नजन्मँदै गीत गाउन सिकाउँछन् चरा

superb-fairy-wren-nest

मान्छेले पेटभित्रैको बच्चालाई शिशुवर्णामाला कण्ठ बनाइदिए कस्तो होला ? क देखि ज्ञ,ए देखि जेड वा आधारभूत कुरो उ नजन्मँदै आमाले आफ्नो पेटको बच्चालाई सिकाउन सके ? त्यो त अहिलेसम्म कल्पना बाहिरको कुरो । तर केहि चराहरुले भने आफ्नो वर्णमाला त के यस्तो यस्तो कुरो खानु । मेरो (आमाको) बोली सुने कुनै चिज खानु भनेर । सबै सिकाउँछन् । त्यति  मात्रै हो र ? फुल भित्र हुँदै आफ्नी आमाले दिएको आहार अन्य चोर चराले दिएको आहारा यसरि छुट्याउनु र बाहिरका चराले दिएको नखानु भनेर सूत्रनै सिकाउँछन् । गित गाउनपनि सिकाउने गर्छन् । ति सूत्र सिक्छन् फुल भित्रका बचेराले । अनि जन्मिसकेपछि कुनै चराले आहारा ल्याएर दिँदा यसो सूत्र मिल्यो कि मिलेन तौलिन्छ्न् । मिलेको रहेनछ भने “ह्या यो त मेरी आमा हैन, यसले दिएको खानु हुन्न” भनेर मिल्काउँछन् ।

फुलभित्रै हुँदा माउले सिकाएको गोप्य गितको भाका नसुनेसम्म तिनलाई दिएको आहारा खाँदैनन् । बैज्ञानिकहरुको भाषामा त्यो गोप्य पासवर्ड हो, हामीले पासवर्ड नहानेसम्म ईमेल र फेसबुक ज्यानजाला नखुले जस्तो । खासगरि चराहरुले बचेरा कोरलिएपछि हो, सिकाउन थाल्ने । तर अष्ट्रेलियामा पाइने सुपर फेरी रेन भनिने चराहरुले त्यत्रो समय कुर्नै सक्दैनन् । त्यसैले तिनले फुलभित्र हुँदानै सिकाउन थाल्छन् । यि चराले फुलभित्रका बचेरालाइ एउटा पासवर्ड सहितको गित सिकाउँछन् । तिनले दोहोर्या इ तेर्यातई सुन्छन्, अभ्यास गर्छन् । जब ति फुलबाट बाहिर निस्किन्छन् । भोक लागेपछि “म भोकाएँ, आहारा चाहियो” भनेर माउलाई संकेत दिन त्यहि गित गाउनुपर्छ ।

यसो किन गरेको ? कोइलीका दुई प्रजातीले के गर्छन् भने फेरी रेन आहारा लिन गएका बेला तिनको फुल फालेर आफ्नो फुल छोड्छन् । अनि आफु मस्ति गरेर बस्छन् । बचेरा चाहिँ त्यहि फेरी रेनले हुर्काउँछ । हुर्केपछि भुरुर्र कोइलीको पछाडी लागेर उड्छन् । रेन भन्ने चरो बिचरा हेरेको हेर्यैर । हो, त्यो चोरी रोक्नलाई रेन चराहरुले यो अक्किल निकालेका । चोर, डाँका, छली, काम ठग, भ्रुण हत्यारा, अधर्मीहरुलाइ रोक्न । त्यो पासवर्ड फुलको भ्रुण हुँदै सिकाउने रहेछन् ।

बचेरालाई मात्रै सिकाएर कहिलेकाहिँ भालेले आहार ल्याउनुपर्यो भने के गर्ने ? त्यसैले भालेलाईपनि त्यो पासवर्ड सिकाउँछन् । पहिले पहिले बज्ञानिकहरुले के पतो पाएका थिए भने कोइली र रेनको आवाज छुट्याउन माउले आफ्ना बचेरालाई सिकाउँछन् । तर फुलभित्रै हुँदा यसरि पासवर्ड दिई दिईकन सिकाउँछन् भन्ने चाहिँ भर्खरै पत्तो लागेको हो । यसको अनुसन्धान अष्ट्रेलियाली अनुसन्धानदाता सोनिया केन्डोरफेरले गरेकि हुन् । यसको रिपोर्ट अनुसन्धानमुलक विश्व प्रसिद्द पत्रीका करेन्ट बायोलोजीले सार्वजनिक गरेको हो ।

अनुसन्धानकर्मीहरुले चराले आफ्ना शत्रुबाट कस्ता आवाज दिएर जोगाउँछन्, कसरि कस्ता आवाज कस्तो बेला सिकाउँछन् भनेर चराको आवाज रेकर्ड गरेका थिए । अनुसन्धान गर्दा उनीहरुले फेरी रेन चराले फुललाई गीत गाएर सुनाइरहेको पत्ता लगाए । माउले फुलमा ओथारो बस्ने क्रममै सिकाउने रहेछ । पोथीले आफ्नो भालेलाईपनि त्यहि बेला सँगै राखेर सिकाउने रहिछे । जब अनुसन्धानकर्मीहरुले अन्य चराको आवाज गूँडमा सुनाए तब भाले र पोथी दुबैले बचेरालाई आहार दिन रोके ।

तपाइँको प्रतिक्रिया