सयौं निराशाका बिच नेपालीहरुले गर्व गर्न लायकको एउटा खबर

12646983_1074845662567493_3687164548880629070_n

यो वर्ष हामी नेपालीका लागि  निराशा, दुख, छटपटी र बेदनाकै रह्यो । हाम्रा खबरहरु विश्वभरि नकारात्मक, निरासात्मक रहे । भूकम्पले हजारौंको आँसु बगायो । खरबौंको नोक्सानी पार्‍यो । हजारौंको ज्यान लियो । त्यसबाट उठ्न नसक्दै हामीले भारतीय नाकाबन्दि ब्यहोर्नुपर्‍यो । दुखमाथि बाँचेकालेपनि झन दुख ब्यहोरे । राजनितिक अस्थिरता र अन्यौताले आशा गर्ने दैलोपनि थुनिदिए जस्तो भयो । हामीले पढ्ने, हाम्रा बारे अरुले बुझ्ने र लेख्ने गरेका खबरहरु आशावादी देखिएनन् । तर यहि निराशाका बिच नेपालीले विश्वमै गर्व गर्न लायकको एउटा खबर छ ।

त्यो हो, विश्वमै प्रख्यात नेपालको चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र सबै चोर शिकारीहरु असफल भए । अनेक जुक्ति, प्रयास, लगानी र प्रविधी अपनाएर दूर्लभ जिवजन्तुको हत्या गर्ने, तिनका अंगको चोरी गर्ने चोर शिकारीहरुका लागि हातलाग्यो शुन्य वर्ष रह्यो, सन् २०१५ ।

यो वर्षभरिनै चोर शिकारीहरुले हात्ती, गैंडा, बाघ, भालु, चितुवा जस्ता विश्वमै अति दूर्लभ जिवजन्तु हत्या गर्न सकेनन् । ति जिवजन्तुको संरक्षणमा स्थानिय जनता, सरकार, संरक्षणवादीहरुको हात र प्रयास त रह्यो नै । तर मुख्य भूमिका नेपाली सेनाले खेल्यो । किनभने संरक्षित क्षेत्रको संरक्षण गर्ने पहिलो भूमिका नेपाली सेनाले लिँदै आएको छ । चोर शिकारीहरुको अध्ययन गर्ने, सुराकी गर्ने, सुराकीमा स्थानिय जनतालाईसमेत सरिक गराएर चोर शिकारीहरुको जालो पत्ता लगाउने । तिनलाई निरुत्साहित गर्ने, जिवजन्तु संरक्षणका लागि गस्ती र निगरानीमा खटिने काम नेपाली सेनाले गर्दै आएको हो । तिनै नेपाली सेनाको प्रभावकारी प्रयासले गर्दा चितवन राष्ट्रिय निकुञ्जमा यस्ता दूर्लभ जिवजन्तुलाई चोर शिकारीहरुले निशाना लगाउन सकेनन् ।

12670115_1074845582567501_561405361718514751_n

यहि खुशियालीमा चितवन राष्ट्रिय निक्ञ्जमा नेपाली सेना र संरक्षणवादीहरुले कार्यक्रम गरे ।  संरक्षणवादी र स्थानियहरुले नेपाली सेनाको उल्लेखनिय कामको खुलेर प्रशंसा गरे । नेपाली सेना संरक्षणका क्षेत्रमा ज्यान दिएर लागेको, संरक्षणमा अनुभवी, नेपाली सेनाको भूमिका संरक्षणका क्षेत्रमा विश्वमै प्रशंसायोग्य रहेको चर्चापनि गरियो । नेपाली सेनाको भूमिकाले गर्दा संरक्षणका क्षेत्रमा नेपालीको इज्जत र प्रतिष्ठा बढेको भन्दै प्रशंसा गरिएको थियो ।

चितवन राष्ट्रिय निकुन्ज सन् १९७३ मा स्थापना भएदेखिनै यसरि एक वर्ष भित्रमा दूर्लभ जिवजन्तुलाई चोर शिकारीले मार्न नसकेको सायद यो पहिलो वर्ष हो । बरु सन् २०१५ मा दूर्लभ एक सिंगे गैंडाको संख्या एक सय ११ वटा बढे । सरकारी तथ्यांक अनुसार अहिले चित्वन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ६४५ पुगेको छ ।

यो नेपालकै पहिलो राष्ट्रिय निकुञ हो । यो युनेस्कोको विश्व सम्पदा सूचीमापनि छ र विश्वका महत्वपूर्ण सिमसार क्षेत्र मध्येकै एक पनि हो ।

(फोटो – बासु बिँडारी, सौराहा, चितवन)

तपाइँको प्रतिक्रिया