शत्रुलाई खबरदारी गर्न बाघका कानमा ‘छद्म आँखा’

Tig-Munna-Ear backs-C8259

कसलाई थाह छैन र ? कानको काम सुन्ने हो । अधिकांश जिवका दुई वटा कान र दुई वटै आँखा हुन्छन् भन्ने । सबैजसो जिवका कानको मुख्य काम सुन्नुनै हो । तर केहि अपवाद पक्कै हुन्छन् । बाघका कानमा दुई वास्तबिक अघिल्ला आँखा त भैहाले। त्यो बाहेक अन्य दुई वटा कानमा गरेर चार वटा आँखाको काम हुन्छ । हुन त बाघको कानको मुख्य कामपनि सुन्ने हो । तर बाघका कानले हेर्ने वा शत्रुलाई देखाउने कामपनि गर्छन् । अचम्म्म के भने तिनको कान बाहिर हुन्छन् हेर्ने आँखा चाहिँ । कानको माथिल्लो भागमा बाघका दुई वटा थोप्ला हुन्छन् । हो तिनै थोप्लाले बाघलाई हेर्ने आँखाले जस्तै काम गरिदिन्छ । अर्थात् बाघले भन्दापनि अन्य जनावर, बाघका शत्रुले तिनलाई आँखाको रुपमा लिन्छन् ।

2lm55ia

बाघका दुबै कानमा (हेर्नुस् फोटो) सेता धब्बा हुन्छन् । तिनलाई अंग्रेजीमा ओसेली (ocelli) भन्छन् । यि धब्बाले अन्य जिवजन्तु र खासगरि उसका शत्रुलाई निगरानी राख्ने र तर्साउने गर्छन् । बाघ आफ्नो बाटोमा आफ्नै तालमा हिँडिरहेका बेलापनि पछाडिबाट हेर्ने जिवहरुले कानका यि धब्बालाई आँखा जस्तो ठान्छन् । र बाघले निगरानी गरिरहेको, आँखा तरिरहेको जस्तो ठान्छन् । यि धब्बा बाघका छद्म आँखा हुन् । बाघलाई यसको राम्रो जानकारि हुन्छ । त्यसैले बाघ हिँडेका बेला आफ्नो कानलाई कि ठाडो पार्छ कि त पछिल्तिर फर्काउने गर्छ । आफ्ना बच्चा (डमरु) हरुलाईपनि बाघले सानैदेखि यहि सिकाउँछ । अगाडिका आँखाले अघिल्तिर हेर्ने र कानका यि छद्म आँखाले शत्रुहरुलाई थर्काउने, तर्साउने काम गर्छन् ।

35m02fd

उसले आराम गरेका बेला पनि यि धब्बा डेखाएर सतर्क गराइरहन्छ ।

tumblr_lmloovBwgk1qatyxoo1_1280

बाघका यि छद्म आँखाले बाघको समूदायमा सञ्चारको कामपनि गर्छ । हरेक बाघको अनुहार, छाला, रङ, बनावट फरक फरक भएजस्तै यि छद्म आँखापनि भिन्न हुन्छन्, बाघैपिच्छे । कान फट्फटाँदा, माथितिर ठाडो पार्दा देखिने यि सेता धब्बाले अन्य बाघसित सञ्चारको काम गर्छन् । त्यो देखेर कुन बाघ हो भन्ने पहिचान गर्छन् । कुनै जनावर बाघको अघिल्तिरै देखापर्दापनि बाघले कान फट्फटाएर माथि ठाडो पार्छ र पछिल्तिर यि धब्बाहरु देखाउँछ । यो उसले दिएको धम्की हो । सचेत गराएको हो ।

