‘सेल्फी’ खिच्ने हात्ती

thiknk-elephant-international

मान्छेहरुले सेल्फि अर्थात लठ्ठि जस्तो मेशिनमा क्यामरा अड्याएर आफ्नो फोटो आफैंले खिचेको देखेपछि हात्तीपनि लोभिएको छ । थाइल्याण्डको एक पार्कमा मानिसहरुले सेल्फि खिचेको देखेर यो हात्तीलेपनि सेल्फी खिचेको हो । मानिसहरुले सेल्फी खिचेको देखेपछि क्यामरातिर धेरै आँखा लगाएको थियो, यो हात्तीले । उसले सुँड पटक पटक क्यामरातिर लगेको देखेपछि पार्कका कर्मचारीले सेल्फी खिच्ने क्यामरा दिएका थिए । त्यो क्यामरा जतनले समातेर यो हात्तीले आफ्नो सेल्फी खिच्ने प्रयास गरेको थियो । क्यामरालाई सुँडमा बेर्दा नखसोस भनेर हात्तीले अलिकति घाँसमा बेरेर जतनले अँठ्याएको थियो । फोटो – थिन्क इलाफेन्ट इन्टरनेशनल

तपाइँको प्रतिक्रिया