विश्व जलवायु सम्मेलनमा आएका पत्रकार नामधारीहरु विमानस्थलबाटै पोर्चुगलतिर सुइँकुच्चा

A picture taken on January 14, 2015 shows the logo of the upcoming UN Climate Change Conference, the Cop 21 summit in Paris, on January 14, 2015.   AFP PHOTO /JACQUES DEMARTHON

A picture taken on January 14, 2015 shows the logo of the upcoming UN Climate Change Conference, the Cop 21 summit in Paris, on January 14, 2015. AFP PHOTO /JACQUES DEMARTHON

गएको सोमबार फ्रान्सको राजधानी पेरिसमा विश्व जलवायू परिवर्तन संवन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भयो । यो सम्मेलन युरोप छिर्ने नेपालीका लागि सुनौलो अवशर बन्यो। जलवायू बारे ज पनि नबुझेकापनि यो सम्मेलनका नाममा आए । पत्रकारिताबारे पटक्कै ज्ञान नभएकापनि अनेक जुक्ति लगाएर, सरकारका, एनजिओका पहुँचवालालाइ घुस खुवाएर छिरे । जलवायू सम्मेलनमा आएर सिक्ने, सिकाउने, जलवायू परिवर्तनका मुद्दा उठाउने, लेख्ने, प्रशारण गर्ने नाममा । तर आएका मध्ये सबैको ध्याउन्न त्यो थिएन । जलवायू सम्मेलन त युरोप छिर्ने बहाना मात्रै थियो । नेपालबाट आएका मध्ये धेरैले त्यसै गरे ।

नेपालबाट यो जलवायू सम्मेलनमा करिब तिनसय ५० जनाले भिसा लिएका थिए । ति मध्ये पत्रकारहरुको संख्यापनि धेरैनै थियो । ति पत्रकार थिएनन्, वास्तबिक रुपमा । तिनले पत्रकारिता नगरेपनि पत्रकारको परिचयपत्र लिएका थिए । नेपालमा च्याउ जसरि उम्रिएका पत्रिकाका प्रकाशक, सम्पादक, रिपोर्टर, वातावरण मुद्दामा कलम चलाउने आदि भेषमा तिनले पत्रकारिताको परिचयपत्र लिए । त्यहि देखाएर भिसा मागे । जलवायू सम्मेलनमा आउनकालागि अन्य बेला जस्तो भिसा कडा थिएन । सजिलो थियो । त्यसैले तिनले सजिलै भिषा हात पारे ।

जलवायू परिवर्तनका मुद्दा तिनले के उठाउने ? भिसा हात नपर्दैदेखि तिनले पेरिसबाट अन्य देश कसरि भाग्ने ? कुन रेल वा बस कसरि लिने ? कसरि अन्य देशमा बस्ने ? त्यहाँ गएपछि कसले साथ दिन्छ ? बस्ने थलोको ब्यवस्था गर्छ भनेर धुइँपत्ताल लगाएर बुझ्न थाले । यो सबै मिलाएर ति पेरिस त ओर्लिए । तर जलवायु परिवर्तनको सम्मेलनमै नगइ ति अन्य देशतिर सुइँकुच्चा ठोके ।

यसरि करिब ५० जना पत्रकारको नाममा छिरेकाहरु छन् । नेपालकै पत्रपत्रिकाले परिचयपत्र बनाइदिएका । तर तिनको पत्रकारितासित कुनै साईनो नभएका । ति हानिएर पोर्चुगलतिर ।बैधानिक अनुमतिपत्र वा आवाशिय भिसा पाउन सजिलो हुन्छ भन्दै गएका छन् । त्यहाँ गएर अब पोर्चुगलका नेपालीलाई सास्ति दिने छन् । आफूलेपनि सास्ति भोग्ने छन् । किनकि पोर्चुगलमा बस्न धेरै संघर्ष र आर्थिक भार लाग्छ । सजिलोसित कागज बन्दैन । केहि नेपालीहरु भने जर्मनी, बेल्जियम, फ्रान्स र अन्य देशतिर फरार भएका छन् । तिनमा एनजिओकर्ता, वातवरणवादी भनिने र अन्यपनि छन् ।

तपाइँको प्रतिक्रिया