धेरै भएरपनि चाल नपाएका हामी, थोरै हुँदापनि चाल पाउनाले सम्पन्न बनेका स्विस

red_train_pine_snow_covered_mountains_switzerland_postcard-r5785adce4fca48fbba55825add11a4d8_vgbaq_8byvr_512
नेपाललाई स्विजरल्याण्ड बनाउने भन्छन् हाम्रा नेता । झट्ट हेर्दा नेपाल जस्तैपनि लाग्छ स्विजरल्याण्ड । यहाँपनि विविध भाषा छन् । संस्क्रिति भिन्न भिन्न छ । पहाड छन् हाम्रो मुलुकमा जस्तै । हिमाल राजधानी वा यहाँका अन्य शहरबाटपनि नाकै अगाडि देखिन्छन् । हाम्रो देशका शहरबाट हिमाल देखिए जस्तै । पहाडमा घोडा, भेडा र च्याङ्ग्राहरु चरेको देखिन्छ । भिरको छेउछेवै गाडी कुद्छन् । खसिएला जस्तो लाग्छ । हिमालमा हाम्रामा झैं तालहरु छन् । हिम नदीको आवाज उसैगरि आउँछ । तर यत्ति भएपनि स्विजरल्याण्डको सेवा, सुबिधा, विकास, प्रविधी र संरचना नेपालको जस्तो छैन । भूपरिवेष्ठित मुलुक भनेर नेपाल र स्विजरल्याण्डलाई के तुलना गर्नु ? हाम्रोमा राजधानी छिचोल्ने राजमार्गपनि खोबिल्टा परेर, फाटेका, भंगाला परेका छन् । तर स्विजरल्याण्डमा हिउँका शिरमाथिबाट रेल दगुर्छन् । चढ्नपनि डर लाग्ने पहाडका खोंचबाट राता रेलहरु धक नमानी दगुर्ने गर्छन् ।
स्विजरल्याण्डको पिलाटस, स्तान्, रिगी, जेरमात, गुटाननेन, ब्रियन्ज, लोकार्नो, ब्रेईल, फेल्दिस, ग्रिन्डलवाल्ड, आरोसा लगायत झण्डै एक दर्जन भन्डा बढि ठाउँमा भिरभिरै रेलहरु चल्छन् । आधुनिक रेल । तिनमा चढ्दा कहाली लाग्छ । ठाडो, नाक धसिने भिरबाट दगुर्छन् ति रेल । रेलमा बस्दा ओर्लिन लागेको रेलको सिटबाट खसिएला जस्तो लाग्छ ।

Switzerland Pilatus Cogwheel Railway.rsz-717154
world-wonders-swiss-railway_54487_600x450
त्यस्ता भिरमा दगुर्ने रेल असाध्यै सफा । अति आधुनिक । एक मिनेटपनि हत्तपत्त ढिला हुन्न रेल । तोकिएको समयमै दगुर्छ । हिउँ सेताम्मे हुन्छ । तर तिनले आफ्नो लिक नछोडी कुद्छन् । समयमै पुर्‍याउँछन् । कतै कतै हिमालका काखबाट हिँड्दा वरिपरिका सबै हिम चुचुराहरु टाउका वरिपरि देखिन्छन् ।
Switzerland's Mount Pilatus lends itself to mental and physical fitness.

Switzerland’s Mount Pilatus lends itself to mental and physical fitness.

news_first-520x390

(माथिल्लो  स्विजरल्याण्डको तुईन, मुन्तिरको नेपालको)
तुइन छन त स्विजरल्याण्डमापनि छ । तर हाम्रोमा सास्ति भोगेर यातायातको रुपमा चलाउँदै छौं हामी । तर यिनीहरुले त्यहि तुइनलाई पर्यटक लोभ्याउने, मज्जाका लागि चढ्ने बनाइदिएर आर्थिक नाफा लिएका छन् । यिनको तुईनले विकासकालागि बिदेशी मुद्राको थुप्रो कमाउँछ ।
zweisimmen
केवलकार विकसको त झन कुरै नगर्दा हुन्छ । हिम चिप्लेटी खेल्ने, रमाउनेकालागि पहाडका टुप्पैसम्म केबलकारहरु पुग्छन् । स्की खेल्दा बस्ने, हिमाल हेर्दा रमाउनेका लागि बनाएका होटेलहरुको दैलैमा लगेर केबलकारले छोदिदिन्छ ।
Pilatus-swiss-17-August-2014 233
रिमोट कन्ट्रोलबाट चल्ने यस्ता विमान स्विजरल्याण्डमा धेरै छन् । पाइलोट बसिराख्नुपर्दैन । सरर घुम्छ, मान्छेले चाहेको ठाउँ आफैं पुग्छ । निगरानी गर्छ र सूचना बोकेर आउँछ ।
यो भूपरिवेष्ठित देशको विकास । यिनको विकासको नमूना देख्दा वरिपरिका छिमेकी देशहरुनै मुर्छा पर्छन् । लोभिन्छन् । इर्श्या गर्छन् । यस्ता खोंच खोंचै दगुर्ने रेलहरु हत्तपत्त दूर्घटनामा परेकोपनि सुनिन्न । यिनले सयौं मुलुकका पर्यटकलाई लोभ्याएर, आकर्षित गरेर हिमालमा लैजान्छन् । हिमनदीलाइसमेत नाघेर दगुर्ने यि रेलले करोडौं करोड नाफा कमाइदिएका छन् ।
स्विजरल्याण्डले के सिकाइदिएको छ भने पहाडले विकास रोक्दैन । यातायातलाई भाँजो हाल्दैन । दुल्का पारेर रेल र बसहरु चल्छन् । नदीले बाटो छेक्दैन । पूल हालिदिए पुग्छ, सकिन्छ । जता जता पहाड अलिकति  होचो भाग बनाएर उभिन्छ उतै बाटो लान सकिन्छ । विकास र प्रविधीको चरम नमूना देखेका पर्यटकपनि स्विजरल्याण्ड आएपछि छक्क पर्छन् । हामीसित स्विजरल्याण्डसित भन्दा अझ धेरै प्राक्रितिक सम्पत्ती छ । अझ धेरै पर्यटन विकासका वैभव छन् । तर हामीले चाल पाएक छैनौं । यिसित हाम्रो भन्दा थोरै, कम, अझ होचा पहाड र हिमाल, अझ कम गहिर, साना ताल र नदी छन् । तर यिनले धेरै चाल पाएर यि विश्वकै अति सम्पन्न नागरिकमा परेका छन् ।
हामी स्विजरल्याण्डसित तुलना गर्छौं । तर स्विजरल्याण्ड भौगोलिक रुपमा समान जस्तो लागेपनि विकस र प्रविधीमा समान छैन । नत यहाँका नेता, सरकारनै हाम्रो जस्तो छ । यिनमा साँच्चै देश बनाउने आत्मविश्वास र लगनशिलता, अक्किल र द्रिढता छ । हाम्रोमा खासै छैन । भूपरिवेष्ठित देश, डाँडा काँडाले विकास संभव भएन भन्ने हाम्रो भनाईलाई स्विजरल्याण्डले गलत सावित गरिदिन्छ । स्विजरल्याण्डबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन् ।

तपाइँको प्रतिक्रिया