शेर्पा, गुरुङ, मगरको जस्तो स्विजरल्याण्डमा टोनी हेगनको घर

katrin-monica-photos 150

स्विस भूगर्वबिद टोनी हेगनले नेपाललाई कर्मथलो बनाए । सन् १९५० मा स्विस डेभलप्मेन्ट प्रोजेक्टको तर्फबाट उनी पहिलो पटक नेपाल पुगेका थिए । त्यो बेला उनका आँखा खुले, अचम्मित भए नेपाल देखेर । त्यसपछि उनले थाले पैदलमा नेपालका बिकट हिमाली र पहाडी क्षेत्रको यात्रा । उनले नेपालमा १४ हजार किमी जति क्षेत्र पैदलमै डुले, खोजि गर्दै । उनलाई एक सफल अन्वेषकका रुपमा लिन्छन् स्विसहरुले । नेपालको खोजका लागि एक पायोनियर । उनी स्विजरल्याण्डको लुजेर्न जन्मिएपनि पछि लेन्जरहाईड () मा बसाई सरे । उतै बसे । लेन्जेरहाईड स्विजरल्याण्डको हिमाली क्षेत्र हो । यहाँबाट नजिकै पर्छ, सेन्ट मोरिज । यो स्विजरल्याण्डको हुनेखाने, लेखकहरु, गायककार, संगितकार बस्ने थलो हो । महँगो थलो । पर्यटकको भिड लाग्ने । लेन्जरहाईटमापनि उनले लगभग नेपाली पाराको घर बनाएछन् । तर उनको घरभित्र पसेपछि भने नेपालका शेर्पा, गुरुङ, मगरको घरभित्र पसेजस्तो लाग्ने ।

katrin-monica-photos 148

उनले धर्ति छोडेको करिब १३ वर्ष हुनै लाग्यो । तर लेन्जरहाईडमा उनले बनाएको, बसेको घर हेगन बसेकै बेलाको जस्तो छ । उनकी कान्छी छोरी मोनिका बस्छिन् त्यो घरमा । तर उनले आफ्ना बाबाको घरको अवस्था उस्तै राखेर सम्मान गरेकि छिन् ।

katrin-monica-photos 138

katrin-monica-photos 157

हेगेनको घरमा अधिकांश वस्तु नेपालबाट ल्याइएका छन् । बुद्द र अनेक देवी देवताका मूर्टी र तस्विर छन् ।

katrin-monica-photos 152

katrin-monica-photos 160

katrin-monica-photos 159

katrin-monica-photos 158

भित्तामा नेपालका थान्का सजिएका छन् । नेपालकै हिमाली क्षेत्रबाट सानो सन्दुक ल्याएछन् । त्यसलाई स्विस पाराले बिचमा तखता हालेर भिडियो र अडियो क्यासेट राख्दा रहेछन् । अहिलेपनि यो सन्दुकबाट संगित घन्किरहन्छ ।

katrin-monica-photos 149

उनकी छोरी मोनिका आफ्ना बाबाले नेपालबाट ल्याएर सजाएका वस्तु नियाल्छिन्, ढोकाबाट । कहिले रमाउँछिन् । कहिले टोलाउँछिन् त कहिले गम्भिर बन्छिन् । बाबाले डोकामा बोकेर नेपाल घुमाएको उनको संझना ताजै छ । उनी बाँचुन्जेल यो घरलाई बाबाले जुनरुपमा राखेको त्यस्तै राख्ने उनको रहर छ ।

katrin-monica-photos 143

नेपाललाई योगदान गरेकाले टोनी हेगनलाई काठमाडौं नगरपालीकाले सम्मान गरेको रहेछ । त्यो प्रशंसा पत्रपनि उनको घरको भित्तामा सजिएकै छ ।

(सबै तस्विर- ददि सापकोटा)

तपाइँको प्रतिक्रिया