भूकम्प पिडितका नाममा उठाएको रकम केहि सार्वजनिक केहि गुपचुप
भूकम्प पिडितलाई राहत दिन भन्दै जर्मनीको म्युनिखस्थित हिमालयन परिवारले उठाएको रकम गत फर्वरीको छ का दिन सार्वजनिक गर्ने भनेर प्रतिबद्दता जनाएपनि उठेको सम्पूर्ण रकमको हिसावकिताब भने दिईएन । केहि रकम गुपचुप राखियो । भूकम्प पिडितका नाममा उठाएको रकममध्ये १२ हजार रुपियाँ भिडियो खर्च देखाइएको छ । केहि रकम पत्रकारको नाममा खर्च भएको औंल्याइ एको छ । नखुलेको रकमका बारेमा सोधपुछ गर्न खोज्नेलाई चुप रहन निर्देशन दिँदै नमानेको खण्डमा कार्यक्रम हलबाटै बाहिर निकालिदिने धम्की दिईएको छ ।स्रोतका अनुसार हिमालय परिवारका हर्ताकर्ता हरी न्यौपानेले त्यो दिन हिसाब किताब सार्वजनिक गर्ने बताएपनि केहि रकम गुपचुप राखे । रकम गुपचुप राखेपछि त्यहाँ केहिबेर चर्काचर्की परेको थियो ।
कार्यक्रममा उपस्थित करिब ६० जनाका बिचमा हिमालयन परिवारको कोषाधक्ष्य राम बुढाले आय ब्यय बिवरण प्रस्तुत गरे । उनले दिएको बिवरण अनुसार जम्मा ४०,९७१,२२ युरो भूकम्प पिडितका नाममा उठेको थियो । त्यसमा हाते रकम (दाताले हातैमा दिएको) ११,६८५,५० युरो हो । बैक मार्फत: १३,४७० युरो उठेको थियो । त्यसैगरि सडकमा बसेर उठाएको रकम १५,८१५, युरो ७२ सेन्स हो ।
यो रकम मध्ये १९,०२५ युरो ६४ सेन्स सिन्धुपाल्चोक जिल्ला, अमलडॉडा दलित बस्ती सिपा मा। बि मा खर्च गरियो । त्यहाँ जस्ता, चिनी, चामल बाँडियो । काभ्रे माझिफेडा गा। बि। स।मा चक्लेट, मास्क, चामल,दाल, र औषधी बितरण गरेको बताए । त्यस्तै चितवनको जिम्लिंगमा कम्मल र कपडा दिएको बताइयो । अन्य खर्चमा गाडी खर्च पत्रकारको नाममा देखाइएको छ । भिडियो खिचेको रकमनै मात्र १२ हजार रुपियाँ देखाइएको छ ।
हाल बॉकी २१,९४५, युरो ५८ सेन्स छ । अहिले ११,७७० युरो हिमालयन परिवारको खातामा रहेको र १०,९४५ नगद भएको बताएका थिए । तर यो रकम कोसँग छ भन्ने जानकारि दिएनन् । यहि विषयमा जानकारि माग्दा कार्यक्रम आयोजकहरु तातेका थिए । कार्यक्रममा हरहिसाब स्पष्ठ भएन भनेर जानकारि माग्दा हिमालय परिवारका अध्यक्ष हरी न्यौपाने र अन्य सदस्यहरु झोँक्किएका हुन्।
त्यति मात्रै हो र ? भूकम्प पिडितका नाममा उठाएको ३१ जुलाई देखि १५ नोभेम्बरसम्मको कुनैपनि बैंक भौचर आयोजकहरुले देखाएनन् । गुपचुप राखे । यो समयमा धेरै रकम उठाएको र त्यो रकम रेस्टुरेन्ट खोल्दा हरी न्यौपानेले लगानी गरेको विश्वास त्यहाँका नेपालीहरुले गरेका छन् । कार्यक्रम टालटुल पारेर उम्किन आयोजना गरेको आरोपपनि केहिले लगाएका छन् ।
“बोल्न नपाउने उर्दी”
नेपालीका बिचमा भूकम्प पिडितका नामम औठाएको रकम सार्वजनिक गर्ने भनिएपनि हलमा त्यसो गरेनन् आयोजकले । त्यहाँ उपस्थित मध्ये उहि रकम उठाएर दूरुपयोग गर्ने हिमालयन परिवार बाहेक अन्य ब्यक्तिले प्रश्न सोध्न नपाउने उर्दी लगाइएको थियो । हिमालयन परिवारका अध्यक्ष हरी न्यौपानेले ‘हिमालयन परिवारका सदस्य बाहेक अरुले प्रश्न सोध्ने अधिकारनै नभएको बताएका थिए । हिमालयन परिवारको मान्यतामा नबसि प्रश्न सोधेमा कार्यक्रमबाट बाहिर निकालिने धम्की हरि नेऊपानेलेनै दिएका थिए । कोषधक्ष्य राम बुढालाई म्युनिखका राजेन्द्र भण्डारीले भूकम्प पिडितका नाममा उठाएको रकमका बारेमा प्रश्न सोध्दा भण्डारीलाई हलमै सान्गठनिक मर्यादा नाघेर अभद्र ब्यवहार गरेका थिए ।
