जिवजन्तु हेर्न गएका राजकुमार नेपालको जंगलमा बने ‘बाघ’

326A8FC400000578-0-image-a-11_1458548326424
नेपाली बन्यजन्तुविद, संरक्षणकर्मी र जंगलमा जिवजन्तुका पाईला खोज्दै हिँड्ने सामान्य नेपालीलाईपनि जानकारि भएको क्यामरा बेलायती राजकुमारलाई खासै जानकारि रहेनछ । बेलायती राजकुमार ह्यारी बन्यजन्तु, वातावरण र प्रक्रितिप्रेमी, संरक्षणवादीपनि हुन् । तर राति जंगलमा बाघको फोटो खिच्ने क्यामराबारे भने उनलाई खासै जानकारि रहेनछ । देखे, सुनेको भएपनि यो क्यामराले कसरि काम गर्छ भन्ने जानकारि नभएरै होला, ह्यारी आफैं बाघ बनेर राष्ट्रिय निकुञ्जमा फोटो खिचाए ।

326A79EB00000578-3502347-image-m-29_1458549719120
राष्ट्रिय निकुञ्जको वन्यजन्तु सफलताका कथा, प्रयास र उपलब्धी हेर्न पुगेका थिए ह्यारी । निकुञ्जका कर्मचारी, संरक्षणकर्मीले उनलाई जंगल घुमाउन लगे । बाघका बारेमा निकै चासो राखे उनले । उनलाई  जान्न मन लागेको विषय, ‘बाघको संख्या, संरक्षण र चुनौति’ थियो । संरक्षणवादीहरुले बाघको संख्या बढेको बताए । बाघको संख्या यकिन गर्न क्यामरा ट्र्यापिङ (क्यामरा ट्र्यापिङ भनेको के हो अन्तिममा हेर्नुस्) प्रविधी प्रयोग गरेको बताए । त्यसपछि राजकुमार ह्यारीले थप चासो राखे – कसरि काम गर्छ ? कसरि खिच्छ फोटो यसले बाघको ? बाघ आएको कसरि क्यामराले चाल पाउँछ ? ह्यारीले जानकारि लिन चाहे ।
326A8FBC00000578-3502347-image-m-37_1458549834060
बाघको फोटो खिच्ने क्यामराका अघिल्तिर आफैं बाघ बन्ने निर्णयमा राजकुमार पुगे ।
बाघ यसरि हिँड्छ राती भनेर वन्यजन्तुकर्मीले बताएपछि ह्यारी बाघ जस्तै बने । पहिले बाघको शारिरिक आकारमा आफूलाई ढाल्न खोजे ।
326A97EC00000578-3502347-image-m-61_1458550689537
बन्यजन्तुकर्मीले क्यामरा मिलाएर तयारी पारिदिएपछि ह्यारी क्यामरातिर हेर्दै बाघको चालमा हिँडे । बाघ नजिक आएपछि क्यामराको बत्ति पिलिक्क पिलिक्क गर्दा बाघलेपनि त्यतातिर उत्सुकताले हेर्छ । त्यसैले ह्यारीलेपनि त्यसै गरे । नभन्दै ह्यारी बाघ बनेको तस्विर क्यामराले खिच्यो ।
326A95B000000578-3502347-image-a-47_1458550015382
326A955400000578-3502347-image-a-45_1458550009508
326AA26000000578-3502347-image-a-50_1458550406002
फोटो कस्तो आयो त ‘बाघ ह्यारी’ को  फोटो ? उनलाई उत्सुकता लाग्नेनै भयो । उनी बाघ बनेको तस्विर हेर्न लागे ।

के हो क्यामरा ट्र्यापिङ ?

SONY DSC

SONY DSC

यो सामान्यत क्यामरानै हो । तर यसमा फरक अन्य क्यामरामा भन्दा के भने यसमा सचेतक (सेन्सर) हरु जडित हुन्छन् । मूलत मान्छेहरु वा भनौं अध्ययन अनुसन्धानका लागि पुग्न नसकिने ठाउँमा यस्ता क्यामरा लुकाएर जडित गरिन्छ । त्यसमा गुलाबी, निलो वा कुनै खाले प्रकाशसहितको सचेतक हुन्छ । जनावरहरुको हलचल वा शरिरको तापक्रम त्यो सेन्सरले पत्ता लगाएपछि, वा नजिक आएपछि क्यामराले स्वचालितरुपमा फोटो खिच्छ । मानव उपस्थिति हुन नसक्ने, भएरपनि असम्भव ठाउँको अध्ययन र अनुसन्धान गर्नुपर्ने अवस्थामा जिवजन्तुको अध्ययनकालागि यो क्यामरा प्रचलनमा छ । सन् १९९० ताकाबाट प्रचलनमा आएको यो क्यामरा ट्र्यापिङ अहिले प्रसिद्द भएको छ । नेपालकोपनि चितवन, बर्दिया, पर्सा राष्ट्रिय निकुञ्जमा खासगरि बाघको पहिचान र गणना गर्न यो क्यामरा प्रयोग गरिएको छ । यस्ता क्यामराहरु जनावर हिँड्ने मुल गोरेटाहरुको पहिचान गरेर राखिन्छ । विश्वमा पहिलो पटक आमुर लेओपार्ड भनिने चितुवाको क्यामरा ट्र्यापिङबाट फोटो खिचिएको थियो ।

 तस्विर स्रोत – अन्तिमको (डब्लु डब्लु एफ) बाँकि डेली मेल दैनिक

तपाइँको प्रतिक्रिया