एन आर एन ईटालीमा पर्दा पछाडीको खेल

  • राजन चापागाईं

writer-12एनआरएन इटालीको चुनाबी प्रक्रिया सुरु भएदेखिनै सुरु भएका किचकन्डी खेल अन्तिम चरणमा आइपुग्दा येसले ताण्डब नाच देखाईरहेको छ । सुरु देखिनै खेलिएको घिनलाग्दो खेलको पराकास्टा अन्तिममा आएर पिसामा बिसर्जन गर्न कोसिस गरिदै छ । प्रजातान्त्रिक अभ्यासमा आफुलाई सक्षम उम्मेदार प्रस्तुत गर्नु भन्दा पनि चोरीछोपिको बाटो अपनाएर पदमा पुग्नु पर्छ भन्ने दूषित मनस्थितिको उपज हो अहिले को क्रियाकलाब र पर्दा पछाडीको खेल ।

आफु पदमा हुँदा जे गर्दा पनि हुन्छ भन्ने खालको मनस्थितिमा जानु भनेको एन आर एन इटालीमा बस्ने सम्पूर्ण नेपालीहरुको दुर्भाग्य हो । किनकि यसले आगामी कार्यकालको पदासिन हुने ब्यक्तिलाई पनि यस्तो किसिमको कार्य गर्न मद्दत पुग्ने र एउटा नजिर्नै स्थापना हुन सक्छ । तपाई हामीले दिएको पैसाबाट नै एन आर एन चल्छ । अनि तपाई हामी माथिनै येस्ता किसिमका घिनलाग्दो खेल हुनुले कतै एन आर एन नै एउटा त्यस्तो सस्था हो कि भन्ने आभास हुन जान्छ ।

हाल इटालीमा भइरहेको अतिरन्जीत क्रियाकलाबले तपाई हामी सम्पूर्ण इटालीबासी नेपालीहरुको नैसर्गिक अधिकार माथिनै चोट पुगेको छ । चुनाबी प्रक्रियामा गैसकेपछी सबैले आफ्नो अधिकार उपयोग गर्न पाउनुपर्छ । तर यहाँ त्यस्को ठिक उल्टो भैरहेको छ । चुनाबी प्रक्रियामा भागै नलिकन बहिस्कार गरेकाहरुलाई मिलाउन जानु अनि चोरी छोपिको बाटो अपनाएर उहाँहरुलाई मिलाउने नाममा फेरी अर्को खेल सुरु गर्नु । त्यो खेल सफल नभएपछि उम्मेदारपरेकाहरुलाई अरुमार्फत दबाब सिर्जना गर्न लगाउनु र समाजमा कसैको प्रतिष्ठामाथिनै आँच आउने गरेर हतोत्साही गर्न खोज्नु भनेको एन आर एनको मर्म विपरीत भएको मैले महसुस गरेको छु ।

यस्ता किसिमका क्रुयाकलापको जिम्मेवार को र भोलिको दिनमा यस्को जवाफ कसले दिने ? पक्कै पनि इटालीमा बस्ने सम्पूर्ण नेपालीले भोलिका दिनमा जवाफ खोज्ने छन् । पहिलो चरणबाट लगभग निर्वाचित भैसकेका उम्मेदारहरुको नाममा अतिरंजीत हौवा फैलाउन थालीसकेका छन् । यस्ता बिकृति र विसंगतिका बावजुत हुन लागेको एन आर एन इटालीको सम्पूर्ण क्रियाकलबको बिरोध र भर्त्सना  गर्दै त्यस्तो क्रियाकलबमा मेरो सहमति नभएको तपाईहरु इटालीबासी नेपाली दाजुभाई तथा दिदीबहिनीमा जानकारी गराउँछु । यो निर्वाचन कमिटीले गरेका सम्पूर्ण कार्य त्रुटीगत र जिम्मेवारीपुर्बक नभएकोले मेरो कुनै पनि समर्थन नभएको जानकारी गराऊँदछु ।

(चापागाई एन आर एन ईटालीका महासचिव हुन्)

तपाइँको प्रतिक्रिया