पोथी कसरि फकाउने ? बुढाबाट सिक्छन् हात्तीहरु

Elephant1

जोडी फकाउने, फसाउने, आकर्षण गर्ने कुन जिवमा नहोला ? हरेक जिवको आ आफ्नै तरिका । ब्यक्तिका त झन फरक फरक कला । तर प्राय अलि तरुनो, खाइलाग्दो, झिल्के, मिठो बोल्ने, संरक्षण गर्नेसित स्त्रीहरु बढि नजिकिने, रुचाउने गर्छन् । तर हात्तीहरुको भने गज्जबको कला हुने गर्छ । बोल्नु, कराउनु केहि गर्नु पर्दैन । बैंश लागेपछि एक खालको वासना निकालिदिन्छन् । त्यसको बासना पत्तो पाएर पोथीहरु तरक्क तर्किने वा लसक्क लहसिने गर्छन् ।

हातीहरु उस्तै देखिएपनि, मिल्दाजुल्दा भएपनि फरक फरक खाले हुन्छन् । थाई हात्ती, अफ्रिनी हात्ती, एशियाली हात्ती । यस्तै यस्तै । प्राय एशियाली हात्तीहरुमा जब भालेलाई वैंश चढ्छ तब उसले शरिरबाट एक खालको वासना फ्याँक्छ । त्यो फेरोमेन हर्मोन को काम, पोथीहरुलाई ‘म तयार भएँ, म उमेदवार हुँ, कोहि छ?’ भनेर जनाउ दिने संकेत, माध्यम हो ।

भाले हातीहरुमा बाह्रै काल वैंश चढ्दैन । जब वैंश चढ्छ तब ति आक्रमक बन्छन् । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्न थाल्छन् । बैंश चढेपछि पोथी खोज्नका लागि हर्मोनहरुको मिश्रणलाई बाहिर फ्याँकिदिन्छन् । त्यो वासना टाढा टाढासम्म फैलिन्छ । पोथीहरुले पत्तो पाउँछन् । त्यो वासनाको आधारमा कुन भाले कस्तो भनेर पोथीहरुले पत्ता लगाउँछन् र ति आफूलाइ मन परेको वा संभावित भाले भएतिर नजिक आउन थाल्छन् ।

पोथी कसले पट्याउने भन्ने प्रतिस्पर्धा हुन्छ । त्यसमा अलि बुढा भालेहरुको हात माथि पर्छ । किनभने तिनले कम अनुभवी, भर्खरै वयस्क बनेका, ठेट्ना भालेले भन्दा अझ कडा, आकर्षक वासना फ्याँक्ने गर्छन् । बैज्ञानिकहरुले अनुसन्धान गरेर पत्ता लगाएको तथ्य हो यो । भाले र पोथीबिच प्रेम हुने, संभोगमा रमाउने यो अवस्थालाई मस्त भन्ने गरिन्छ । यस्तो बेला भालेको कंचटबाटपनि पिप जस्तो तरल पदार्थ बग्ने गर्छ ।

यो तथ्य पत्ता लगाउन बैज्ञानिकहरुले सय वटा नमूना लिए । त्यो छ वटा भाले हात्तीबाट लिईयो । तिनमा बढ्ने र घट्ने (प्लस र माईनस) हुने फन्टालिन भन्ने हर्मोन पाइयो । जब कम उमेरका बयस्क भालेले यो फन्टालिन हर्मोन निकाल्न थाले तब तिनले प्लसमा वा बढ्दै गएको अवस्थामा निकाले । जब उमेर बढ्दै जान्छ तब माईनसमा निकाल्न थाले । यसको स्वाद चाहिँ मानिसलाई तितो र अमिलो लाग्छ । करिब करिब २० वर्षको उमेर पुग्दा चाहिँ दुबै (प्लस र माईनस फर्म) को मध्येकाल वा बराबरी जस्तो हुने रहेछ । पोथीहरुले यो माईनस कालको हर्मोन बढि रुचाउने रहेछन् ।

यस्तो वासना सुँघ्न पाएपछि आकर्षित हुने पोथीले कान उचाल्ने, पछिल्लो खुट्टा धसार्ने र पिसाव तुरुक्क तुर्क्याउने गर्दा रहेछन् । यो वासना आएपनि गर्भवती पोथीहरुले भने अनुसन्धानको क्रममा बेवास्ता गरेको पाए, बैज्ञानिकहरुले । वैशालु, एकल र भाले खोज्ने अवस्थाका पोथीहरुले भने चाख दिए । तिनले सबैभन्दा बढि प्लस र माईनस एक एक वा वराबरी अवस्थामा पुगेका भाले बढि रुचाउने रहेछन् ।

कम उमेरका, काँचा भालेहरुले फेरि बुढा भालेको वासनालाई एकदमै ध्यान दिने, चासो राखेर सुँघ्ने गर्छन् । यि बुढाले कसरि तरुना पोथी फकाए भन्ने तिनलाइ चासो हुन्छ । तिनले बुढा भालेलेको वासना सुँघेर आफूपनि प्रतिस्पर्धी बन्ने कोसिस गर्छन् । बुढा भालेले जस्तै कडा, मिठो बासना फ्याँक्ने कोसिस गर्छन् । बुढा भालेको बासना सुँघेर नक्काल गर्ने भालेलेलेपनि आफ्नो बासनालाई खार्दै लैजाने गर्छन् । ति पोथी फकाउन बढि सफल बन्दै जान्छन् ।

अमेरिकाको ओरेगनस्थित हेल्थ एण्ड साईन्स युनिभर्सिटीले गरेको अनुसन्धानबाट यो पत्ता लागेको हो ।

तपाइँको प्रतिक्रिया