एन आर एन लफडा : थाल थाप्नेले पद लिने बिध्यार्थीलाई मतदानबाटपनि बहिष्कार ?

NRN-299x300गैह्र आवाशिय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषदमा अर्थात एन आर एनको सबै मुलुकमा यतिखेर निर्वाचन भैरहेको छ । यो निर्वाचनमा बिध्यार्थीहरुलाई मतदान गर्न नदिने भन्ने पुराना एन आर एनबादी देखिएपछि बिध्यार्थीहरुले उठाएको प्रश्न हो यो । उनीहरुले अहिले प्रश्न उठाइरहेका छन् ‘नेपाली भएर होइन भन्ने । नेपाली भएर नागरिकता र पासपोर्ट फ्याँक्ने । नेपाली हुँदाहुँदै बिदेशको कागजकालागि भुटानी नागरिक बनेर शरणार्थी आबेदन भर्ने चाहिँ नेपाली हुने । तर बिध्यार्थी भिसामा पढ्न आएर यतै शान, मान र सिपले यता मुलुकका पेशा अँगालेकाले मतदान गर्न नपाने ? तिनले पेशा अँगालेर बस्दापनि सधैं बिध्यार्थी हुने ?’ अझ बिध्यार्थीहरुको मूल प्रश्न त “थाल थापेर खानेहरु एन आर एनका नेता, बिध्यार्थीहरु चाहीँ मतदान गर्नपनि नपाउने ?”

एन आर एनको केन्द्रिय निर्वाचन आगामी अक्टोबर महिनामा नेपालमा हुँदै छ । त्यस अघि सबै देशमा निर्वाचन भएर कार्यकारी समिति गठन हुनुपर्छ । त्यसको लागि अहिले सबै देशमा निर्वाचनको तयारि छ । कतै भैसकेको छ । तर यो निर्वाचनमा कुनै बेला बिध्यार्थी बनेर शिक्षा आर्जन गर्न आएकाहरुलाई मतदान गर्नपनि दिनुहुन्न भन्दै एक थरी उचालिएका छन् । अर्काथरी मतदन गर्न दिने पक्षमा छन् । बेलायतमा त बिध्यार्थीहरु एन आर एनमा सहभागि हुन पाउनुपर्छ, सबै अधिकार पाउनुपर्छ भन्दै आन्दोलनमै लागेका छन् । कुनै देशमा जहाँ बिध्यार्थीका पक्षमा बोलिदिने छैनन् । सचेत बिध्यार्थीहरु कम छन् त्यहाँ चुपचाप बसेका छन् । तर जुन देशमा एन आर एनको बिधान, अधिकार बुझ्ने र सचेत ब्यक्ति छन् त्यहाँ भने बिध्यार्थीहरु जागेका छन् । त्यहि देशका बिध्यार्थीहरुले यस्तो प्रश्न उठाएका हुन् ।

पछिल्लो समयमा स्विजरल्याण्डबासी नेपाली बिध्यार्थीहरुपनि यहि प्रशन गरिरहेका छन् । बिध्यार्थीहरुलाई मतदानमा बञ्चित गर्नुपर्छ भन्नेहरुको नालीबेली खोजिरहेका छन् । तिनले केकसरि स्विजरल्याण्डमा आवाशिय अनुमती, भिजा लिए खोजिगरिरहेका छन् । झुठो बयान दिएर, गलत तरिकाले कागजी प्रमाण जुटाएर आवाशिय अनुमती लिनेलाई स्विस सरकारसमक्ष उजुरी हालिदिनेसम्मको मनशाय बनाएर बसेका छन् ।

नेपालप्लसलाई बिभिन्न ब्यक्ति, बहालवाला बिध्यार्थी र पूर्व बिध्यार्थीहरुले मेल र फोनबाट केहि जानकारि दिने गरेका छन् । ति मध्ये अधिकांशको भनाई के छ भने बिध्यार्थीहरु भनेका राष्ट्रका सम्पत्ती हुन् । तिनले यहाँको गहन शिक्षा लिन्छन् । यहि शिक्षित र दिक्षित बन्छन् । तिनको पहुँच यताको समाजका प्राध्यापक, नेता, बौद्दिक ब्यक्ति र प्रशासनमा हुन्छ । ति शिक्षामा अब्बल देखिन्छन् । यतैको प्रशासनले तिनको सिप र ज्ञानको अनुभव, लगनशिलता देखेर रोजगारी दिन्छ । देश विकासकालागि, नेपालको योगदानकालागि एन आर एन चाहिन्छ भनेपछि यिनको योगदान र अनुभ झन बढि चाहिन्छ । यता पेशा अँगालीसकेका, बिभिन्न ठाउँमा काम गरिरहेकाहरुलाईपनि बिध्यार्थीको रुपमा आएकै भरमा एन आर एन बाट बाहिर राख्न पाइन्न । सिप, ज्ञान र अनुभव भएकालाई बाहिर राख्न खोज्नु भुत्तेहरुले एन आर एन हाँक्न खोज्नु हो । यस्ता भुतेहरुले हाँकेको एन आर एनले केहि काम गर्न सक्दैन । बिध्यार्थीका रुपम आएकाको अनुभव, शिक्षा र सिप देखेर तिनले नेत्रित्व लिन्छन् भन्ने त्रासले बिध्यार्थीहरुलाई बाहिर राख्न खोजिएको प्रपञ्च हो ।

