नेपालका अनाथ पढाउन स्विजरल्याण्डमा भलिबल खेल

11990490_10205281577223546_764268953402930000_n

नेपालका सडकमा यतिबेला नारा जुलुस, हानाहान र द्वन्द चलिरहेको छ । वालवालिकाका अधिकार र शिक्षा दिक्षाको कुरो सोच्ने फूर्सद सरकार र सरोकारवालालाई छैन । तर हजारौं किमी टाढाका बिदेशी मित्रहरुले भने नेपालका अनाथ वालवालिकालाई शिक्षा, दिक्षा, बस्ने थलो र खाने आहारा जुटाउन अनेक कोसिस गरिरहेका छन्, आफ्नो मुलुकमा । नेपालका सयौं आनाथ वालवालिकालाई शिक्षा, गास, वास र कपासको ब्यवस्था गर्दै आएको गोबिन्द नामक स्विस परोपकारी संस्थाले नेपालका अनाथ वालवालिकाको सहयोगका लागि स्विजरल्याण्डको जुरिच शहरमा भलिबल प्रतिस्पर्धा गरायो, गएको आइतवार ।

10930190_10205281577583555_1474760448566931335_n

11205536_10205281577063542_2649242707392799478_n

गत बिनासकारी भूकम्पका बेलापनि स्विजरल्याण्डबाट समेत स्वयंसेवक पठाएर पिडितहरुलाई राहत दिन खटेको यो संस्थाले जुरिचको लेत्तेनमा बिच भलिबल (Beach VolleyBall) कार्यक्रम राखेको थियो । यो कार्यक्रम नेपालकालागि सहयोग जुटाउन केन्द्रित थियो । मौसम धुमिल भएपनि स्विजरल्याण्डका २० वटा भलिबल टोलीले भाग लिए । त्यहाँ आएका खेलाडी र दर्शकहरुले नेपालका बारेमा विविध कुरा सुने, जाने । नेपाली खानाको ब्यवस्था गरिएकाले धेरैले नेपाली खानाको बारेमा जानकारि लिए, स्वाद चाखे ।

11947624_10205281576943539_6899190285218794113_n

11949268_10205281578503578_4158771525208263327_n

त्यहाँ नेपालका विविध सामाग्रि र उपहारहरु बिक्रिका लागि राखिएको थियो । नेपालका बिभिन्न क्षेत्रका आकर्षण झल्काउने पोस्टर र फोटोहरुपनि थिए । त्यहाँ सामान किन्न र हेर्न थुप्रै नौला, कहिल्यै नेपाल नपुगेका स्विसहरुपनि आएका थिए ।

1898163_10205281578383575_6480400673234580969_n

11988297_10205281577343549_1053863417707919189_n

बिनासकारी भूकम्प गएका बेला यो संस्थाका तर्फबाट नेपालमा सहयोग दिन गएका पत्रकार निराजन श्रेष्ठ र यस्ता काममा सक्रियता देखाउँदै आएका जुरिच निवासी बिदुर संग्रौलापनि यो कार्यक्रममा सहयोग दिन र भलिबल खेल्न पुगेका थिए ।

फोटोहरु- निराजन श्रेष्ठ

तपाइँको प्रतिक्रिया