भारतीय नाकाबन्दि बिरुद्द प्रदर्शन गर्दा किन घुम्यो नेपाली टाउकामाथि स्विस हेलीकप्टर ?
झण्डै दुई महिना देखि नाकाबनि सहेका नेपालीहरु अब विश्वभर उठेर बिरोध गर्न थालेका छन् । अब सरकार र दलहरुको मात्रै मुख ताक्नुहुन्न भन्ने सोचेर भारतीय नाकाबन्दिकोबिरोधमा उत्रन थालेका हुन् नेपाली । यो मुद्दालाई अब अनतर्राष्ट्रियकरण गर्न पहिलो पटक स्विजरल्याण्डको जेनेभामा नेपालीले सामुहिकरुपमा प्रदर्शन गरे । जेनेभास्थित राष्ट्रसंघीय नियोगमा विश्वव्यापी आवधिक समीक्षा(युपिआर) चलिरहेको छ । त्यहि क्रममा नेपालबाट दलित, महिला तथा वालवालिका, द्वन्दका घटना, मानव अधिकारको निगरनी र प्रेस लगायतका विषयका ज्ञाताहरु सहभागि हुन आएका थिए । त्यहि मेसो मिलाएर जेनेभाको संयुक्त राष्ट्र संघ कार्यालय अगाडि भारतीय नाकाबन्दिको बिरुद्द लेखिएका प्लेकार्ड बोकेर बिरोध गरे । विश्वभरिका समुदायलाई जानकारि दिए। नाकाबन्दिको बिरोध गर्दै रहँदा स्विस हेलिकोप्टरले आकाशमा केहि खेप फन्को मारि मारि निगरानी गरेको थियो ।
कार्यक्रम असाध्यै छोटो समयमा आयोजना गरिएको थियो । भारतको नाकाबन्दि र सास्तिले सबै नेपालीको मन पोलेको । सबै नेपालीको मनमा त्यसका बिरुद्द केहि गर्नुपर्छ भन्नेपनि परेको । मेसो पर्यो युरोपेली सेसनको । त्यसैमा नेपालबाट अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दि, मानव अधिकारवादी लगायतका टोली भाग लिन आए । त्यो जानकारी पाएपछि स्विजरल्याण्डका नेपालीको तर्फबाट त्यो टोलीसित भेटेर छलफ गरि बिरोधको कार्यक्रम गर्ने तय गरियो । त्यो छलफल गरेको पर्सि पल्ट अर्थात् हिजो यो कार्यक्रम असाध्यै छोटो समयमा हुने भयो । स्विजरल्याण्डमा बसेर खट्ने साथीहरुले असाध्यै मेहनत गरे । सामाजिक सञ्जाल र अनलाइनहरुमा प्रचार गरियो । नभन्दै करिब ८० जना नेपाली जम्मा भए । एन आर एन पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछानेलेपनि तत्कालै यसमा सहभागिता देखाउने खबर गरे । उता फ्रान्सको ग्रनोब्ल शहरदेखिपनि नेपाली आए । रातारात गरेर प्लेकार्डहरु बनाइयो । यसको खबर केहि फ्रान्सेली र स्विसहरुलाईपनि दिईयो । बिरोध कार्यक्रममा केहि स्विसलेपनि सहभागिता जनाए ।
अनुमति नलिईकनै प्रदर्शन
स्विजरल्याण्डमा कुनैपनि प्रदर्शन, बिरोध, सभा र भेला गर्दा यहाँ कार्यक्रम गर्ने क्षेत्रको (क्यान्टोनमेन्ट) प्रहरी र सिटी काउन्सिलबाट जुलुस वा भेला गर्ने ठाउँ प्रयोग गर्ने अधिकारका लागि अनुमति लिनुपर्छ । त्यो अनुमति लिन कार्यक्रम हुने अघिल्लो दिन श्याम सापकोटा, ददि सापकोटा, बिजय शर्मा दर्पण र दर्शन आचार्य पुगेका थिए । तर प्रहरीले यति छोटो समयमा अनुमति दिन नमिल्ने बताएपछि तिनले अर्को अक्किल निकाले, संयुक्त राष्ट्र संघको सभामा भाग लिन आएका टोलीका सदस्यहरुलाईनै बिरोध कार्यक्रममा पस्थित गराउने र नेपालीहरु तिनको कार्यक्रममा उपस्थित र सहभागि मात्रै भएको हो भनेर प्रहरीलाई बताउने ।
अर्को अक्किलपनि सोचियो- सबै नेपाली सकभर कार्यक्रम गरिने समयमा मात्रै एकै समयमा मात्रै भेला हुने संयुक्त राष्ट्र संघ कार्यालय अगाडि । साँढे दुइ बजे अगाडि पर्यटक झैं गरेर बिभिन्न छेउ कुनामा बस्ने । ब्यानर र प्लेकार्डहरु लुकाउने । एकै चोटी अकस्मात संयुक्त राष्ट्र संघ कार्यलय अगाडि उभिएर बिरोध गरिहाल्ने । ठ्याक्कै त्यसै गरियो र कार्यक्रम हामीले झण्डै दुई घण्टा गर्यौं ।
