नाकाबन्दिका बेला वनभित्र रामराज्य

12301648_543572062458422_1058508894467806197_n

भारतले नेपालमा आर्थिक नाकबन्दि लागायो । सारा नेपाली अप्ठेरोमा परे । साँझ बिहाउन पकाउने उपाय भएन, इन्धन नभएर । तर यहि मेसोमा धेरैले मौका छोपे । त्यसको नाजायज फाइदा लिए, आफ्नै देशमा । सारा देशको ध्यान एकातिर खिचिएका बेला तराईको वन सत्यानाश पार्न गिद्दे आँखाहरु केन्द्रित भए । इन्धन नभएकाले पकाउन गाह्रो साह्रो भो होला । त्यो बुझ्न सकिन्छ । तर त्यो खाँचो टार्न वनभरि आगो सल्काएर, सालका पोथ्राहरु सिध्याउनु पर्थेन । वन जोगाएर, कम क्षती पुर्‍याएर, सग्ला रुख र पोथ्राहरु जोगाएरपनि खाँचो टार्न सकिन्थ्यो । तर तत्कालको फाइदा हेर्ने र मौका छोप्नेले त्यो हेर्दैन । आफ्नै सम्पदाको सत्यानाश गर्नेहरुले वनमा आगो झोसेर सत्यानाश पारे । साईकल लिएर गए । राति ट्र्याक्टरनै लगेर काठका गोलाई ओसारे । ति रातिपनि वन पसे र आगोनै लगाए ।

12308662_543566382458990_5092609225438818162_n

12289548_543572222458406_3512052046411335138_n

11046285_543573202458308_4724602976563038005_n

12360175_543572985791663_1825298223991240712_n

पर्सा राष्ट्रिय निकुञ तपाईको उर्वर भूमीको प्राण हो । यसैले वर्ष गराउँछ । अक्सिजन दिन्छ । हरियाली बढाउँछ । हावा हुरी आँधी रोक्छ । पानीका स्रोतहरुलाई जिवन्त राख्छ । यो सक्कियो भने तराईको जिवन सक्किन्छ । तर अपराधीहरुलाई यसको हेक्का हुन्न । तिनले आफू, आफ्नै पूर्खा र देशको भविषयमा लात हान्छन् ।

तस्विरहरु – कपिल पोख्रेल

तपाइँको प्रतिक्रिया