लठ्ठी बोकेर हाँस गोठालो

DSC07558 copy

गएको जेठ महिनाको मध्येतिर । करिब सात, आठ जिल्लाका भूकम्प पिडितहरुलाई सकेको सहयोग गरेपछि निकै थाकें । केहि दिन कतै गएर सुस्ताउन मन लाग्यो । मैले नवलपरासी जिल्लाको अ मलटारी होम स्टे क्षेत्र रोजें । चितवन राष्ट्रिय निकुञ्जको छेउ । त्यहाँ गएर प्रक्रितिको आनन्द लिने, शान्त पूर्वक बिताउने । अमलटारी होम स्टेका लागि प्रसिद्द भएकाले के रहेछ हेर्ने र बुझ्ने ।

अपरान्ह भएको थियो । तैपनि टन्टलापुर घाम । ४२ डिग्रि तापक्रम पुग्यो भन्थे गाउँलेहरु । होम स्टेमा फ्यान त थियो तर हत्तपत्त नघुम्ने । किनभने लोड सेडिङले बत्तीनै नआउने । कोठामा गुम्सिनु भन्दा बाहिर सित्तल होला । घाम अस्ताउने बेलातिर म बाहिर निस्किएँ । बरु सूर्योदय हेर्छु भन्ने सोचेर । यि नानी लामो लठ्ठी बोकेर उभिएकी रहिछन्, सडक किनारमा ।

‘बहिनि हाँस लखेट्न पनि लठ्ठी चाहिन्छ र ?’ उनी लज्जाईन ।

फेरि सोधें ‘गाईभैंसीलाई पिट्न लठ्ठी लिने चलन छ । तर लठ्ठीले हाँसलाई ठटाउँदा त मर्ला नी ?’

हाहाहाहा होइन, धेरै छ हाँसको बच्चा । दशतिर भाग्छन् त्यसैले तर्साउन मात्रै बोकेको कुट्न होइन ।

तपाइँको प्रतिक्रिया