्दै लिए नेपालीले भाग

1

डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथनमा सहभागिता जनाए । ४२.१५९ किलोमिटर दुरीको उक्त दौड मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा पुरा गरेका छन् ।

Danmark-nepali-marathon-2

रन फर नेपाल नारासहित टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिन उनीहरूलाई कोपन्हेगनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले सहयोग तथा समन्वय गरेको थियो ।

Danmark-nepali-marathon-4

यो डेनमार्कमा वार्षिक रुपमा आयोजना गरिने मध्यको महत्वपूर्ण म्याराथन हो । यस म्याराथनमा नेपालको सहभागिताले नेपाललाई विश्व समुदायबीच चिनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाली दूतावासका कार्यबहाक राजदूत रामकाजी खड्काले बताए भने रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथनमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रवर्धनमा सघाउने नेपाल पर्यटन बोर्डका मानार्थ जन प्रतिनिधि सोम सापकोटाले बताए । राष्ट्रको प्रतिनिधित्व गर्दै भाग लिन पाएको र आफ्नो सहभागिताले देशलाई विश्व समुदायबीच चिनाउन सहयोग पुगेकामा गौरव लागेको नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले बताएका थिए ।

Danmark-Nepali-Marathon-5

टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिएका मनोज र मेन्दोलाई हौसला बढाउन नेपाली दुताबास परिवर साथै लगायत अन्य नेपाली हरु शहर का बिभिन्न स्थान हुँदै समामन हुने स्थल सम्म पुगेका उपस्थित थिए ।

Danmark-Nepali-Marathon-6

कोपन्हेगनको आइल्याण्ड ब्रुगेबाट शुरु भई शहरको विभिन्न भाग हुदै पुनः प्रारम्भ स्थलमै पुगेर टुंगिने गरी रुट तय गरिएको उक्त म्याराथनमा ९१ देशका ९ हजार ३ सय ८० जना धावकले भाग लिएका थिए । उक्त दौडमा पचास हजार भन्दा बढि दर्शकहरु धावकहरुलाई हौसला प्रदान गर्न कार्यक्रम स्थलमा उपस्थित थिए ।

Danmark-Nepali-Marathon-7

Denmark-epali-marathon-3

यस वर्ष कोपन्हेगन म्याराथनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले ४२.१५९ किलोमिटरको दुरी सबैभन्दा कम २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पुरा गरेका छन् । धाबकलाई हौसलदिन समामन हुने स्थल सम्म पुगेका कार्यबाहाक राजुदुत रामकाजी खड्काले समामन धाबक दोय लाई समय के कती भन्दा पनि नेपालको सहभागिता महत्वपुर्ण भएकोले सहभगिहरु लाई धन्यबाध दिदै आगामीमा पनि अरु नेपालीहरु लागयत भाग लिन साथै यस्ता कामहरु नेपाली दुताबास सहयोगी भूमिका रहेने बिचारआ ब्यक्त गरे । नेपाल पर्यटन बोर्डका मानार्थ जन प्रतिनिधि सोम सापकोटालेसहभगिहरु लाई धन्यबाध दिदै निकत भबिश्यमै समन्धित निकाय सँग छलफल गरी नेपाल को पर्यटनप्रवर्धन तथा नेपाल लाई परिचित गराउने साथै बिनासकारी भुकम्प पछी नेपाल भ्रमणको लागि रहेको भ्रम चिर्ने साथै नेपाल घुम्न को लागी सेभ अनि उपयुक्त देस रहेको जानकारी दिने उदेस्य सहित कोपन्हेगनमा एभ्रेस्ट म्याराथुनको अयोजान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

(फोटोहरु सबै सोम सापकोटामार्फत प्राप्त भएका हुन् )

तपाइँको प्रतिक्रिया