फरक बाघका फरक छाला, भिन्न रङ

14677598-texture-of-real-tiger-skin-fur--Stock-Photo

बाघ भन्ने जन्तुको मुख्य पहिचाननै तिनको धर्सा हुन् । बाघका टाटेपाटे धर्साले तिनको मुख्य पहिचान बनाउँछ । तिनको छालामा बाक्लो, सुन्दर रौंहरु हुन्छन् । चितुवाको ढ्याप्प ढ्याप्प परेका धब्बा (rosettes) हरु हुन्छन् । यो तिनको पहिचान हो । अफ्रिकि जंगलमा पाइने चित्त भनिने चितुवाको मसिना थोप्लाजस्ता एकदमै बाक्ला धब्बा (Spots) हुन्छन् ।

tiger_skin-wide

Unknown

बाघको चाहिँ शरिरको माथि देखि तल पूर्णभागसम्मै कोरिएका लामा धर्सा हुन्छन् । प्रजाति अनुसार थोप्ला, कालो रङ अलिकति गाढा, चहकिलो, उडेको हुन सक्छ । भुइँको गुलावी जस्तो रङ भने बाघका सबै प्रजातिमा हुन्छ । चाखलाग्दो कुरो के छ भने बाघको धर्सा परेका रौंको बनावट भित्रको छालापनि पाटा परेकै हुन्छ । छालामा हुने कालो अँध्यारो रङ बाहिर देखिने कालो पाटा परेको रौंसित संवन्धित हुन्छन् । अर्थात भित्रको कालो रङको छालालेनै बाहिरको रङ कालो बनाउन प्रभाव पारेको बुझिन्छ ।

14677598-texture-of-real-tiger-skin-fur--Stock-Photo

tiger fur

tiger fur

हरेक ब्यक्तिको रङ, अनुहार फरक भएजस्तै प्रत्येक बाघको रङपनि फरक हुन्छ । प्रत्येक फरक बाघको शरिरको पाटाहरु फरक हुन्छन् । यद्दपी हामीले झट्ट देख्दा उस्तै लाग्छ । यि फरक पाटा, बनावट र रङले उसले अरुलाई, अरुले उसलाई पहिचान गर्ने, लुक्ने, तर्साउने, बच्ने र झुक्याउने कला र जिउने तरिकासित संवन्धित हुन्छ । वरिपरिको झार, घाँस, पतपतिंगर, वनस्पतीसित मिल्ने खालको रौं हो मुख्य पाटा भित्रको वा छालासित जोडिएका मसिना भुवादार रौंहरुको । काला पाटाहरु चाहिँ बाघका संभावित आहारालाई बाघको पूर्ण आक्रिति चिनाउने, पहिचान गराउने काम गर्छ । यो रङले बाघका आहाराहरुले बाघलाई चिन्छन् र बाघबाट लुक्न, तर्कन, भाग्न सहयोग पुर्‍याउँछ । यसरि एकातिर बाघको शरिरमा आफैं लुकेर झुक्क्याएर र तर्केर, लुकेर बस्ने रङ हुन्छ भने अर्कोतिर आफ्ना आहाराहरुलाई परैबाट चिनाउने, उपस्थिति जनाउने र खबरदारी गरेर भाग्न, लुक्न दिने रङ हुन्छ ।

आफ्नो शिकार, आहारालाई आक्रमण गर्नु अघि बाघले शरिर भुइँमा जोत्छ वा भुइँमा कुप्रोपार्छ र अगाडिका घुँडा टेक्छ । यो उसको आक्रमणको तयारी हो । प्राय अग्ला घाँसभित्र लुकेका बेला यस्तो गर्छ बाघले ।

शरिरका रौं वा पाटाहरु भौगोलिक अवस्था, वासस्थान र मौसम अनुसारको क्षेत्रमा बस्ने बाघका फरक हुन्छन् । चिसो, चिसो मौसममा बस्ने बाघका बाक्ला हुन्छन् भने अलि गर्मी, न्यानो भूभागमा बस्नेका पातला हुन्छन् । चिसो मौसममा बस्नेका यि रौं लामा र गर्मी वासस्थानमा बस्नेका छोटापनि हुन्छन् ।

cheetah-rctb_9770a

अफिकि जंगलमा पाइने चित्तको छाला

OLYMPUS DIGITAL CAMERA

चितुवाको छाला

तपाइँको प्रतिक्रिया