दुबै आँखाको दृष्टि गुमेकी सुमित्राको सन्तान भएर पनि घर बाहिरै बास

● गणेश पोखरेल

dumitra-Butwal

माथि जस्तापाता लगाएको अनि वरिपरी काठ, जाली सँगै पालले घेरीएको एउटा बन्द ठाउँ एक पटक सोचौ त त्यस भित्र के छ होला ? झट्ट हेर्दा पसल गर्ने ट्याङकि जस्तो देखिने , तर पसल होइन जुन घरको पछाडि भान्सा कोठासँग सटेको खेतको आलि माथि छ ।

दुःख लाग्दो त्यहाँएक सुमित्रा भण्डारी नाम गरेकी अन्दाजी ७० बर्षिय बृद्धा हुनुहुन्छ । उहाँको दुबै आखाको दृष्टि गुमिसकेको छ । उहा त्यो बन्द परिबेशमा बस्न लागेको मात्र पनि १ बर्ष भन्दा बढि भइसक्यो । उहा रहेको स्थान सैनामैना ३ पडषवाल स्थीत जनज्योती नि मा बी नजिक रहेको छ ।

कहिलेको हावाहुरी अनि बर्षादको समय, फेरि चर्को घाममा जस्तापाता मुनिको बसाइ कति कठ्ठोर रहला एक पटक तपाइ हामिले पनि सोचौ न । घर बाहिर किराकिरीको डर केही भन्नु छैन सुमित्रालाइ , उमेरले ७० पुगेकी बृद्धा त्यो शरीरमा के नै अदाम्य शक्ती थियो र बाध्यता नै हो सँगै रहेको परिवारको मानसीकता नै त्यस्तै भएपछि । परिवारको भनाइ उद्धृत गर्ने हो भने त उहाँ बेहोसी नै हुनुहन्छ । के गरे के भने उहाले प्रष्टसँग सम्झन सक्नुहुन्न । अनि ब्यवहारपनि सामान्य मानिश सरह छैन ।

unnamed

म्याग्दीको पाकुम गाबिसमा मा जन्मनुभएकी सुमित्रा आफनो सानो उमेरमै लाल ब भण्डारीसँग बिवाह गर्नुभयो । उहाँको सन्तानको नाममा २ छोरी रहे (जेठी सेती भण्डारी र कान्छी राम कुमारी भण्डारी.) उमेरमा त जोस थियो निकै महनेत गर्नुहुन्थ्यो । समयक्रममा उमेर ढल्दै गयो । आफनो काम गरी खाने शक्ती पनि हराउदै गयो । बुढेसकालको छाहारी बन्न पुग्नु भयो, उहाँकै जेठी छोरी सेती कुवर । बि स २०४० सालमा छोरी को घरमा बस्न पुग्नुभएका आफना बाबु आमालाइ सेती पनी राम्रो सँग स्यार सुसार गर्नुहुन्थ्यो भने आमा साबित्रापनि आफु सक्दो काम गर्नुहुन्थ्यो । जे होस परिवार हास खुस राम्रै थियो ।

यतिकैमा साबित्राको एउटा आँखाले हेर्दा अफट्यारो (अलि बिजाउने) हुँदाहुँदै केही समयको अन्तरातमा उपचारको लागि बुटवल तथा भैरहवा पुरयाउँदा त्यो आँखाको दृष्टी गुमिसकेको र जसको झण्डै १२ बर्ष पछि फेरि सोही प्रकृयाले दोस्रो आँखाको पनी ज्योती गुमेको खबरले आफु निकै निराश बनेको बताउँछिन् छोरी सेती कुवर । फेरी बिस्तारै बिस्तारै उहाँमा एक किसीमको नैराश्यता पनी । आयो घरको एक कोठामा सगै रहदा अलि असामान्य ब्यवहार (आफनै पाराको गित गाउने अनि समय समयमा शरीर नग्न अवस्थामा राख्ने ) जस्ता ब्यवहार देखाउन सुरु गर्नुभयो जसले गर्दा छुट्टै राख्नु परेको सेतीको भनाइ छ ।