बिध्यार्थी र पूर्व बिध्यार्थीहरुका बिरुद्द उत्रिनेहरुका बिरुद्दपनि बिध्यार्थीहरु उत्रिने मनशायमा रहेका छन् । स्रोतका अनुसार स्विजरल्याण्डमा आफू नेपाली भएरपनि भुटानी नागरिक हुँ भन्दै यताको आवाशिय सुबिधा लिएका कोको हुन् तिनको नाम संकलन गरिरहेका छन् । तिनले बिध्यार्थी बिरुद्द लागे तिनका बिरुद्द पनि लाग्ने योजना बनाएको स्रोतले बतायो । भुटानीका रुपमा बसेकालाई निर्वाचनका दिन उजुरी हालेर मतदान र उम्मेदवार बन्नबाट रोकिदिने र त्यसलाई निर्वाचन कमिटीले नसुने यताको प्रशासनमा उजुरी हालिदिने बताएका छन् ।

स्विजरल्याण्डमा आवाशिय सुबिधाका लागि नेपाली भनेर नदिएपछि वा मुस्किल पर्ने भएपछि धेरै नेपालीले भुटानीका रुपमा आबेदन दिएका छन् । भुटानको सरकारले नेपाली भाषी, नेपाली मूलकालाई अत्याचार गरेको खेदिनु परेको भन्दै । तर तिनले अनुमति पाइसकेपछि आफूलाई सधैं नेपालीका रुपमा प्रस्तुत गर्ने, नेपाली संघ संस्थामा सक्रिय हुने गरेका छन् । यदि त्यसको प्रमाण स्विस प्रशासनलाई दिने हो भने तिनको आवाशिय अनुमति तत्कालै खोसिन्छ । स्विस सरकारसमक्ष ढाँटेको, गैह्र कानुनी काम गरेको भनेर तिनलाई नेपाल सुपुर्दगी गरिदिन्छ ।

शरणार्थी आबेदन दिँदा ति नेपाली शरणार्थी शिविरहरुमा बस्नुपर्थ्यो । त्यहाँ बस्दा तिनले लाईनमा बसेर थाल थाप्ने र स्विस सरकारले अड्कलेर दिएको खान्थे । हो त्यहि प्रक्रियालाई अहिले बिध्यार्थी र यता पेशा अपनाइसकेका पूर्व बिध्यार्थीहरुले ‘थाल थापेर खाने, नेपालको बेइज्जत गर्नेहरु एन आर एन हुने ? हामी नहुने ?’ भन्दै आक्रोशित बनेका हुन् ।

‘बिध्यार्थीहरुलाई उमेदवार हुन नदिने ? मतदान गर्न नदिने ? ठिक छ । मतदान गर्दैनौं, उमेदवारपनि बन्दैनौं । तर पेशा अँगालीसकेकाहरुलाई को बिध्यार्थी हो भन्ने प्रमाण त देखाउनुपर्ला नी ? हामीपनि भुटानी बनेर, नेपालमा बाउ आमा माओवादीले मार्यो भन्दै झुठो बयान दिएर यता आवाशिय सुबिधा लिने, नककली कागज बनाएर उता नेपालमा मेरो ज्यान जोखिममा छ भनेर आबेदन हाल्नेका बिरुद्द सार्वजनिक गरिदिन्छौं’ जेनेभाका सम्यक पाठकले भने ‘ एक पटकको नेपाली सधैंको नेपाली, एक पटकको भुटानी सधैंको भुटानी । म भुटानी हुँ भनेर उभिएको ब्यक्ति सधैं भुटानी हुन्छ, भुटानीले नेपाली संस्थामा सक्रिय कुनै तरिकालेपनि पाउँदैन ।’

 

तपाइँको प्रतिक्रिया