माईतीको झल्को मेटाउन बेल्जियममा तिजको चटारो
- सन्तोष न्यौपाने/ बेल्जियम
बेल्जियममा रहेका नेपाली दिदि बहिनीहरुमा तिजको रौनकता बढदै गएको छ । यहाँको नेपाली समजमा तिज आउनु अगाडि देखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ । बेल्जियममा एक दशक भन्दा बढि समयदेखि तिज मनाउन जान नपाएका चेलीहरुपनि प्रशस्तै छन् । उनीहरुलाई माइतीको सम्झना र नेपालको तिज झल्झलि आँखामा आउने गरेको छ । प्रवाशमा रहेरपनि दर खाने तथा तिज कार्यक्रममा गएर नेपालको रहर यहाँ धेरैले मेटाउने गरेका छन ।
आज शनिबारदेखि बेल्जियमको बिभिन्न सहरहरुमा तिज कार्यक्रम सुरु गरिएको छ । आज लुभेनमा इन्द्रधनुष क्लब बेल्जियमले तिज कार्यक्रम आयोजना गर्यो । त्यस्तै, आन्त्रप ब्रुज ब्रसेल्समा पनि हुन् गैरहेको छ । यहाँ हुने तीजले चेलीहरुको थोरै भएपनि माइतीको तिर्सना मेटाउने काम गरेको छ । यसैमा आधारित रहेर तयार पारीएको यो रिपोर्ट ।





