फ्रान्सेली सांसदसित पाँच मिनेट

ob_ff2b8f_michel-terrot-adhere-a-la-manif-pour-tous-020214गत शनीवार फ्रान्सको लियों शहरस्थित एक हलमा हामी पुनेको प्यान्ट डकुमेन्ट्री हेर्दै थियौं । डकुमेन्ट्री देखाउने हल अँध्यारो पारिएको थियो । द्रिश्यहरु राम्रोसित देखिउन् भनेर । म एक कुनामा उभिएको थिएँ पछिल्तिर । सिटको क्षमता भन्दा दर्शक बढि भएकाले बस्ने कुर्सी अपुग भएको थियो । मलाई कार्यक्रम आयोजक संस्थाका एक सदस्यले हातको इशाराले बोलाए । एक जना फ्रान्सेली सांसद मलाई भेट्न आएका रहेछन्, मिसेल तेरो । उनलाई थाह रहेछ, यो कार्यक्रम ‘ददि सापकोटाको सम्मान’ मा आयोजना गरिएको हो भन्ने । त्यसैले उनी मलाई भेट्न भनेर छोटो समय निकालेर आएका रहेछन् ।

गत शनीवार फ्रान्सको लिनों शहरमा नेपाली कार्यक्रम थियो । फ्रान्सेलीहरुलेनै आयोजना गरेका थिए यो कार्यक्रम । नेपाली गित संगित, नेपालमा भूकम्प गएपछिको एक वर्षको अवस्थाको रिपोर्ट । आयोजक फ्रान्सेली संस्था सोलेई भेयरले नेपालमा गरेको कामको प्रस्तुति। नेपालमा सामाजिक काम गर्ने संस्थाको कामको अनुभव सुनाउने एक फ्रान्सेली दम्पत्ती । माओवादी द्वन्दका बेला बाजुरामा कसरि नेपाली सेनाले निर्दोश गाउँलेलाई माओवादीका नाममा हत्या गरे भन्ने विषयमा केन्द्रित मोहन मैनालेको ‘पुनेको ट्राउजर’ डेकुमेन्ट्री देखाउने कार्यक्रम थियो । त्यहि कार्यक्रममा उनी आएका थिए, कार्यक्रम शुरु भएको केहि मिनेटपछि ।

‘म मिशेल तेरो । परिचय दिए । मैले आफ्नो परिचय दिएँ । ‘मैले तपाईको नाम सुनेको छु ।’ उनले आफ्ना कुरा सुनाउँदै गए ‘फ्रान्सेली भाषा, संस्क्रिति र समाजमा तपाईले गरेको काम प्रशंसनिय छ । हाम्रा बारेमा चासो राख्ने र नेपालीमाझ साझेदारी गर्ने गरेकामा, भूकम्प गएका बेला फ्रान्सेलीलाई त्यतातिर सरिक बनाउने, सहयोग गर्ने गरेकामा तपाइको प्रशंसा गर्छु ।’

मैले ‘तपाईहरुकै साथ, सहयोग, समर्थन र आत्मियताले यो संभव भएको हो’ सुनाएँ ।

उनले यो हिमाली क्षेत्रका धेरै फ्रान्सेलीहरु नेपाल जान्छन् । नेपाल र नेपाली संस्क्रितिमा यहाँका मान्छेको धेरै चासो छ भन्ने बताए ।

करिब पाँच मिनेट मात्रै कुरा भयो उनीसित । मैले उनैका कुरा धेरै सुनें । ‘तपाईसित काम गर्ने रहर छ’ भने उनले । त्यसपछि मैले सोधें ‘तपाईले यो राजनितिक भाषा बोल्नुभएको की ब्यवहारिक भाषा ?’ उनी हाँसे ।

उपल्लो सदनका फ्रान्सेली सांसद मेशेल तेरोलाई मैले फेरि भनें ‘राजनितिक भाषा बोल्नु भएको हो भने धेरै नेताले यस्तै बोल्छन् । होइन ब्यवहारिक भाषा बोल्नु भएको हो भने हामी केहि काम गर्न सक्छौं र म तपाईलाई मिलेर गर्न सकिने काम प्रस्ताव गर्ने छु ‘ यति भनेपछि उनी फेरि हाँसे । ‘होइन म साँच्चै काम गर्न इच्क्षुक छु तपाईहरुसित’ भन्दै भिजिटिङ कार्ड थमाए । मैलेपनि आफ्नो कार्ड दिएँ । भविष्यमा अझ धेरै पुस्तक लेख्न, सामाजिक काम गर्न र फ्रान्सेली भाषा, संस्क्रितिमा काम गर्न शुभकामना दिँदै उनी बाटो लागे ।

रोन क्षेत्रका हुन् उनी । यो रोन भनिने क्षेत्र हिमाली, पहाडी क्षेत्र हो । यताका मानिसहरु नेपाल, नेपाली, हिमाल, हिमाली जनजिवन बाट धेरै प्रभावित चन् । त्यसैले यो क्षेत्रका धेरै फ्रान्सेली नेपाल जान मरिहत्ते गर्छन् ।

तपाइँको प्रतिक्रिया