भारतले गरेको नाकाबन्दि बिरुद्दका प्लेकार्डहरु देखायौं । भद्र भेर बस्यौं । त्यसपछि सानो कार्यक्रम गरियो । सुभास पोखरेलले भारतीय नाकाबन्दिका बिरुद्द स्विस र प्रवासका नेपालीका तर्फबाट बिरोध जनाए । ‘नेपालमा सांस्क्रितिक, भाषिक, लैंगिक र अन्य आन्तरिक समस्या छन् । तिनको समाधान नेपालीहरुलेनै आन्तरिक रुपमा खोज्ने हो । छिमेकीले सुझाव दिन सक्छ, चासो राख्न सक्छ । तर आर्काको मुलुकको संविधान यस्तो बन्नुपर्छ भनेर हाम्रो स्वतन्त्र पहिचान, राष्ट्रिय अखण्डतामाथि आँच आ उनेगरि भारतले दबाब दिनु सह्य हुन्न । यो भारतले गरेको नाकाबन्दिनै हो र यसले भूपरिबेष्ठित देशले निर्वाध रुपमा पाउनुपर्ने पारवहन सुविधा छ त्यो अन्तर्राष्ट्रिय कानुनकोपनि बर्खिलाप गरेको छ ।’ भारतले नेपालका सयौं मालवाहक गाडीहरुलाई इन्धनसहित रोक्ने, इन्धन नदिने गरेर दुख दिएपनि त्यसलाई गलत प्रचार गर्दै नेपालको मधेशमा भएको आन्दोलनका कारण अवरोध स्रिजना भएको भन्दै अन्तर्राष्ट्रिय जगतलाई ढाँटेको र त्यसका बिरुद्द अब विश्वभरिका नेपाली उठेर बिरोध जनाउनुपर्ने बताए ।
गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) का पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछानेले भारतीय नाकाबन्दिको मार आफूले आफ्नै मात्रिभूमिमै भोगेर आएको बताउँदै भने ‘नेपालको संविधान कस्तो बनाउने हाम्रो कुरा हो । भारतमैपनि सबै भारतीयको चित्त बुझ्नेगरि संविधान बनेको छैन र त्यो विश्वमा कहिँपनि संभव छैन । नेपालको संविधान कस्तो बनाउने नेपालीको कुरा हो । नेपालमा बिभिन्न जाति, भाषी, समूदाय, वर्ग र क्षेत्रका जनतामाथि भएको असहजता, अन्याय छ भने त्यो राज्यले जिम्मेवारी पूरा गर्ने काम नेपालेनै आन्तरिक रुपमा गर्ने हो । अर्को छिमेकीले लाद्ने होइन । यसका बिरुद्द नेपालीहरु एक जुट हुनुपर्छ ।’
भारतीय नाकाबन्दि बिरुद्द एन आर एन केन्द्रिय तर्फबाट हालसम्म कुनै बिरोध नगरिएको विषयमा लामिछानेसित जिज्ञासा राखिएको थियो । त्यसपछि उनले नेपालका परराष्ट्र मन्त्री स्वयं आएर संयुक्त राष्ट्र संघ समक्ष भारतीय नाकाबन्दिनै हो भनेर अन्तर्राष्ट्रिय मञ्चमै बोलिदिएपछि एन आर एनलाई सजिलो भएको र अब एन आर एनले छिट्टै केन्द्रिय भनाई सार्वजनिक गर्ने जानकारि दिए । उनले अब युरोपका अन्य देशहरुमापनि यो नाकाबन्दिका बिरुद्द नेपालीहरु उत्रिने कार्यक्रम हुन लागेको बताए ।
संयुक्त राष्ट्र संघको कार्यालय जेनेभामा मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा(युपीआर) मा भाग लिन आएका नेपालका प्रतिनिधिहरु मध्येबाट अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दिले प्रस्ट्याउने कोसिस गरे । उनका अनुसार यो बैठकमा गत सन् २०११ मा संयुक्त राष्ट्र संघमा भएको उजुरी र छलफलबाट राष्ट्र संघले बिभिन्न मुलुकहरुलाई मानव अधिकार रक्षाका लागि बिभिन्न निर्देशन, सुझाव र घोषणा सार्वजनिक गरेको थियो । त्यसबेला नेपाललाई दिएका वा नेपालले गर्नुपर्ने कामहरु पुरा गर्यो कि गरेन यो बैठकमा समिक्षा हुनुपर्ने थियो । तर भारतले नेपालमा नाकाबन्दि गरिदिएपछि त्यो विषय ओझेलमा पर्यो । किनभने त्यो बेला संयुक्त राष्ट्र संघले नेपाललाई पालना गर्नुपर्ने, फत्ते गर्नु भनेर मानव अधिकारका विभिन्न बुँदाम दिएका जिम्मेवारी भन्दा भारतीय नाकाबन्दिले सयौं गुणा बढि मानव अधिकारको हनन भयो र विषय यता मोडियो । यो बैठक यसै विषयमा केन्द्रित रह्यो ।
