धन्न जोगिईएछ !

le petit

गर्मीमा हावा खान, छुट्टीका दिन दगुर्न जाने ठाउँ । यो मुख्य आक्रमण भएको थलो नजिकै बसियो केहि वर्ष । हिँड्ने बाटै त्यहि थियो । त्यो स्टेडियममा खेल हुँदा मिलेका बेला खेलप्रेमीको चर्तिकला हेर्न गइन्थ्यो । ‘ल पति कम्बोज’ भन्ने रेस्टुरेन्टमा १२ जना मारे । यहि बाटो भएर आफू सयौं चोटी हिँडियो ।

मलाई केहि फ्रान्सेली मित्रहरुले कम्बोडियाको खाना खाने, चाख्ने हो भने यो ‘ल पती कम्बोज राम्रो छ’ भनेका थिए । त्यसैले यहि रेस्टुरेन्टमा कम्बोडियन खाना चाख्न जाने हो एकदिन भन्ने सोचिरहेको थिएँ मैले । तर मेसो मिलेको थिएन । जाउँला भन्ने थियो आशा । त्यस्तो सोच्दा सोच्दै भन्दा भन्दै यहि थलोमा यत्रो घटना भयो ।

अहिले यो घटना पछि त धन्न गईएनछ जस्तो भैरहेको छ । त्यति धेरै पटक यहि घटना भएको बाटो भएर हिँडियो । जोगिनै लेखिएको रहेछ सायद । त्यो स्टेडियममा धेरै पटक फन्को मारियो तर आफूले फन्को मारेका दिनहरुमा यस्तो आतंककारी घटना हुनुरहेनछ ।

नेपालबाट यता घुम्न आ उने केहि नेपालीलैऐपनि यो हमला भएको स्टेडियम देखाउन लगियो । किनभने यो विश्व कप , य्रो कप खेलिने आधुनिक र ठूलो रंगशाला हो । त्यसैले पनि यो घटना संझिँदा जिरिङग हुन्छ । संझिँदा पत्याउनै मुस्किल परिराख्या छ । धन्न जोगिईएछ !

तपाइँको प्रतिक्रिया