युरोप आएर यस्तै घरमा बस्ने ?
युरोप भनेपछि अफ्रिका, एशिया र दक्षिण अमेरिकाका धेरै मुलुकका मन्छे भुतुक्कै हुन्छन् । ठूला, अग्ला भवन । वरिपरि बगैंचा । सफा अपाट्मेन्ट । तातो, चिसो पानी चौबिसै घण्टा । बसिबसि सजिलोसित गर्ने काम । सुकिलो, सफा चट्ट भएर मिठो खाँदै जिन्दगी बिताउन पाइने थलो, हाँसि हाँसि । यता ल्याउनेलेपनि त्यस्तै स्वाद चखाउँछन् । तर यता आएपछि धेरैको जिन्दगी नर्क भनेर तर्साइने थलो जस्तो बन्छ । असाध्यै कठिन हुन्छ जिन्दगी । कोहि रेलका बिसौनीमा, बस बिसौनी र कोहि त पार्कमा स्याउला ओढेर रात कटाउँछन् । सुत्ने ठलो नपाएर । यो तस्विर बेलायतमा आप्रवाशीहरु कसरि बस्छन् भन्ने एउटा उदाहरण हो ।
बेलयतको टेरिबल रियल स्टेट अजेन्टमा तार एन्डि डोनाल्सन भन्ने एक ब्यक्तिले केहि हप्ता अघि प्रकाशित गरे अनुसार यस्ता अपार्टमेन्ट पनि रियल स्टेट एजेन्सीहरुले चर्को मूल्यमा भाडामा दिन्छन् । खाँचो पर्नेले मुख अमिलो पार्दैपनि लिन्छ । बिकल्प नभएपछि के गर्ने ?
सन् २०१३ मा आफ्नै लागि अपार्टमेन्ट खोज्न जाँदा एण्डीले यस्ता धेरै अपार्टमेन्ट देखे । त्यहि क्रममा उनलाई चासो लागेर यस्ता अपार्टमेन्टका तस्विर लिएका हुन् ।
आप्रवाशीहरुको रोजगार, स्थायी वा अस्थायी बसोबासको कागजी समस्या र अन्य अप्ठेराले गर्दा स्थानियलाई झैं अपार्टमेन्ट लिन सहज हुन्न । तिनले अनेक उपायले, केहिले त अर्कैको कागज र अरुकै नाममा बैधानिकता मिलाएर अपार्टमेन्ट लिन्छन् । यस्ता अठेरामा पर्नेहरु रियल स्टेटको तारो बन्छन्, ठगिमा पर्छन् । एक जनाले लिएको सानो अपार्टमेन्टमा दशौं जना कोच्चिएर बस्छन् । स्थायी बसोबासको बैधानिक अनुमती नहुनेलाई भाडामा लगाएर मासिक रकम असुल्छन् भाडामा लिनेले । कतै गएर उजुरी गर्ने माध्यम र आधार हुन्न भन्ने जानेर भाडा उठाउनेले बिग्रे भत्केका सामानहरुपनि मर्मत गरिदिन्न । सानो कोठामा कम्प्युटर राख्ने, खाना पकाउने, सुत्ने, लुगा धुने, सुकाउने सबै त्यहिँ गर्नुपर्ने बाध्यता धेरै देशका आप्रवाशीहरुलाई हुन्छ ।
यस्तैमा बस्नेपनि कोहि त कति सोखिन । म्रिगका टाउकाहरु ल्याएर यसरि सजाउँदा रहेछन् । यो गैह्र कानुनी काम हो ।
फर्सी त्यहिँ छ । कागजपत्र यहिँ छ । नौनी र अन्य खानेकुरोपनि एकै थलोमा गाँजेमाँजे पारेर थुप्र्याइएको छ ।
स्विमिङ पूलपनि छ । तर पुरिएको छ । बगैँचा तर हेर्न लायकको छैन । बगैंचामा टहलाउन बेञ्च छ तर मक्किएको, लेउले ढाकिएको छ ।
चर्पी र बाथरुमको हालत यस्तो छ
सोमरसका बोत्तलनै बोत्तलको थुप्रो, भुइँभरि फोहोर । पढ्दा पढ्दै सफा गर्न नभ्याएका बिध्यार्थीको कोठा त होइन यो ?
चर्पी सफा गर्ने नयाँ तरिका । नुहाउने ठाउँ (सावर) भितै जडान गरिदिने । नुहाउँदा उछिट्टिएकोपानीलेनै सफा हुन्छ ।
कार्यालय कक्ष अपार्टमेन्ट भित्रको ।