गोबिन्द बन्दिले भारतीय नाकाबन्दिले कति मानव अधिकारको हनन भएको छ प्रष्ट पार्दै भने ‘नेपालका ६० लाख वालवालिका स्कूल जानबाट बञ्चित भएका छन् । करिब ४० हजार स्कूलहरु बन्द भएका छन् । अस्पत्ताल आउने यातायात छैन । आएपनि अस्पत्तालहरु बन्दै हुँदै छन् । खुलेका अस्पत्तालमा अपरेसन हुन्न । आकस्मिक कक्षहरु बन्द हुँदै गएका छन् । औषधी पसलमा औषधी छैज भारतले यो भन्दा कति बढि मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने ? “भारतीय अत्याचार अब अति भएको भन्दै उनले थपे अत्याचारकोपनि सिमा हुन्छ नी, ‘टू मच ईज टू मच’ भन्छन् नी अंग्रेजीमा, हो त्यस्तै भैसक्यो भारतीय अत्याचार नेपालमाथि ।”
आफू अन्तर्राष्ट्रिय कानुनको ज्ञाता भएकालेपनि विश्वका धेरै देशको संविधान हेरेको र त्यसमध्ये नेपालको अहिले बनेको संविधान अन्य देशको भन्दा उत्क्रिष्ठ रहेको बताउँदै भने ‘अहिलेको नेपालको कानुनमा केहि कमजोरी छन् । त्यो सच्याउन सकिन्छ । त्यो सच्याउने काम नेपालको हो, हामी नेपालीको हो । तर बिदेशीले तेरो संबिधान यस्तो बनाउनुपर्छ भन्ने के अधिकार ? म त ठोकुवा गरेर भन्छु कम्तिमापनि हाम्रो अहिलेको संविधान भारतको भन्दा धेरै गुणा राम्रो छ ।’
नेपालको अहिलेको कानुनले धेरै विषय समेटेको, धेरै प्रभावकारि भएको र बिगतमा नसमेटिएका धेरै मुद्दाको संवोधन गर्नेगरि बनेको बताउँदै भने ‘हाम्रो अहिलेको संविधानमा यति धेरै राम्रा कुरा र प्रावधान छन् की बरु नेपालले त्यो सबै लागू गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता पो लाग्छ हामीलाई ।’
नेपालका परराष्ट्र मन्त्री कमल थापाले भारतीय नाकाबन्दिलाइ नाकाबन्दिकै रुपमा संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा उठाइदिएर सहज भएकाले अब यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न आफूहरु लागिपर्ने गोबिन्द बन्दिले बताए ।
किन घुम्यो नेपालीका टाउकामाथि स्विस हेलिकोप्टर
कार्यक्रम आयोजना गर्ने निर्णय साह्रै छोटो थियो । त्यसैले प्रहरी र सिटी काउन्सिलसित अनुमति लिन खोज्दापनि सकिएन, पाइएन । अन्तत शान्तिपूर्ण रुपमा भेला हुने निर्णय गरियो । हामीले प्लेकार्डहरु बोकेर प्रदर्शनी गर्न थालियो । केहिबेरमा सिबिल ड्रेसका धेरै प्रहरी आए । उनीहरुले केहि भनेनन् । किनभने संयुक्त राष्ट्र संघको बैठकमा भागलिन आएका नेपाली प्रतिनिधीहरुले संयुक्त राष्ट्र संघकै ब्याच लगाएर उभिएका थिए । त्यस कारणलेपनि उनीहरु परैबाट निगरानी गरिरहे ।
केहि प्रहरीले वाकिट्याकीबाट केहि बोले । सायद कतै जानकारि दिएका थिए होलान् । त्यसको केहि बेरमा स्विस हेलिकोप्टर उडेको देखियो । त्यो हेलिकोप्टरले आकाशमाथि केहि फन्को मार्यो । प्रदर्शन गर्नेको संख्या अलि धेरैनै देखेकोले होला, केहि अप्रिय घटना भैहाल्छ कि भनेर हेलिकोप्टरले फन्को मारेको । तर नेपाली प्रदर्शनकारीहरु सुसिल, सौम्य, शान्त रहेर उभिएकाले होला प्रहरीहरुले कुनै अवरोध गरेनन् ।
(फोटो- निराजन श्रेष्ठ र बिजय शर्मा दर्पण)

















