बिरालोको घाँटी काटिँदा हल्लियो स्विजरल्याण्डको शहर

geneva-cat-nepal

गत बुधवार तुलिप बगैंचा हेर्न भनेर स्विजरल्याण्डको मर्ज शहर गएको । केहिबेर तुलिप बगैँचा हेरियो । त्यहाँबाट जेनेभा ताल पारीपट्टी लमतन्न हिमालहरु देखिए । जेनेभा फर्किँदा सित्तैमा लान पाइने पत्रीका रेल स्टेशनमा लिईयो । शिर्षक देख्ना साथ अचम्मित लाग्यो । ‘बिरालोको टाउको काटेर सडकका बिचमा’ भन्ने रहेछ । २० मिनेट भन्ने पत्रीकाले मुख्य समाचार बनाएको । बिरालोको घाँटी काटिएको खबर दैनिक पत्रीकाको मुख्य समाचार बन्छ ? यो यति महत्वपूर्ण विषय हो मुख्य समाचार बन्ने ? के स्विजरल्याण्डमा यो भन्दा अन्य सामाजिक, आर्थिक, राजनितिक समाचार छैनन् ? अन्य गम्भिर मुद्दाहरु छैनन् मुलुकमा ? त्यहि कारणले बिरालोको घाँटी काटिएको खबर मुख्य समाचार बनेको हो ?

रेल भित्र चढियो । पत्रिकाको लिड (शुरुकै हरप) देखेर मुर्छा परियो हाँस्दा हाँस्दा । किनभने त्यसको पहिलो वाक्यांशमै ‘एउटा बर्बर कामले गर्दा शहर हल्लियो’ थियो । पत्रिकामा उल्लेख गरिए अनुसार स्कापहाउस शहर निवाशी ४७ वर्षिया एक महिलाको लोकी नामको कालो बिरालो अलिकति समय अघिदेखि हराएको थियो ।

topelement

(घाँटी काटेर बिरालो फालिएको ठाउँ)

सोमबार विहानसम्म बिरालो घरैमा थियो, उनी साँढे पाँच बजे काममा जाँदा । साँझ लोकी देखिएन । गर्मी लाग्दै गरेको बेला हिउँद यामको न्यानोको मज्जा लिन लोकी कतै गए होला भन्ने उनले ठानिन् । साँझपनि फर्किएन । न्यानो यामको साँझमा कतै रमाएको होला भन्ने ठानिन् । तर मंगलवारपनि नदेखेपछि उनी लोकीको खोजिमा लागिन् । बुधवार विहानपनि लोकी देखा परेन । त्यसपछि उनको मनमा चिसो पस्यो । छिमेकीका घरघरै चहार्न लागिन् ।

उनले बिरालो खोज्दै जाँदा उनका एक छिमेकीले घाँटी काटिएको बिरालोको तस्विरबारे प्रहरी कार्यालयमा जानकारि पुगेको गाइगुइ आफूले सुनेको बताए । महिलाले त्यसरि आफ्नो घाँटी काटिएको बिरालोको तस्विर देखाउनु आफूलाई घ्रिणा गरेको ठानिन् । बिरालोको घाँटी शरिरबाट छुट्टिएको थियो । प्रहरीलाई उनले तत्कालै फोन हान्दा जवाफ दियो ‘ कालो रङको घाँटी र शरिर छुट्टिएको बिरालोका तस्विरहरु हामीसित छन् ।’

‘प्रहरीले कालो रङको भन्नासाथ लोकी हो भन्ने मैले बुझिहालें । किनकि मेरो छिमेकमा कालो रङको बिरालो मेरो मात्रै हो ।’ महिलाले भनिन् ।

स्विस पत्रिकाले लेखेको छ ‘अब एउटा प्रश्न तेर्सिएको छ, त्यो बिरालोको घाँटी कसले काट्यो होला त ?’ बिरालो धनी महिलाका अनुसार छिमेकमा उनको कसैसित वैरभाव थिएन र छिमेकीका घरमापनि बिराला थिए ।

बिरालोको घाँटी काटिएको भेटिएपछि प्रहरीहरुले अनुसन्धान शुरु गरे । तर त्यो बिरालो ‘त्यति धेरै गाडीहरु गुड्ने सडकमै घाँटी काटेर किन फालियो ? कसले फाल्यो?’ भन्ने कुरामा अनुसन्धानकर्ताहरु रनभुल्लमा परेका छन् । पत्रिकाले योपनि लेखेको छ ‘अति बार्बारिक क्रिया र पिडक द्रिष्य भएकाले पत्रिकाले घाँटी काटिएको अवस्थाको बिरालोका तस्विरहरु पत्रिकामा नराख्ने निर्णय गरेको छ। “

तपाइँको प्रतिक्रिया