वनको ढोका आफैं बन्द गर्ने हात्ती

DSC07508 copy

नवलपरासी जिलाको अ मलटारी पुगेका बेला विहानै हात्ती चढेर जंगल हेर्न मन् लाग्यो । अमलटारी ‘होम स्टे’ समितिले हात्तीको ब्यवस्था गरिदियो । माहुते (हात्ती चालक) ले करिव दुई घण्टा जंगल घुमायो । बाघ भालू देख्न मुस्किलै पर्ने भएपनि कम्तिमा एउटा गैंडासम्म देखाउन खोज्यो । गैंडाका संभावित चरनक्षेत्र लग्यो । आहालहरुमा लग्यो । तर कतै देखिएन गैंडा । करिब दुई घण्टा पछि हात्ती फर्काएर ल्यायो ।

हात्ती चढ्ने ठाउँ अमलटारी सामूदायिक वनको सिमानामै छ । सामूदायिक वनमा फलामको ढोका रहेछ । त्यो ढोका खुलै थियो । त्यहि ढोकाबाट हात्ती लुरुलुरु बाहिर निस्कियो । माहुतेले सरासर हातीसारतिर लान खोज्दै थियो । तर हात्तीले मानेन । हात्ती फरक्क फर्कियो । फलामको छिस्किनि समात्यो र त्यो ढोका बन्द गर्‍यो ।

DSC07509 copy 2

हात्तीलाई थाह रहेछ, यो ढोका खुल्ला राखे गाईभैंसी, अन्य घर पालुवा जनवार पसेर वन सत्यानास पार्छन् । त्यो गेट खुला राखिदिए त्यसैबाट गैंडा गाउँ छिर्छ र शिकारीको निशानामा पर्छ भन्ने जानेको त यो हात्तीले पक्कै होइन होला !

DSC07485 copy

हात्तीहरु एकदमै बाठा, चलाख र स्मरण शक्ति दह्रो भएका हुन्छन् । यिनलाई तालिमका क्रममा माहुतेले ६० जति सांकेतिक शब्दहरु सिकाएको हुन्छ । बैठ भन्दा सरक्क बस्छ । हिच भन्दा कुनैपनि चिज टपक्क टिप्छ । छिटो हिँडाउनु पर्दा हात्तीको कानमा माहुतेले खुट्टा छिटोछिटो चलाइदिन्छ । अगाडि बढ भन्नुपर्दा खुट्टाले अगाडितिर घोचिदिन्छ । यसरि खुट्टाले कानमा घोच्ने केहि संकेत र केहि शब्दलेनै माहुतेले हात्तीलाई आफूले चाहेको गर्न लगाउँछ । हात्तीले शुरुशुरु मान्छ ।

DSC07479 copy

वनमा पर्यटक लिएर जाँदा हाँगा र काँडाले नघोचोस भनेर गोरेटो अगाडिका हाँगहरु भाँच्ने र पन्छाउने गरेर गोरेटो खुला गर्छ । पर्यटकको सुरक्षा गर्छ ।

DSC07494 copy

कहिलेकाहिँ हात्तीलाइपनि रिस उठ्छ । त्यो बेला उसले माहुतेले भनेको टेर्दैन । त्यस्तै बेलाकालागि हो माहुतेको लठ्ठी । हात्तीले टेरेन भने माहुतेले कन्चेट वा टाउकोमा त्यहि लठ्ठीले पिटेर तह लगाउँछ ।

तपाइँको प्रतिक्रिया