ट्राफिक नियन्त्रण कसरि गर्ने ? कमिलाबाट सिकौं

150422084350_1_900x600

साना किरा । हामीले यिनको ट्राफिक नियन्त्रण गर्ने तरिका सिक्ने हो भने गज्जब उपयोगि हुने रहेछ । तर कति ब्यवस्थित यिनको ट्राफिक नियन्त्रण गर्ने तरिका । जब आहारा धेरै भेटिन्छ तब तिनलाई छिटो ओसारेर  कमिलाले आफ्नो घरमा थन्क्याउनुपर्छ । धेरै आहारा ओसार्न कमिलाको संख्यापनि धेरैनै हुनुपर्‍यो । यस्तो अवस्थामा बाटो जाम नहोस् आहाराले गर्दा बह्नेर कमिलाहरुले आहारा ओसार्ने कमिलाको संख्या बढाउँछन् र छिटो ओसार्न आफ्नो हिँडाईलाईपनि बढि तिब्र पार्छन् ।

गाडीको संख्या सडकमा धेरै भयो भने मानिसहरुले आफ्नो गाडीको गति घटाउँछन् । तर कमिलाहरुले भने आहारा ओसार्नेको संख्या आफ्नो बाटोमा धेरै हुँदा गति बढाउँछन् । छिटो बोकेर छिटो छिटो घरभित्र हुल्छन् ।

bigstock-Ants-carrying-leaves-in-jungle-79233007-e1431459605727-2z32atubx7xp0w4gevh2ww

द नेचर अफ साईन्स जर्नलमा हालसालै प्रकाशित रिपोर्टका अनुसार विशेषज्ञहरुले कमिलाको ट्राफिक नियम बुझ्न कोसिस गरेका थिए । कमिला हिँड्ने मार्गमा आहारा लगेर छोडिदिए । त्यो आहारा देखेपछि कमिलाहरुले तत्कालै आहारा ओसार्नेको संख्या बढाए । त्यो ओसार्न धेरै कमिलाहरु हुने भएकोले ढिलो दगुर्दा ट्राफिक जाम होला भनेर आफ्नो सामान्य गतिमा पचास प्रतिशतका दरले बढाएर बोक्न थाले । यसको अर्थ सामान्य अवस्थाम कमिलाको घनत्व दोब्बर बढ्यो ।

antsL0108_468x388

जब कमिलाको मार्गमा आहारको मात्रा बढ्छ तब कमिलाको गूँडबाट थप कमिलाहरु आहारा ओसार्न पठाइन्छन् । कमिलाको घनत्व बढ्दा गूँडबाट बाहिर निस्कने र बाहिरबाट गूँडमा भित्रिने कमिलाको संख्यापनि बढ्छ । यस्तो अवस्थामा के गर्दा रहेचन् त कमिलाले ? विशेषज्ञहरुका अनुसार भित्र जाने र बाहिर निस्कनेले ट्राफिक अवस्थाको जानकारी साटासाट गर्दा रहेछन् । त्यसरि जानकारी लिएर आफ्नो हिँडाइ, प्रतिक्रिया र काम गर्ने शैली ठ्याक्कै बदल्दा रहेछन् । अर्थात ट्राफिकको अवस्था अनुसार कामको शैली ढाल्दा रहेछन् ।

विशेषज्ञहरुले कमिलाले कसरि नठोक्किकनै यस्तो भिडमा आहारा ओसार्छन् त भन्ने केहि नियमपनि पत्ता लगाए । जस्तै- सामान बोकेर आ उनेहरु देब्रेतिर लाग्दा रहेछन् । गूँडबाट फर्किनेहरुसित नठोक्कियोस भनेर । मानिसहरु पूर्ण रुपमा हट्ने, कुन अलाग्ने वा अलग्गिने, छुट्टिने गर्छन् ट्राफिक जाम हुँदा वा नहोस बह्नेर । कमिलाहरुले चहैँ त्यसो गर्दा रहेनछन् । उनीहरु चाहिँ अलिकति मात्रै सरेर छेउ लाग्ने र हिँडाईलाई निरन्तरता दिँदा रहेछन् । भारी बोकेकाहरु प्राय देब्रेतिरबाट हिँडिरहने गरेको विशेषज्ञहरुले पत्ता लगाए ।

विशेषज्ञहरुले यो अनुसन्धान ब्ल्याक मेडो आन्ट भन्ने कमिलामा गरेका थिए । अनुसन्धानका क्रममा एक हजार आठ सय ६५ वटा कमिलाको भिडियो खिचेर लिईएको थियो । करिब १५ सेमीको फरकमा भिडियो खिचिएको थियो । धेरै सामान बूक्नु नपर्ने, सामान्य अवस्थामा भने कमिलाहरुले बिचको बाटोबाट हिँड्न रुचाए । ट्राफिक अवस्थाको जानकारी दिने बेला चाहिँ तिनले एक अर्काबिच एन्टेना छुवाउने, मुखबाट र्‍याल निकालेर मुखमा दल्ने गरेको पाइयो । कमिलाको संख्या बढ्दा र मार्गमा धेरै भेट हुँदापनि अचम्म के भने यिनको ट्राफिकको अवस्था भने सामान्यनै रह्यो, बढेको देखिएन । ‘कमिलाको घनत्व सबैभन्दा उच्च भएको अवस्थामापनि ट्राफिक जाम भएन । उनीहरुले संख्या बढ्दा आफैंले ट्राफिकको अवस्था नियन्त्रण गर्दा रहेछन्’ अनुसन्धानमा संलग्न विशेषज्ञ क्रिस्चियन ओनिकले भनेका छन् ।

तपाइँको प्रतिक्रिया