म्युनिखबासीको अनुरोघ
हिमालय परिवारले सार्वजनिक गरेको खर्चको हिसाब किताबका बारेमा म्युनिख निवासी नेपालीहरुनै असन्तुस्ट छन् । त्यहाँका म्युनिकका स्थानियबासीहरुमध्ये एन आर एन जर्मनीका प्रमुख संरक्षक बिनोद अधिकारी, जनजाती समाज ई। फाऊ।का अध्यक्ष तथा एन आर एन जर्मनीको महासचिब प्रेम गुरुइ, एन आर एन जर्मनीका निबर्तमान अध्यक्ष हरेन्द्र वनेम, एन आर एन ए एल सि सि बायर्नका कोषाध्यक्ष दिपक के। सी।, म्युनिक निवासी कृष्ण रिजाल, राजेन्द्र भण्डारीलगायत त्यहाँका बिध्यार्थी लगायत म्युनिकका स्थानियबासीहरुले हिमालयन परिवारले आफ्नो गल्ती तुरुन्त सच्चयाई चाँडो भन्दा चाँडो सहि हिसाब किताब देखाउन अनुरोध गरेका छन् । उनीहरुले कसैलाई ब्यक्तीगत आरोप नलगाई पिडितका नामम उठाएको रकमको तथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।
ढाकछोप गर्न खोज्दा ठगीको झन चर्को गन्ध
त्यस दिन वकिल भन्दै हिमालयन परिवारले एक ब्यक्ति उपस्थित गराएको थियो । तर एकतर्फीरुपमा । कसैलाइ जानकारी नगराइ हिमालयन परिवारको तर्फबाट वकिल ल्याएको किन ? जुन ब्यक्तिले प्रश्न गर्यो त्यो ब्याक्तिलाइ सस्थाको तर्फबाट उत्तर दिनुको सट्टा ब्याक्तिगत लान्छना लगाउने र हलबाट निकाल्ने धम्कि दिएको किन ? रकम उठाएको समयको हिसाब किताबनै गुपचुप किन ? भएको रकम कोसित छ सार्वजनिक नगरेको किन ? यस्तो हर्कत गर्दागर्दैपनि आफैंले हिसाब सार्वजनिक गर्ने भनेर निम्ता दिएका ब्यक्तिलाईनै धम्की र आरोप लगाई हिमालयन परिवारले म्युनिकबासीलाई अझ चिढाऊन पुगेकाले त्यस्ता ब्यबहारको माथि उल्लेखितहरुले धोर निन्दा गरेका छन् ।
अध्यक्षलेनै दिए फरक फरक बिवरण
संस्थाका अध्यक्ष हरि नेऊपानेको फेसबुकमा ५ जनवरी, २०१६ मा प्रकासित हिसाब र ६ फेब्रुवरीको बैठकमा सार्बजनिक गरिएको हिसाबमा फरक बिवरण छ । ५ जनवरी २०१६ मा हरि नेऊपानेले निकालेको बिज्ञप्ती अनुसार सडकमा ऊठेको रकम १६,३६५।७६ युरो थियो । म्युनिक बासी बाट ऊठेको रकम १७१७५।०० युरो र बैंक मार्फत ऊठेको रकमको त्यहाँ जानाकारी छैन । हरहिसाब देखाऊने क्रममा अध्यक्ष हरि नेऊपानेले दुई थरी कुरा गरे । ‘आजसम्म पैसा किन नेपाल नपठाऊनु भएको ?’ भनेर प्रश्न गर्दा जर्मनीको कर कार्यलयबाट अनुमति नलिईकन् पैसा पठाऊन नसकिने जानाकारी बाराम्बार गराऊँदै आईरहेका थिए उनी । यदि त्यहि नै मुख्य समस्या थियो भने किन ११,७७० युरो मात्र हिमालयन परिवारको खातामा रह्यो ? अरु सबै ऊठेको पैसा संस्थाको खातामा डिपोजिट नगरी मात्र १९,०२५।०० युरो कसरी र कस्को सहमतिबाट नेपाल पठाईयो ? यो कुरा म्युनिकबासी नेपालीहरुलाई किन जानाकारी गराईएन ? यदि यो राहत सॉच्चै नेपालमा बाँडिएको हो भने, फुटेज र भिडियो बनाऊनु भन्दा आर्थिक पारदर्सिता सहित राहत बितरण गरिएको ब्यहोरा स्थानिय निकायबाट नामावली सहितको राहत बितरणको लिखित बिबरण ऊपलब्ध गराउन सकिन्नथ्यो ?
यहि रिपोर्टसित संवन्धित अघिल्ला समाचार हेर्ने भए
नेपालप्लस समाचार प्रभाव : भूकम्प पिडितलाई उठाएको रकम सार्वजनिक हुँदै
भूकम्प पिडितलाई उठाएको पैसाले जर्मनीमा रेस्टुरेन्ट
(जर्मनीको म्युनिख शहरबाट राजेन्द्र भण्डारीको सहयोगमा)