‘फेरी समस्या परेपछि थाहा हुदो रहेछ । हेर्नुहोस म अहिले यो समस्या खेप्न बाध्य छु । यदि तपाइ जो कोहीलाइ पनि यो समस्या परेमा तपाइले गर्ने कार्य पनि साहेद यहि हुन्छ होला’ उहाकै ज्वाइ झरसिङ कुवर भन्छन् । उनले थपे ‘म त अहिले पनी उहाको स्यारसुसार त गरिराछु नी । साझ बिहान खान दिन्छु । फेरी उहाको बानी अफट्यारो छ । बिहानमा ३ कप चिया नभए खाना नै खानुहुन्न । अनि मासुपनी ५ पिस भन्दा कम भए खानुहुन्न । अझ दिशा पिसाब पनी आफु रहेकै ठाउमा गर्नुहुन्छ । हरेक हप्ता नुहाइदिन्छौ । त्यसैले मैले सक्दो गरेकै छू’  ज्वाइ झरसिङले भने ।

unnamed (1)

१ बर्ष अगाडी साबित्राका श्रीमान लाल बा भण्डारीको निधन हुदा आफनै श्रीमानको क्रिया पनी साबित्राले नगरेपछि हिन्दु परम्परा अनुषार काज क्रियामा १० दुर जग्गा बराबर ७० हजार नगद दिने सर्तमा अर्कैले उहाको क्रिया गरिएको थियो। त्यो जग्गा भने साबित्राको नाममा रहेको ५ कठ्ठा मध्येको हो । जहा अहिले गरी खाने उहाकै छोरी ज्वाइले गरेका छन् ।
दुबै आखाको दृष्टि गुमाएकी साबित्रा अझ मानसीक रुपमा समेत समस्या भएकाले निकै कष्ट जीवन ब्यहोर्न बाध्य छिन् । रात दिन एक्लै त्यो डरलाग्दो कोठरीमा उनको दैनिक बित्छ ।

राज्यले अपाङ्गताको क्ष्ँेत्रमा धेरै लगानी गरेपनी यस्ता कतिपय पिडीत न त केहि रकम नै पाएका छन् नत केहि सेवा सुबिधा  । फेरी यस बिषयमा आफनो सस्थालाइ अहिले सम्म कुनै जानकारी नआएको र अबका दिनमा पारिवारीक बिवरण खोजेर सक्दो सहयोग गर्ने बताए नेपाल दिष्टी बिहिन उत्थान कार्यलय बुटवलका अध्यक्ष होमनाथ अधिकारी ।

उता स्थानीय स्तरमा अपाङगको क्षेत्रमा काम गर्ने सस्था रहेपनी केन्द् सम्म यस बिषयमा जानकारी नआइपुगेको दोहोर्याउछन् राष्टिय अपाङग महासघंका क्षेत्रीय अध्यक्ष देवी बाहादुर पोखरेल । उनी भन्छन् ‘परिवारका सदस्यमा बुझाइको कमिले अपाङग भएका ब्यक्ती माथि यस्तो ब्यवहार भएहोला । त्यसैले हामि सकभर त परिवारबाटै समस्या समाधान तर्फ लाग्छौ अन्यथा कानुनी प्रकृया अपनाउनुपर्छ । फेरी अध्यक्ष पोखरेलले थपे ‘म यस बिषयमा केन्दीय स्तरका साथि सग पनी छलफल गर्छु । अनि साबित्रालाइ छिटो त्यो बन्द कोठा बाट बाहिर ल्याउने पहल गरेरै छाड्छु ।’

उहा अपाङ हुनुहुन्छ । तर किन छुट्टै त्यस्तो बन्द कठरियामा थुनियोत मानव भएरपनि आफनो अधिकारबाट सोझै बन्चीत हुनुपर्‍यो । मानव अधिकार सम्बन्ध काम गर्छौ भन्ने सस्थाको ध्यान छिटो पुगोस पिडित बृद्धा माथि ।

तपाइँको प्रतिक्रिया