बाघलाई भ्रममा राख्न टाउकामा मुकुण्डो

to-be-safe-from-tiger

बाघ तिन देखि तिन मिटर चालिस सेमी लामो हुन्छ । उभिएको मान्छे सालाखाला एक मिटर ७० सेमी हुन्छ । चौडाई एक मिटर भन्दा होचो । होचो बाघले डेढ मिटर भन्दा लामो मानिस देख्दा चौडाईकै आधारमा (आफूलाई तुलना गरेर) मान्छेपनि आफू जस्तै लामो न लामो होला भन्ने ठान्छ । अगाडिबाट हेर्दा पछिल्लो भागको अनुमान हुन्न र ऊ आफूभन्दा अग्लो, लामो हुनाले धेरै बलियो होला भन्ने ठानेर डराउँछ, तर्किन्छ । तर मानिस बसेको, भागेको बेला पछाडीबाट पत्तो पाउँछ । लम्बाई चौडाईमा मानिसको आकाश जमिनको फरक छ भन्ने । त्यो भ्रम चिरिन्छ र उसले “ए यो त केहि रहेनछ’ भन्ने जानेर आक्रमण गर्छ ।

त्यसैले बाघबाट बच्न भारतको सुन्दर वनमा मान्छेको टाउको पछाडी फर्काएको मुकुण्डो लगाएर जंगलमा हिँड्ने गरिन्छ । यसो गर्दा बाघले मान्छेलाई जताबाट हेर्दापनि मुख फर्किएको देख्छ। उसले दुबैतिरबाट अग्लो देख्छ मानिसलाई र उसको भ्रम सधैं रहिरहन्छ । आफूभन्दा भयंकर ठानेर मानिसबाट तर्किन्छ । नेपालमापनि यसै गर्ने कि जंगल जाँदा ?

तपाइँको प्रतिक्रिया